काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णयसमेत भइसकेको जानकारी गराएका छन् ।
अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँग मंगलबार भएको भेटवार्तामा प्रधानमन्त्रीले यस्तो जानकारी गराएका हुन् ।
‘महासंघ अर्थतन्त्र जोगाऔं भन्ने अभियानमा लागेको छ, यति बिहानै भेटघाटका लागि आउनुभयो, त्यही विषयमा तपाईंहरु चिन्तित हुनुहुन्छ र समस्या समाधानका लागि भनिरहनु भएको छ, सरकारले यसलाई गम्भीर रुपमा लिन्छ,’ प्रधानमन्त्री दाहालले भने ।
प्रधानमन्त्रीले महासंघका तर्फबाट यसअघि दिइएको सुझाव अध्ययन पनि गरिरहेको र यस विषयमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने विश्वास भेटवार्ता दिलाए ।
महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त प्रधानमन्त्री दाहाललाई सिंगो निजी क्षेत्रका तर्फबाट बधाई एवं शुभकामना दिएका छन् ।
प्रधानमन्त्री दाहाल आफैं पनि मुलुकको आर्थिक र उद्योग व्यवसायको अवस्थाका बारेमा जानकार रहेको अध्यक्ष गोल्छाले बताए । महासंघले पनि उनलाई यसअघि पनि अर्थतन्त्रको संवेदनशीलताका विषयमा जानकारी गराएको गोल्छाले स्मरण गराएका थिए ।
अध्यक्ष गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रुपमा देखापरेको चालु पुँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न राष्ट्र बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाव सो अवसरमा राखेका थिए ।
यतिखेर अररू कुराभन्दा पनि मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा अध्यक्ष गोल्छाले जोड दिए ।
अर्थतन्त्रमा बहुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षामार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र बैंकिङ समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न आग्रह गरे ।
राजस्वले साधारण खर्चसमेत धान्न नसक्ने अवस्था आएको, मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै अहिले संकुचित हुँदै गएको यथार्थता सो अवसरमा निजी क्षेत्रले राखेको थियो ।
नवनियुक्त प्रधानमन्त्री दाहालले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णयसमेत भइसकेको जानकारी गराएका छन् । अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने उनले बताए ।
महासंघ अर्थतन्त्र जोगाऔं भन्ने अभियानमा लागेको छ, यति बिहानै भेटघाटका लागि आउनुभयो, त्यही विषयमा तपाईंहरु चिन्तित हुनुहुन्छ र समस्या समाधानका लागि भनिरहनु भएको छ, सरकारले यसलाई गम्भीर रुपमा लिन्छ, प्रधानमन्त्रीले सो अवसरमा बताए ।
प्रधानमन्त्रीले महासंघका तर्फबाट यसअघि दिइएको सुुझाव अध्ययन पनि गरीरहेको र यस विषयमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने विश्वास भेटवार्ता दिलाए ।