काठमाडाैं। ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि आठ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ९, धारापानी, महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका वडा नम्बर १, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४, बडागाउँ, नेटा र वडा नम्बर २, मुसिकोट, देउराली, उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नम्बर २, गुराँसमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हाे।
त्यसैगरी बैंकले अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ६, धातिवाङ, कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ९, बानियाभार र कैलाली जिल्लाको चुहा नगरपालिका वडा नम्बर ७, हरैयापुरमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।
यी शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २८३ पुगेको छ। बैंकले ढल्केबार शाखाअन्तर्गत रहने धारापानीको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय बिशालकुमार भुजेल, बर्दिबास शाखाअन्तर्गत रहने मनरा शिसवाको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय शाह जेनरल स्टोर्स, वामी शाखाअन्तर्गत रहने बडागाउँ, नेटाको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय बोमबहादुर छन्तेल र वामी शाखाअन्तर्गत रहने मुसिकोट, देउरालीको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय मदन दिप घिमिरेलाई प्रतिनिधि नियुक्त गरेको छ।
त्यसैगरी, बैंकले कटारी शाखाअन्तर्गत रहने गराँसको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय राजकुमार कार्की, पोखराथोक शाखाअन्तर्गत रहने धातिवाङको शाखारहित बैंकिङ सेवाका लागि स्थानीय मनिराम पौडेल, चन्द्राैटा शाखाअन्तर्गत रहने बानियाभारको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय जयन्ती गिरी र लम्की शाखाअन्तर्गत रहने हरैयापुरको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय जयबहादुर खत्रीलाई प्रतिनिधि नियुक्त गरेको छ।
शाखारहित बैंकिङ सेवाबाट स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन्। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिसहोम, सीडीएमए, युटीएल तथा एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन्।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। देशका ७७ वटै जिल्लामा २९२ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ९०० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।