नेपाली कामदारका लागि खाडी मुलुक कतार आकर्षक श्रम गन्तव्य हो। नेपाली कामदारको इमानदार छवि, मिहिनेती चरित्र र अथक परिश्रम गर्ने बानीबाट कतार सरकारका उच्च अधिकारीहरू प्रशन्न छन्, किनकि कतारले आयोजना गरेको विश्वकप फुटबलका लागि आवश्यक विभिन्न परियोजनामा हजारौं नेपाली कामदारले काम गरेका थिए। नेपालीहरूको अथम परिश्रमबाट कतार सरकार प्रशन्न रहेको कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकाल बताउँछन्। राजदूत ढकालसँग कतारको विकासको गति, नेपाली कामदारको अवस्था र उनीहरूले पाइरहेको सुविधा, द्विपक्षीय व्यापारलगायत विषयमा क्यापिटल नेपालका लागि प्रकटकुमार शिशिरले गरेको कुराकानीको सम्पादित अंश ः
कतारले सबैभन्दा ठूलो इभेन्ट विश्वकप फुटबल आयोजना गर्यो। पूर्वाधार र विकासको फड्को तपाईंले पनि अनुभव गर्नुभयो। कतारको समृद्धिलाई कसरी हेर्नुहुन्छ?
विश्वकप फुटबलका लागि पूर्वतयारीसहित कतारले विश्वकप आयोजना गरेर संसारलाई देखायो। यसका लागि व्यापक पूर्वाधार निर्माण गर्यो। छिमेकी राष्ट्रका नाकाबन्दीबाट पूर्वाधार विकास तीव्र गतिमा आधुनिकतातिर कतार उन्मूख भएको देखिन्छ। यसका लागि आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राखेर शान्ति र स्थिर सरकार नै योजनाबद्ध विकासको आधार बनेको छ भने दिर्घकालीन योजना, नेतृत्वको प्रतिबद्धता र नीतिगत व्यवस्थाको गुणात्मक प्रतिफल प्राप्त हुने गरी जिम्मेवार कर्मचारीले आफ्नै क्षेत्रबाट निर्वाह गरेको भूमिका नै समृद्धिको आधारका रूपमा लिएको छु।
प्रणाली र नेतृत्वसँगै समृद्धि र विकासका लागि कतारले अरू के सन्देश दिइरहेको छ?
सरकारले गर्ने नीतिगत व्यवस्था, सुशासनसहित कार्यान्वयन प्रतिबद्धता, मन्त्रालयगत अन्तरसमन्वय, कर्मचारीका नैतिक इमान्दारिता र उद्धेश्य केन्द्रित राष्ट्रिय कार्यक्रम भए देशले छिट्टै प्रगति गर्न सम्भव छ भन्ने सन्देश विश्वलाई कतारले दिइरहेको छ। यसकै कारण कतार विश्वकपजस्तो चुनौतीपूर्ण कार्य सफलतापूर्वक सम्पन्न गर्दैछ।
कतारको समृद्धिमा नेपाली कामदारको पनि योगदान छ। नेपाली कामदारको मूल्यांकन यहाँको सरकारले कसरी गरेको छ जस्तो लाग्छ तपाईंलाई?
नेपाली कामदारको इमानदारिता, कडा परिश्रम, नैतिकता र जनस्तरको सम्बन्धलाई कतार सरकारका उच्च तहका पदाधिकारीहरुबाट प्रशंसा गरिएको पाएको छु। नेपालीहरूको योगदानका कारण नै विश्वकप आयोजना सफलतातिर गइरहेको भन्ने भनाइ सरकारी क्षेत्रबाट बारम्बार मैले सुनेको छु।
श्रमिकमैत्री कानुन व्यवस्था गरिएकाले नियमानुसार काम गरेपछि ज्याला पाउने सुनिश्चितता छ, तर हाम्रा नेपाली कामदारको आफ्नै अज्ञानताका कारण केही समस्या आउने र समाधानका लागि दूतावासले समन्वय तथा सहजीकरण गर्दै आइरहेको छ। गैरआवासीय नेपाली संघ (एनआरएन) कतारको सहयोग पनि आवश्यकताअनुसार प्राप्त भइरहेको छ।
नेपाली कामदारका लागि कतार अहिले कस्तो छ?
श्रमिकमैत्री कानुन व्यवस्था गरिएकाले नियमानुसार काम गरेपछि ज्याला पाउने सुनिश्चितता छ, तर हाम्रा नेपाली कामदारको आफ्नै अज्ञानताका कारण केही समस्या आउने र समाधानका लागि दूतावासले समन्वय तथा सहजीकरण गर्दै आइरहेको छ। गैरआवासीय नेपाली संघ (एनआरएन) कतारको सहयोग पनि आवश्यकताअनुसार प्राप्त भइरहेको छ।
आप्रवासी हकहित र सुरक्षाका विषयमा जहिले पनि प्रश्न उठाइन्छ। तपाईं राजदूत भएर आएपछि के पाउनुभयो?
