काठमाडौं । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आज साेमबारदेखि आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ ।
यी केन्द्रहरुमध्ये ३ वटा काठमाडाैं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्। त्यसैगरी, बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरू पोखरा, इटहरी , मेची, वीरगन्ज , ढल्केबार , हेटौंडा , सर्रा, धनगढी , नेपालगन्ज छन्।
यस क्याम्पको उद्घाटन ललितपुरस्थित बागडोलमा आयोजित एक समारोहबीच टाटाअन्तर्गतको इन्टरनेसनल बिजनेसका (पेसेन्जर भेहिकल) प्रमुख मायांक बल्दी, सिप्रदी ट्रेडिंगका सीईओ राजनबाबु श्रेष्ठ , टाटाका कन्ट्री मेनेजर (नेपाल एवं भुटान) अजित नारायण सिंह, सिप्रदीका सिओओ राजेशप्रसाद गिरी र सिप्रदीका उपादक्ष्य सौरभराज थपलियाले संयुक्त रुपमा गरेका हुन् ।
यस तीन दिने क्याम्पमा टाटाका 'पेसेन्जर' श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले आवश्यक जाँच गरिदैछ । यस्तो जाँच गराउँदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्नेछन् ।
म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुटलगायत टप वासिङ , कम्प्युटर डायग्नोसिस , सस्पेन्सन चेक-अप, ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि निस् शुल्क प्रदान गरिँदैछ । यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार रूपैयाँ नगद फिर्ताको पनि व्यवस्था छ।