पोखरा । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी उत्पादक तथा निर्यातकर्ताहरूको आपूर्ति क्षमता बढाउने उद्देश्यले निर्यात प्रक्रिया तथा पालना गर्नुपर्ने कुराहरूबारे क्षमता विकास तालिम आज सोमबारबाट पोखरामा शुरू भएको छ ।
गण्डकी तथा लुम्बिनी प्रदेशका साना तथा मझौला ३० जना कफी व्यवसायीहरूले यस तीन दिने तालिममा व्यापारका विविध पक्षहरूबारे आफ्नो क्षमता अभिवृद्धि गर्ने अवसर पाउने छन् ।
सन् २०२६ सम्म अतिकम विकसित मुलुकबाट विकासशीलमा स्तरोन्नति हुने प्रयासमा रहेको नेपालका लागि सुक्ष्म, साना तथा मझौला व्यवसायहरू लक्षित यस कार्यशालाले उनीहरूको उत्पादन तथा निर्यात क्षमता अभिवृद्धि महत्वपूर्ण योगदान दिने छ ।
युरोपियन युनियन (इयू) को आर्थिक सहयोगमा अन्तराष्ट्रिय व्यापार केन्द्र (आइटिसी) द्धारा कार्यान्वयन भइरहेको इयू नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी) उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रद्धारा संयुक्त रूपमा यो क्षमता विकास तालिम आयोजना गरेका हुन् ।
विशेष गरी यो कार्यशाला विश्व व्पापारमा जोडिएका वा जोडिन खोज्ने नेपालका सुक्ष्म लघु तथा मझौला व्यवासायहरू (एमएसएमइज) को अन्तर्राष्ट्रिय बजार पहुँच अभिवृद्धिका लागि गैह्र भन्सार जनय अवरोधहरू तथा बजार सम्बन्धी पूर्व सूचनाको पहुँच सहित प्रतिस्पर्धात्मक क्षमता र अनुपालना बढाउने मुल लक्ष्यका साथ यो कार्यशाला आयोजना भएको हो ।
नेपाली कफी व्यवसायीहरूको निर्यात क्षमता बढाउन इयू नेपाल टिआइपिले युरोपेली संघ र संयुक्त राज्य अमेरिकालाई लक्षित गरी निर्यात सहजीकरणका दुई छुट्टा छुट्टै गाइडहरू पनि तयार पारेको छ ।
उक्त अवसरमा प्रमुख अतिथिको रूपमा बोल्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयम रायाले व्यवसायीहरूले कफी निर्यातका लागि चाहिने नीतिगत सुधारबारे सरकारलाई लिखित रूपमा जनाकारी दिन आग्रह गर्दै आगामी बजेटमा त्यसको उचित सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।
अन्तर्राष्ट्रिय बजारको माग र गुणस्तर अनुसारको उत्पादन तथा आपूर्ति क्षमता बढाउनु पर्नेमा पनि उनले जोड दिए । निर्यात प्रवर्द्धनका लागि साना तथा मझौला व्यवसायहरूको लागि विशेष व्यवस्था गरी निर्यातमा सहजीकरण गर्ने सरकारको प्राथमिकता रहँदै आएको उल्लेख गरे ।
मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले स्वदेशी तथा विदेशी बजारमा कफीको उच्च माग रहेको बताउँदै उत्पादन र निर्यात प्रवर्द्धनमा दातृ निकाय, व्यवसायी र सकारको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे।
नेपाली कफी प्रतिकिलो १७०० रुपैयाँमा निर्यात हुने गरेको भए पनि आयात ३९१ प्रति किलो हुने गरेको जानकारी उनले दिए । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांक अनुसार नेपालमा वार्षिक ३५५ टन उत्पादन हुने गरेको छ ।
इयूका वरिष्ठ कार्यक्रम व्यवस्थापक मिम हमालले नेपाल सन् २०२६ सम्म विकासशील मुलुकमा पुगेपछि देखिने अन्तर्राष्ट्रिय बजारका चुनौतिहरूको सामाना गरी निर्यात प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय बजारका आवश्यकता र गुणस्तर अनुसारको उत्पादन अभिवृद्धि गर्न यस कार्याशालाले सहयोग पुग्ने बताए ।
इयु टिआइपी आइटिसीका कार्यक्रम संयोजक डा. विदुर घिमिरेले नेपालमा कफी क्षेत्रमा संलग्न सुक्ष्म, साना तथा मझौला उत्पादक तथा
कफी उत्पादक महासंघका अध्यक्ष ओम अधिकारीले नेपालमा हाल १२ लाख हेक्टरमा कफीको खेती गर्न सकिने भए पनि हाल २६०० हेक्टरमात्र खेती भइरहेको जानकारी दिए ।
नेपाली कफीको दिगो निर्यातका लागि गुणस्तरमा ध्यान दिनुपर्ने तथा किसानहरूलाई विशेष सुविधा दिएर आकर्षित गर्नुपर्ने पनि उनले बताए ।