काठमाडौं। हवाई सेवा तथा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम ‘नेपाल सेल्स मिसन मलेसिया’ सम्पन्न भएको छ। नागरिक उड्डयन मन्त्रालय, नेपाल वायुसेवा निगम, नेपाल टुरिजम बोर्ड र एनएटिटिएको संयुक्त आयोजनामा भएकाे कार्यक्रम मलेसियामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव सुरेसराज अधिकारीले नेपालमा मेलेसियन पर्यटक भित्र्याउन मलेसियाका पर्यटन व्यवसायीलाई आव्हान गरेका छन्। उनले सरकारको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहजीकरणका कार्य गर्ने प्रतिबद्धता समेत जनाए। यस्तै नेपााल पर्यटन बोर्डका अध्यक्ष डा.धनन्जय रेग्मीले मलेसिया तथा नेपालका पर्यटन व्यवसायी र नेपाल वायुसेवा निगमस“ग सहकार्य गरी सेलेबल प्याकेजको डिजाइन गरी यसको प्रवर्द्धन गर्ने बताए।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारले पर्यटक भित्र्याउने योजनामा महत्वपूर्ण खम्बाको रुपमा काम गर्ने बताए।यसले समग्र नेपालको आर्थिक विकासमा योगदान पु¥याउनुका साथै विदेशी मुद्रा आर्जन गर्न सकिने उनको भनाइ छ ।
त्यसैगरी क्वालाम्पुरमा एजेन्ट सेल्स मिट एन्ड इन्टरएक्सन कार्यक्रम भएको छ । उक्त कार्यक्रममा निगमको कार्यकारी अध्यक्षले निगमको भावी योजना बताउँदै मलेसिया सेक्टरमा उडान संख्या वद्धि गर्ने योजनाका साथै एजेन्टबाट आएका पृष्ठपोषणहरुको सम्बोेधन गर्ने बताए।
साथै निगमका सेल्स एजेन्टहरुलाई अधिकार प्रदान गर्नुका साथै लकी ड्रमार्फत क्वालालाम्पुर काठमाडौं, काठमाडौं क्वालालाम्पुरको टिकट प्रदान गरिएको थियो। मलेसियँ सेल्स मिसन तथा एजेन्ट सेल्स मिट एन्ड इन्टरएक्सन कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष, संस्थागत विभाग र बजार व्यवस्था विभागका उप–निर्देशकहरुको साथै निगमका क्वालालाम्पुर स्टेशनका कर्मचारीको सहभागिता थियो।
यस्तै नेपाल वायुसेवा निगम र मलेसियास्थित नेपाली दूतावासबीच नेपाल वायुसेवा निगमलाई प्रवद्र्धन गर्न दूतावासको वेबसाइटमा निगम सम्बन्धी जानकारी राख्ने र विभिन्न शहरमा संयुक्त प्रवद्र्धनात्मक कार्यक्रम गर्ने सम्झौता भएको थियो। मलेसियाको पर्यटनमन्त्री, नेपाल पर्यटन बोर्डका अध्यक्ष तथा वायुसेवा निगमका अध्यक्षबीच पर्यटन प्रवद्र्धनका सम्वन्धमा छलफल तथा भेटघाट कार्यक्रम भएको थियो।