काठमाडाैं। प्रभु क्यापिटलले '९९९ आजीवन डिम्याट खाता' योजना सार्वजनिक गरेको छ।
प्रभुले ९९९ डिम्याट स्किममा थप विशेषता थपेर 'प्रभु क्यापिटलको ९९९ आजीवन डिम्याट खोलौ तथा बिमाको समेत सुरक्षा पाऔं' भन्ने स्लोगनसहित याेजना सार्वजनिक गरेकाे हाे।
ग्राहकलाई वार्षिक डिम्याट नवीकरणको झन्झट हुने समस्यालाई राहत दिन याेजना ल्याएकाे क्यापिटलले जनाएको छ। डिम्याट खातावालले अहिले डिम्याट खाता नवीकरण गर्न प्रत्येक वर्ष १ सय नवीकरण शुल्क बुझाउनुपर्ने छ।
खाता फ्रिज हुनेलगायत समस्याले कारोबार गर्दा क्लोज आउटमा परी जरिवाना तिर्नुपर्नेलगायतका समस्या समाधानका लागि याेजना ल्याएकाे प्रभु क्यापिटलले जनाएकाे। याे याेजना नयाँ तथा पुराना सबै ग्राहकमा मान्य हुनेछ।
१ जनवरीदेखि सुरू भएकाे यस योजनामा सेवाग्राहीले एक पटक ९९९ रूपैयाँ शुल्क तिरेर क्यापिटलबाट आजीवन डिम्याट नवीकरणको सुविधा पाउनुका साथै एक वर्षको अवधिमा १ लाख बराबरको दुर्घटना बिमा पनि पाउने क्यापिटलले जनाएको छ।
योजनाले सक्रिय रूपमा पुँजी बजारमा लाग्ने सेवाग्राहीलाई डिम्याट खाता नवीकरणका झन्झटबाट राहत दिलाउने तथा नयाँ लगानीकर्तालाई दीर्घकालीन रूपमा भित्र्याउन सघाउ पुर्याउने छ।
डिम्याट खाता देश विदेशमा रहने नेपालीले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाइन डिम्याट गरी भिडियो केवाइसीसहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ।
यसमा व्यक्तिले अनलाइन रिक्वेस्ट गर्दा भिडियो केवाइसी वा इन एप भेरिफिकेसन छनौट गरी आफ्नो अनुकूलताअनुसार समय लिई तुरुन्तै अनलाइन डिम्याट खाता खोल्न सक्नेछन्।
'९९९ आजीवन डिम्याट खाता' को विशेषता
१. ९९९ मा आजीवन डिम्याटको सुविधा साथै १ लाख बराबरको दुर्घटना बिमा
२. लगानी व्यवस्थापन सेवा (पिएमएस)मा पुराना भएका सेयर पोर्टफोलियोको निशुल्क पुनःसंरचना साथै वार्षिक शुल्कमा ५० प्रतिशत छुट,
३. इन्स्टेन्ट डिम्याट खाता खोल्ने सेवा प्रभु क्यापिटलको वेबसाइट तथा मोबाइल एपबाटै
४.अनलाइनबाट डिम्याट भर्दा भिडियो केवाइसी तथा एपबाट भर्दा इन एप केवाइसी भेरिफिकेसनको सुविधा