हक हित र सुरक्षाका विषयमा कुरा उठाउनु स्वाभाविक नै हो तर कतिपय अवस्थामा उठाइएका सवाल असान्दर्भिकजस्ता पनि देखिन्छन्। वास्तविक विषयमा हामीले पनि निकै गम्भीर भएर सोचेका छौं। गर्मीका समयमा कामका लागि सरकारले नै काम गर्ने समय साँझ र बिहान तोक्ने गरेको पाइयो। श्रमिकलाई एक स्थानबाट अर्को स्थानमा लैजाँदा पनि गाडीकै व्यवस्था गरिएको पाइन्छ।
कामदारको मृत्युको विषय सबैभन्दा बढी चर्चामा आइरहन्छ। यसमा यहाँको अध्ययन र अनुगमनले के भन्छ?
गाडी वा बाइक दुर्घटना, बाटो काट्दा हुने दुर्घटना र प्राकृतिक कारणबाट मृत्यु विश्वमा नै हुन्छ र यहाँका अधिकांश मृत्यु पनि उक्त आधारमा नै भएको विभिन्न तथ्यांकले देखाएका छन्। कामका समयमा हुने मृत्युलाई कानुनले नै बिमा अनिवार्य गरेको हुँदा नियमानुसार बिमा भुक्तानी, क्षतिपूर्ति रकम, अनुसन्धान तहकिकात गर्नासाथ मृतकको लाश स्वदेश पठाउने काम सम्बन्धित पक्षबाट नै गरिन्छ।
दक्ष कामदारको माग कतारमा देखिन्छ तर नेपालीहरू सीपसहित आइरहेको पाइँदैन। दक्ष कामदार ल्याउन के गर्नुपर्ला?
दक्ष कामदारको कतारी बजार सर्भे गरी आवश्यकता पहिचान गर्ने, नेपालमा उत्पादित जनशक्तिको उपलब्धता हेर्ने, दुई देशको उच्च तहमा यसलाई प्रमसख विषय बनाएर छलफल गर्ने र सम्भव भएसम्म समझदारीपत्रमा हस्ताक्षर गरी दक्ष तथा उच्चस्तरको जनशक्ति पनि नेपालबाट कतार पठाउन पहल गर्दा आर्थिक स्रोत र इज्जतसमेत बढ्छ। अहिले पनि कतारमा ४ हजारभन्दा बढी इन्जिनियर, केही प्रोफेसर, केही डाक्टर र ठूलोमात्रामा रोजगारी दिइरहेका व्यापारीले यहाँ काम गरिरहेको देखिन्छ।
अब नेपाली उत्पादनको बजार खोज्न कतारमा रहेका नेपाली व्यवसायीलाई हामी सबैले सहयोग गर्ने र सरकारी, अर्धसरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी निकासी व्यापारमा ध्यान दिनुपर्ने छ। कतारका ठूला व्यापारीलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने छ। मासु, दलहन, तरकारी, जडीबुटी, फलफूल, चिया, कफी, महलगायत वस्तुको राम्रो बजार सम्भावना देखिन्छ तर नेपालका विमानस्थलमा चिस्यान केन्द्रलाई समेत धेरै भरपर्दो बनाउनुपर्छ।
श्रम र कामदारका विषयमा मात्र बढी छलफल हुन्छ। नेपाल र कतारबीच व्यापारको सम्भावना पनि होला, के देख्नुहुन्छ?
नेपाल र कतारबीच व्यापारका सम्भावना प्नि देखिन्छन् तर हाम्रो प्रमुख समस्या भनेको ढुवानी खर्चका कारण प्रतिस्पर्धा गर्न कठिनाइ देखिन्छ। भर्खरै नेपाल सरकारको श्रम विभाग, वैदेशिक रोजगार बोर्ड र नेपाल–कतार व्यासायी संघ कतारबीच त्रिपक्षीय समझदारीपत्रमा पहिलोपटक हस्ताक्षर भई कतारका नेपाली व्यावसायीका लागि नेपालका तर्फबाट परिचयपत्र जारी गर्नेलगायत व्यवस्था भएपछि नयाँ उत्साह थपिएको छ।
अब नेपाली उत्पादनको बजार खोज्न कतारमा रहेका नेपाली व्यवसायीलाई हामी सबैले सहयोग गर्ने र सरकारी, अर्धसरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी निकासी व्यापारमा ध्यान दिनुपर्ने छ। कतारका ठूला व्यापारीलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने छ। मासु, दलहन, तरकारी, जडीबुटी, फलफूल, चिया, कफी, महलगायत वस्तुको राम्रो बजार सम्भावना देखिन्छ तर नेपालका विमानस्थलमा चिस्यान केन्द्रलाई समेत धेरै भरपर्दो बनाउनुपर्छ।
केही व्यवसायीबाट पानी र तरकारी कतार ल्याउने पहल भएको थियो तर त्यो त्यत्ति सफल भएन भन्ने उनीहरूको भनाइ छ। तपाईंलाई के लाग्छ?
