काठमाडौं। पछिल्ला वर्ष जलविद्युतमा लगानी बढ्दै गएको छ। ठूला व्यावसायिक घरानाले बैंकबाट ऋण लिएर जलविद्युत आयोजना बनाइरहेका छन्। तर, बैंकिङ प्रणालीमा देखिएको तरलता संकटले निर्माणाधीन अधिकांश जलविद्युत आयोजना बैंकबाट पैसा नपाएपछि अवरुद्ध भएका छन्।
बैंकले थप पैसा नदिएकै कारण धेरै आयोजनाका काम सुस्त भएको उनले जानकारी दिए। निर्माणाधीन आयोजनाका लागि कबोल गरेको पैसा बैंकले नदिएकै कारण भुक्तानीमा समस्या भएको र निर्माणसमेत ढिला भइरहेको आयोजनाका लगानीकर्ताले जानकारी दिएका छन्।
बैंकहरूले सम्झौता गरेको ऋण लगानी रोक्दा निर्माणाधीन अवस्थाका ३ हजार मेगावाट क्षमतासम्मका जलविद्युत आयोजनाका काम अवरुद्ध भएको सम्बद्ध व्यवसायीले बताएका छन्। बैंकिङ प्रणालीमा तरलता संकट बढेपछि जलविद्युत आयोजनाले ऋण नपाएको व्यवसायीको भनाइ छ। बैंकहरूले ऋण नदिएपछि निर्माणाधीन आयोजनाका काम अवरुद्ध भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए।
बैंकले थप पैसा नदिएकै कारण धेरै आयोजनाका काम सुस्त भएको उनले जानकारी दिए। निर्माणाधीन आयोजनाका लागि कबोल गरेको पैसा बैंकले नदिएकै कारण भुक्तानीमा समस्या भएको र निर्माणसमेत ढिला भइरहेको आयोजनाका लगानीकर्ताले जानकारी दिएका छन्।
बैंकमा पैसा नभएको भन्दै बैंकहरूले सबै क्षेत्रमा लगानी रोकिरहेका बेला निर्माणाधीन जलविद्युत आयोजनाहरू प्रभावित भएका हुन्। बैंकले पैसा नदिँदा आयोजना निर्माण अवधिसँगै लागतसमेत बढ्ने स्थिति आएको इपानका अध्यक्ष आचार्यको भनाइ छ। अहिले नै यति लागत बढ्ने भयो भन्ने जानकारी नआए पनि अधिकांश आयोजना समस्यामा परेको उनले बताए। बैंकिङ प्रणालीमा तरलता नहुँदा बैंकको ब्याज पनि बढेको छ।
गौरिशंकर गाउँपालिकामा ग्रिन लाइफ जलविद्युत आयोजना, सासा जलविद्युत आयोजना, घट्टेखोला जलविद्युत आयोजना, युनिभर्सल जलविद्युत आयोजना, सुरी खोला जलविद्युत आयोजना, अप्सरा सुरी जलविद्युत आयोजना र तिनेखु खोला जलविद्युत आयोजना गरी सात आयोजना निर्माणाधीन अवस्थामा छन्।
‘आयोजनाका लागि आवश्यक रकम बैंकबाट निकासा नहुँदा कतिपय आयोजना बत्ती बल्ने चरणमा पुगेर पनि रोकिएका छन्,’ आचार्यले क्यापिटल नेपालसँग भने, ‘धेरै आयोजना यो वर्ष सञ्चालनमा आउने भनिए पनि पैसा नदिएकै कारण ढिलाइ हुने अवस्थामा पुगेका छन्।’
चालू आर्थिक वर्ष सरकारले ८ सय मेगावाट बिजुली थप्ने योजना सार्वजनिक गरेको छ। बैंकले पैसा नदिँदा आयोजना पछि धकेलिने र सरकारले लिएको लक्ष्य पनि पूरा नहुने अवस्था देखिएको छ।
ती आयोजनामध्ये अधिकांशको निर्माण अन्तिम चरणमा पुगे पनि बैंकहरूले पैसा नदिएको भन्दै निर्माणमा खटिएका कर्मचारीलाई बिदा दिँदा काम सुस्त भएको बताए। सासा हाइड्रोपावरले गत असोज (सेप्टेम्बर) मै बिजुली बाल्ने योजना बनाएको थियो।
आयोजनामा बैंकले पैसा नदिएपछि धेरै श्रमिकलाई बिदामा पठाइएको छ। केही प्राविधिकबाहेक अधिकांशलाई बिदा दिइएको दोलखा गौरिशंकर गाउँपालिका सरोकार समितिका संयोजक मिङ्गुर शेर्पाले जानकारी दिए।
गौरिशंकर गाउँपालिकामा ग्रिन लाइफ जलविद्युत आयोजना, सासा जलविद्युत आयोजना, घट्टेखोला जलविद्युत आयोजना, युनिभर्सल जलविद्युत आयोजना, सुरी खोला जलविद्युत आयोजना, अप्सरा सुरी जलविद्युत आयोजना र तिनेखु खोला जलविद्युत आयोजना गरी सात आयोजना निर्माणाधीन अवस्थामा छन्।
ती आयोजनामध्ये अधिकांशको निर्माण अन्तिम चरणमा पुगे पनि बैंकहरूले पैसा नदिएको भन्दै निर्माणमा खटिएका कर्मचारीलाई बिदा दिँदा काम सुस्त भएको बताए। सासा हाइड्रोपावरले गत असोज (सेप्टेम्बर) मै बिजुली बाल्ने योजना बनाएको थियो। तर, बैंकहरूले आवश्यक लगानी दिन ढिलाइ गरेकै कारण आयोजनाको काम प्रभावित भएको जनाएको छ।
हालसम्म बैंकहरूले २ खर्ब ४८ अर्ब ८९ करोड रुपैयाँ ऋण लगानी गरेका छन्। बैंकहरूले ७० देखि ८० प्रतिशतसम्म ऋण लगानी गर्दै आएका छन्। यस्तै संस्थापकले २० देखि ३० प्रतिशत स्वपुँजी लगानी गर्दै आएका छन्।