सन् १९३३ मा हंगेरियन पियानोवादक तथा संगीतकार रेज्सो सेरेसले युद्धका त्रासदीबाट उत्पन्न निराशा वर्णन गरेर ‘उदास आइतबार (ग्लुमी सन्डे)’ शीर्षकको गीत सार्वजनिक गरेका थिए। १९२९ सेप्टेम्बरबाट सुरु भएको आर्थिक मन्दी १९३९ सम्म रह्यो। एक दशकसम्म आर्थिक संकटलाई अर्थशास्त्रीहरूले विश्व आर्थिक महामन्दी (दि ग्रेट डिप्रेसन) का रूपमा चित्रण गरेकामात्र छैनन्, बिसौं शताब्दीकै सबैभन्दा लामो, गहिरो र व्यापकरूपमा फैलिएको मन्दीका रूपमा लिने गरिएको छ।
आर्थिक मन्दी सुरुवात भएको केही समयमै (१९२९ अक्टोबर २४ बिहीबार) ‘वाल स्ट्रिट स्टक मार्केट’ ध्वस्त (क्र्यास) भयो। त्यही भएर अक्टोबर २४ लाई इतिहासमा कालो बिहीबार (ब्ल्याक थस्र्डे) का रूपमा सम्झिने गरिन्छ। महामन्दीका समयमा विश्वभरि करिब ९ हजार बैंक तथा वित्तीय संस्था बन्द भएका थिए।
१९३३ मा मात्रै करिब ४ हजार बैंक बन्द हुँदा झन्डै १ खर्ब ४० अर्ब अमेरिकी डलरबराबर निक्षेप निक्षेपकर्ताले गुमाएका थिए। त्यही समयमा लेखिएको ग्लुमी सन्डे ‘हंगेरियन आत्महत्या गीत’ (हंगेरियन सुसाइड सङ) का रूपमा पनि चिनिन्छ। ग्लुमी सन्डे गीत सुनेर त्यसबेला धेरैले आत्महत्या गरेका कारण गीत प्रशारणमै रोक लगाइएका तथ्य पढ्न पाइन्छ।
महामन्दी दशकमा विश्वका धनी तथा गरिब सबैजसो देशले समान किसिमका विनाशकारी असर भोगे। व्यक्तिगत आयमा कमी, राजस्वमा ह्रास, नाफा कटौती, मूल्यवृद्धि, मागमा कमी, वैदेशिक व्यापारमा ठूलो ह्रास, बेरोजगारी दरमा अभूतपूर्व बढोत्तरी, औद्योगिक उत्पादन कटौती, विकास निर्माणका गतिविधि ठप्प र कृषि तथा कृषकमा छाएको नैराश्य महामन्दीका समयमा देखिएका समान समस्या हुन्।
महामन्दी दशकमा विश्वका धनी तथा गरिब सबैजसो देशले समान किसिमका विनाशकारी असर भोगे। व्यक्तिगत आयमा कमी, राजस्वमा ह्रास, नाफा कटौती, मूल्यवृद्धि, मागमा कमी, वैदेशिक व्यापारमा ठूलो ह्रास, बेरोजगारी दरमा अभूतपूर्व बढोत्तरी, औद्योगिक उत्पादन कटौती, विकास निर्माणका गतिविधि ठप्प र कृषि तथा कृषकमा छाएको नैराश्य महामन्दीका समयमा देखिएका समान समस्या हुन्।
समस्या यसरी बिग्रिएको थियो कि त्यसबेला कुनै पनि विकल्प सतहमा थिएन भन्ने गरिन्छ। आर्थिक संकुचन सुरु हुँदा नहुँदै वाल स्ट्रिट स्टक मार्केट क्र्यास हुनुलाई एकथरी अर्थशास्त्रीले महामन्दी आउनुको मूल कारण मान्ने गर्दछन्। अर्काथरी अर्थशास्त्री सेयर बजारको पतनलाई कम र निरन्तर ओरालो लागेको मूल्य, बिक्रीमा देखिएको शिथिलता, व्यापारमा देखिएको मन्दी, आम्दानीमा बढ्दो असमानतालाई बढी दोष दिने गर्दछन् किनभने बिग्रिँदो परिस्थितिले लगानीकर्तामा मनोवैज्ञानिक त्रास फैलिएको थियो। शृङ्खलाबद्ध युद्धका कारण खस्किएको विश्वअर्थतन्त्रमा दोस्रो विश्वयुद्धसँगै सुधारका संकेत देखिएका थिए।
पछिल्लो समय विश्वअर्थतन्त्रमा महामन्दीकै समयको जस्ता लक्षण देखिन थालेका छन्। कोभिड–१९ का कारण अस्तव्यस्त अर्थतन्त्रमा सुधारका लक्षण देखिँदै गर्दा रुस–युक्रेन युद्धले झनै जटिल मोडतर्फ धकेलेको आभास विश्वले गरिरहेको छ। अन्तर्राष्टिय मुद्रा कोष (आइएमएफ) ले २०२२ अक्टोबरमा प्रकाशित प्रतिवेदनअनुसार २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत (२००८ को वित्तीय संकट र कोभिडे संकटबाहेक २००१ पछिकै कमजोर) मै सीमित हुनेछ। उच्च मुद्रास्फीति एवं केन्द्रीय बैंकहरूको कसिलो नीति, युक्रेनमाथि रुसी आक्रमणको निरन्तरता र चीनमा निरन्तर देखिएको कोभिडका असरलाई मुख्य कारक मानिएको छ।