हिमालको ‘रसुवा’ ब्रान्डको पिउने पानी बजारमा बिक्री भइरहेको पाइन्छ तर प्रतिस्पर्धी बजारमा ढुवानीका कारण सोही तौल वा मिलिलिटर पानीको मूल्य अन्यको तुलनामा तीन गुणा महँगो देखिन्छ। त्यसैले यसलाई नेपाली ब्रान्डका रूपमा व्यापक बनाउन सकियो भने सम्भावना राम्रै छ।
कतारका व्यवसायीले विश्वका विभिन्न देशमा लगानी बढाउँदै लगेका छन्। नेपालमा लगानी बढाउने विषयमा तपाईंको भूमिका कस्तो छ?
विश्वका सबै राजदूतावासको प्रमुख काम नै दुई देशको सम्बन्ध अझ उच्चस्तरमा विकसित गर्दै आपसी सहयोग आदान प्रदान, विश्वशान्ति र मानवहितका लागि बहुआयामिक क्षेत्रबाट अन्तर्राष्ट्रिय सवालमा महत्वपूर्ण भूमिका खेल्नु हो। राष्ट्रिय स्वार्थ केन्द्रमा राखेर हामीले पनि स्वाभिमान कायम राखी आर्थिक कुटनीतिलाई उच्च प्राथमिकता दिने छौं।
यसका लागि नेपालको अनुकूलतामा कृषि, जलविद्युत, पर्यटन, विमानस्थल निर्माण तथा सुधार, शिक्षा, स्वास्थ्य र प्रविधि क्षेत्रमा सहयोग जुटाउन प्रयत्न गर्ने नै छौं तर विश्वमा कायमै रहेको कोभिड महामारी र रुस–युक्रेन युद्धको प्रभावबाट सबैलाई क्षति पुगेकाले व्यापारिक दायरा पनि साँघुरिएको छ। सरकारी, अर्धसरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सम्भाव्यताको निरन्तर खोजीमा हाम्रो ध्यान केन्द्रित रहने छ।
नेपालको अनुकूलतामा कृषि, जलविद्युत, पर्यटन, विमानस्थल निर्माण तथा सुधार, शिक्षा, स्वास्थ्य र प्रविधि क्षेत्रमा सहयोग जुटाउन प्रयत्न गर्ने नै छौं तर विश्वमा कायमै रहेको कोभिड महामारी र रुस–युक्रेन युद्धको प्रभावबाट सबैलाई क्षति पुगेकाले व्यापारिक दायरा पनि साँघुरिएको छ। सरकारी, अर्धसरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सम्भाव्यताको निरन्तर खोजीमा हाम्रो ध्यान केन्द्रित रहने छ।
कतारबाट हालसम्म उच्चस्तरको भ्रमण भएको छैन। यसमा केही पहल भएको छ?
विगतमा पनि नेपालका तर्फबाट उच्चस्तरीय भ्रमणका लागि प्रयत्न भएका थिए भन्ने बुझियो तर सार्थक परिणाम देखिएन। मैले मेरो कार्यकालका प्राथमिकतामध्ये कतार राज्यका प्रमुख तथा अमिर शेख तामिम बिन अल थानीको नेपाल भ्रमणलाई उच्च प्राथमिकतामा राखेको छु भने मैले मेरो ओहदाको प्रमाणपत्र पेस गर्दाको भेटमा समेत अनुरोध गरिसकेको छु।
सन् २०२३ का लागि सामान्य आश्वासन मिलेको छ। नेपाल सरकार र कतारमा रहेका सबै नेपालीको निरन्तर अनुरोधबाट यो सम्भव देखिन्छ। पूर्णआश्वासन प्राप्त भयो भनेमात्र हामी दुवै पक्ष औपचारिकतामा अगाडि बढ्ने छौं। विश्वकै धनीमध्येको देश कतारबाट हुने यसप्रकारको भ्रमण ऐतिहासिक नै हुनेछ। अहिलेसम्म कतारका तर्फबाट उच्चस्तरको भ्रमण नेपालमा हुन सकेको छैन।
कतारबाट हामीले सिक्नुपर्ने के रहेछ?
कतारबाट हामीले नीतिगत, कार्यक्रमिक र दिर्घकालीन योजनाका माध्यमबाट स्थानीय जनता, अन्तर्राष्ट्रिय साझेदारीमा दु्रत विकास गर्न सकिने रहेछ भन्ने सिक्न सक्छौं। यसका लागि अरूका कुरा गर्नुभन्दा तोकिएको आफ्नो काम तथा जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता राष्ट्रिय स्वार्थ केन्द्रमा राखेर गर्ने हो भने नेपालजस्तो सम्भावना नै सम्भावना भएको देशलाई विश्वकै अझ सुन्दर र विकसित बनाउन सकिन्छ भन्ने विश्वास लागेको छ।