काठमाडौं । नेपालमै पहिलो पटक सुरूमा उपचार सेवा लिएपछि मात्रै भुक्तानी गर्न मिल्ने गरी क्यासलेस मेडिकल सेन्टर सञ्चालनमा आएको छ। सुरूको उपचार सेवालाई विशेष ध्यान दिँदै पहिले सेवा र त्यसपछि मात्र भुक्तानी भन्ने अवधारणा ल्याइएको सञ्चालक डा. विशाल ढकालले बताए।
यस किसिमको सेवा नेपालमै र संभवत दक्षिण एसियामै पहिलो पटक रहेको बताइएको छ। मेडप्रो इन्टरनेसनल मेडिकल सेन्टरमा सुरूमा उपचार सेवा लिएपछि मात्र अन्तिममा बिल प्राप्त हुनेछ।
जुन रकमको भुक्तानी कुनै पनि माध्यमबाट सोही महिनाको अन्तिममा तथा किस्ताबन्दीमा भुक्तानी गर्न सकिने कार्यविधि बनाइएको छ। मेडप्रो इन्टरनेशनल प्रालीको सञ्चालनमा मेडप्रो इन्टरनेसनल मेडिकल सेन्टर धुम्बाराहीमा यो सेवा सञ्चालनमा आएको हो। जहाँ सुरूमा उपचार गरेर मात्र भुक्तानीको प्रक्रिया सुरू हुनेछ। मेडिकल सेन्टरको सुविधा लिन सुरूमा सदस्य बन्नु पर्नेछ।
यस सेन्टरबाट सदस्य बनेपछि मात्र सेवा लिन सकिने भएकाले सुरूमा दर्ता हुनुपर्नेछ। यस सेन्टरमा क्रेडिट बेसमा सेवा लिन पाइनेछ। जहाँ डाक्टरहरूको अपोइन्टमेन्ट लिएर मात्र उपचार गर्न सकिने बताइएको छ। यो पोलिक्लिनकल स्तरको मेडिकल सेन्टर हो। जसमा एक्सरे, अल्ट्रासाउण्ड, ल्याब्रोटरी सेवा, विशेषज्ञ डाक्टरहरूको परामर्श सेवा जस्ता सुविधाहरू छन्।
एकै स्थानबाट सबै किसिमका उपचार हुने बताइएको छ। जसले घरमै पुगेर समेत उपचार सेवा गर्नेछ। अंग्रेजी नयाँ वर्ष २०२३ को उपलक्ष्यमा यस मेडिकल सेन्टरलाई सञ्चालनमा ल्याइएको हो। कम्पनीबाट सुरूमा रोग निदान गरेर सोहीअनुसारको सेवा प्रदान हुनेछ।
यसमा सुगर, प्रेसर, मुटुरोग लगायतका दीर्घरोगीका साथै सबै किसिमका रोगहरूको उपचार सेवा प्रदान हुनेछ। यसमा सेन्टरले विभिन्न किसिमका उपचार प्याकेज बनाएको छ। जसअन्तर्गत २४ घण्टा औषधि, ल्याब तथा चिकित्सक परामर्श सेवाको सुविधा हुने मेडिकल सेन्टरको भनाइ छ।