कोभिडका कारण नकारात्मक वृद्धिदर भोगेको विश्व र नेपालको अर्थतन्त्रले अर्को वर्ष (२०२१) मै चमत्कारिकरूपमा ‘भि’ आकारमा पुनरागमन गरेको थियो। तर, लगत्तै सुरु भएको रुस र युक्रेन युद्धले विश्व अर्थतन्त्रको वृद्धिदर घटदै गयो। अब केही वर्ष लगाएरमात्रै लयमा फर्किने अनुमान गर्न सकिन्छ।
तर, केही दिनदेखि चीनलगायत देशमा कोभिड प्रकोप बढ्दै गएको मात्रै छैन रुस–युक्रेन युद्धले पनि ठूलो रूप लिँदै गएको छ। पछिल्लो समय एकातिर सर्बिया–कोसोभोबीच तनाव चर्किएको छ भने अर्कातिर जलवायुसँग सम्बन्धित विपत्तिले पनि ठूलो क्षति पु¥याउने आंकलन भइरहेका छन्। संकटका दायरामा भएको वृद्धिले प्रक्षेपित आर्थिक वृद्धिदरमा ठूलै अन्तर आउने सम्भावना पनि उत्तिकै छ।
विगतमा युद्ध, प्राकृतिक प्रकोप, महामारीजस्ता वाह्य कारणबाट मन्दी आउँछ भनिन्थ्यो तर, हिजोआज देशभित्रैका विभिन्न घटनाका कारण पनि अर्थतन्त्र मन्दीमा जान्छ भन्न थालिएको छ। कोभिडकालमा विश्वभरिका सरकार तथा केन्द्रीय बैंकहरूले अर्थतन्त्र जोगाउन व्यापकमात्रामा आर्थिक राहत प्याकेज ल्याए।
नेपालमा पनि केन्द्रीय बैंकले वित्तीय संस्थाका ऋणीलाई विविध प्याकेज कार्यान्वयनमा ल्यायो। तर, केन्द्रीय बैंकले दिएको सुविधा गलत ढंगले प्रयोग गरेर अनुत्पादक क्षेत्रमा स्रोत परिचालन भएको पनि देखियो। कोभिडपछि दिइएको राहत प्याकेजले मुलुकको अर्थतन्त्रमा खासै योगदान गरेको पाइएन। बरु, बजारमा तरलता उपलबधता अत्यधिक भएका कारण अनावश्यक वस्तु आयात तथा उपभोग ह्वात्तै बढ्न पुग्यो र त्यसले शोधनान्तर स्थितिमा ठूलो दबाब सिर्जनामात्रै गरेन, विदेशी मुद्रा सञ्चितिमा व्यापक गिरावट हुन गयो। जसको फलस्वरूप केन्द्रीय बैंकले नियन्त्रणका आफ्ना औजार प्रयोगलाई कसिलो बनाउने नीतिलाई प्राथमिकता दियो।
जब आँधीयुक्त बादल आकासमा एकत्रित हुन्छन, तब नीतिनिर्माताले सम्भावित आँधीबेहरीबाट जोगाउन अनेकन प्रयास गर्दछन्। संसारभरिका केन्द्रीय बैंकले मुद्रास्फिति (मूल्यवृद्धि) नियन्त्रण, तरलता (लगानीयोग्य रकम) नियन्त्रण र अनुत्पादक कर्जा नियन्त्रण गर्न जोडतोडले विविध औजार प्रयोगमा ल्याए। विश्वका एक तिहाइभन्दा बढी देशका आर्थिक वृद्धिदर २०२३ मा खुम्चिने अनुमान छ। त्यति मात्रै होइन, ठूला अर्थतन्त्र भएका तीन देश अमेरिका, चीन र युरोपियन युनियनको वृद्धिदर पनि रोकिने प्रक्षेपण भएको छ।
जब आँधीयुक्त बादल आकासमा एकत्रित हुन्छन, तब नीतिनिर्माताले सम्भावित आँधीबेहरीबाट जोगाउन अनेकन प्रयास गर्दछन्। संसारभरिका केन्द्रीय बैंकले मुद्रास्फिति (मूल्यवृद्धि) नियन्त्रण, तरलता (लगानीयोग्य रकम) नियन्त्रण र अनुत्पादक कर्जा नियन्त्रण गर्न जोडतोडले विविध औजार प्रयोगमा ल्याए। विश्वका एक तिहाइभन्दा बढी देशका आर्थिक वृद्धिदर २०२३ मा खुम्चिने अनुमान छ। त्यति मात्रै होइन, ठूला अर्थतन्त्र भएका तीन देश अमेरिका, चीन र युरोपियन युनियनको वृद्धिदर पनि रोकिने प्रक्षेपण भएको छ।
