काठमाडौं। चेतराम बजाजले सञ्चालन गरेको ‘ग्रो प्रोफेसनल प्रालि’ मुलुकको शैक्षिक संस्थामा प्रयोगात्मक र सीप केन्द्रित सिकाइ ल्याउनका लागि परिकल्पना गरिएको अवधारणा हो।
बजाजले शैक्षिक संस्थासँग सहकार्य गरेर संस्थानमा स्किल्स ट्यांक नामक सीप विकास केन्द्र स्थापना गर्ने तयारी गरिरहेका छन्। यसले विद्यार्थीलाई धेरै कर्पोरेट सीपमा तालिम प्रदान गर्न सहयोग गर्ने बताइएको छ।
‘ग्रो प्रोफेसनल’ ले पर्सनालिटी ग्रुमिङ, बिजनेस कम्युनिकेसन, डिजाइन थिंकिङ र उद्यमशीलताका क्षेत्रमा तालिम प्रदान गर्नेछ ।
‘ग्रो प्रोफेसनल’ ले हाम्रा सहयोगी संस्थामा करियर सपोर्ट सेन्टर स्थापना गर्ने अवधारणा लिएको छ,’ बजाजले भने ‘जसले विद्यार्थीलाई उनीहरूको शिक्षाको क्रममा कामका अवसरहरू र कार्य अनुभव प्रदान गर्न निरन्तर काम गर्दछ।’
उनले ग्रो प्रोफेसनलको सहयोगमा नेपालका विद्यार्थीहरूले आफ्नो शिक्षा पूरा गर्दा पर्याप्त सीप मात्र नभई पर्याप्त कार्य अनुभव पनि पाउने बताए।
उनकाअनुसार ग्रो प्रोफेसनलले नेपालका विद्यार्थीहरूका लागि सिमुलेसनमा आधारित उद्यमशीलता तालिमको मोडल पनि ल्याइरहेको छ। जसको सहायताले विद्याथीले कुनै पनि व्यवसायबीना नै सञ्चालन गर्ने वास्तविक जीवनको अनुभव प्राप्त गर्ने बताइएको छ।
ग्रो प्रोफेसनलले युवालाई तालिम दिएपछि उनीहरूका लागि राम्रो र अद्वितीय रोजगारी बजार सिर्जनासमेत गर्नेछ।
‘ग्रो प्रोफेसनल’ ले कलेजहरूसँग प्रत्यक्ष व्यवहार गर्दै विद्यार्थीहरूलाई सानै उमेरमा सक्षम र व्यावसायिक सीपहरू निर्माण गर्न आफ्ना सेवाहरू प्रदान गर्दछ।
यसले युवाहरूलाई स्वतन्त्र प्लेटफर्म प्रदान गर्नका साथै नेपालका साना व्यवसायलाई विकासमा समर्थन प्रदान गर्दछ। ‘एक कम्पनीका रूपमा हाम्रो दृष्टिकोण शिक्षा र करियरबीचको खाडल घटाउने र नेपालको शिक्षालाई थप करियर, सीप र अनुभवमूलक सिकाइ उन्मुख बनाउने मेरो सोच छ,’ उनले भने।