काठमाडाैं। एभरेष्ट बैंकले धुनिबेशी नगरपालिका वडा नम्बर ७ खानीखोला, धादिङमा अवस्थित श्री मच्छिन्द्र माध्यामिक विद्यालयलाई दुई लाख २६ हजार आर्थिक सहयोग गरेको छ।
बैंकले बिहीबार एक कार्यक्रमका बीच विद्यालयकाे कम्प्युटर ल्याबलाई पावर ब्याकअप सिस्टम जाडान गर्नको लागि २ लाख २६ हजार आर्थिक सहयोग गरेको हाे।
कार्यक्रममा एभरेष्ट बैंकका सिएसआर कमिटीका सदस्य तथा नायब महाप्रबन्धक केशवराज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर कार्कीलाई चेक हस्तान्तरण गरे।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्द्धन, दर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रूपले पिछडिएका वर्गको आयआर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ।
सहयाेगले विद्यालयको सबै विकासमा टेवा पुग्ने विश्वास बैंककाे छ। उक्त कार्यक्रममा विद्यलायका उपप्रधानाध्यापक गोवर्धन गोदार र बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बैंकको धार्के शाखाका प्रबन्धक कुमार शेर्पालगायत अन्य विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति थियो।