यसबीचमा अमेरिकी डलरको भाउ (सटही दर) अन्य मुद्राका तुलनामा व्यापकरूपमा बढेको छ, जुन डरलाग्दो पक्ष हो। विभिन्न कारण दबाबमा रहेका साना तथा उदीयमान अर्थव्यवस्था भएका देशका लागि अमेरिकी डलरले ‘आगोमा घ्यु थप्ने’ थप्ने काम गरेको छ। मुद्रा अवमूल्यनका कारण मूल्यवृद्धिमा दबाब परेको छ भने वैदेशिक ऋण भुक्तानीमा समस्या देखिन थालेको छ। छिमेकी देश श्रीलंका वैदेशिक ऋण भुक्तानी गर्न नसकेका कारण समस्यामा फसेको धेरै समय भएको छैन। तर, नेपाल भने कम वैदशिक ऋणका कारण तत्कालै समस्यामा पर्ने देखिँदैन।
२०२३ का प्रक्षेपित विभिन्न सूचकांकले विश्वका धेरै देश र देशवासीले मन्दीको अनुभव नजिकबाट गर्ने कुरामा सबैजसो अर्थशास्त्री सहमत छन। रुस–युक्रेन युद्ध र कोभिडले चीनमा दुःख दियो भने आर्थिक वृद्धि २.७ प्रतिशतबाट अझै खुम्चिने सम्भावना छ। मूल्यवृद्धि विश्वभरि उकालो लागिरहेको छ। अमेरिकाले समेत दशकौंपछि मुद्रास्फीति दरमा ठूलो उछाल झेलिरहेको छ। नेपाल पनि मूल्यवृद्धिको चपेटामा परिसकेको छ र ९ प्रतिशतहाराहारी पुगेको छ।
२०२३ का प्रक्षेपित विभिन्न सूचकांकले विश्वका धेरै देश र देशवासीले मन्दीको अनुभव नजिकबाट गर्ने कुरामा सबैजसो अर्थशास्त्री सहमत छन। रुस–युक्रेन युद्ध र कोभिडले चीनमा दुःख दियो भने आर्थिक वृद्धि २.७ प्रतिशतबाट अझै खुम्चिने सम्भावना छ। मूल्यवृद्धि विश्वभरि उकालो लागिरहेको छ। अमेरिकाले समेत दशकौंपछि मुद्रास्फीति दरमा ठूलो उछाल झेलिरहेको छ। नेपाल पनि मूल्यवृद्धिको चपेटामा परिसकेको छ र ९ प्रतिशतहाराहारी पुगेको छ। कोभिडले सिर्जित समस्या निराकरण गर्न नीतिनिर्माताले चालेका कदम र वित्तीय जोडघटाउका सूत्र कार्यान्वयनमा असावधानी भएको भनेर प्रश्न उबिजन थालेका छन्।
निक्षेप र कर्जामा बढेको ब्याजदरका कारण बैंक तथा व्यापारिक संस्थाका नाफामा उल्लेख्य कमी देखिन थालेको छ। अर्थतन्त्रमा देखिएका नकारात्मक संकेत रोक्न केन्द्रीय बैंकले लिएका कसिला नीतिका कारण वित्तीय बजारले विभिन्न समस्या सामना गर्नुपरिरहेको छ। यस्तो बेला बैंक तथा वित्तीय संस्थामा मात्र समस्या आउँदैन, केही व्यावसायिक प्रतिष्ठान बन्द हुन पनि सक्छन्। आममानिसको क्रयशक्तिमा ह्रास आउने, खराब कर्जाको मात्रा बढ्ने, वस्तु तथा सेवाको माग घट्नेमात्र नभई, मूल्य पनि घट्ने जस्ता लक्षण यस्तो बेला देखिन्छ।
विश्वभरि नै आर्थिक तथा मौद्रिक नीति निर्माण तथा कार्यान्वयनका सिद्धान्त एउटै हुन्छन् र तिनको प्रयोगले पार्ने प्रभाव पनि समान हुन्छ। नेपालका सबै क्षेत्रले अहिले अनुभव गरेका प्रायः तनाव पनि आर्थिक तथा मौद्रिक नीति कार्यान्वयनका कारण हो। मात्रा फरक हुनसक्छ तर, विश्वव्यापीरूपमै सबै देश र व्यक्तिले तनाव अनुभव गरिरहेका छन्। कतै बन्द–हडताल चलिरहेछ, कतै मौनरूपमै आउँदै गरेको खराब समयको सामनाका लागि तयारी चलिरहेछ भने कतै नीतिगत व्यवस्था र व्याख्यामा पुनरावलोकन खोजिँदैछ।
समग्रमा हेर्दा २०२३ विश्वव्यापीरूपमै उदास वर्षका रूपमा हुने निश्चितजस्तै छ। बदलिँदो परिस्थिति बुझेर पर्याप्त काम गर्नुपर्ने क्षणलाई जिम्मेवारीपूर्वक स्वीकार गर्नुको विकल्प अब रहेन।
(स्रोत : अन्तर्राष्ट्रिय मुद्रा कोष र नेपाल राष्ट्र बैंक)