काठमाडौं । विश्व बैंकले महत्वकांक्षी नयाँ लर्निङ लक्ष्य सार्वजनिक गरेको छ । आगामी २०३० सम्म लर्निङ प्रोभर्टीलाई आधाले घटाउने लक्ष्य बैंकको छ । लर्निङ प्रोभर्टी भनेको १० वर्षका बालबालिकाहरु हुन, जसले सामान्य कुराहरु पनि पढेर बुझ्न सक्दैनन् ।
युनेस्को इन्स्टिच्यूट अफ स्टाटीसटिक्स र विश्व बैंकले संयुक्तरुपमा विकास गरेको डेटाबेसलाई प्रयोग गर्दै न्यून तथा मध्यम आय भएका मुलुकहरुका ५३ प्रतिशत बालबालिकाहरुले प्राथमिक तह सकिदाँसम्म पढ्न र बुझ्न नसक्ने अनुमान गरेको छ ।
गरिब मलुकहरुमा यो अवस्था ८० प्रतिशतभन्दा माथि छ । यस्तो किसिमको लर्निङ प्रोभर्टीको उच्च अवस्थाको अर्थ भनेको वैश्विक शैक्षिक लक्ष्य र अन्य दिगो विकासका लक्ष्यहरु खतरामा पर्दै जाने प्राथमिक संकेतहरु हुन् ।
‘यो लर्निङ लक्ष्यमा सफलता प्राप्त गर्नु हाम्रो मिसनका लागि अत्यावश्यक छ, ’ विश्व बैंक समूहका अध्यक्ष डेविड मालपासले भने, ‘लर्निङ प्रोभर्टिसँग लड्नका लागि व्यापक सुधारको अवश्यक छ जसले घरेलु संसाधनहरुको प्रभावकारी प्रयोगलाई सुनिश्चित गर्छ । यो लक्ष्यले असल शिक्षण तथा राम्रो सहकार्यका लागि लगानीको आवश्यकतालाई औल्याएको छ । ’
यो नयाँ लक्ष्यले जनतामा लगानी बढाउनलाई राजनीतिक प्रतिबद्धधता कायम गर्नका लागि ह्युमन क्यापिटल प्रोजेक्टको प्रयाससँग पनि साझेदारी गरेको छ । ह्युमन क्यापिटल इन्डेक्समा हुने स्वास्थ, शैक्षिक तथा जीविकाको प्रगतिमा र शैक्षिक परिणाममा आउने फरकपनाको नतिजा हो ।
‘अवसरको समानतालाई सुनिश्चित गर्न शिक्षा एउटा महत्वपूर्ण तत्व हो, ’ विश्व बैंक समूह, ह्युमन डेभलपमेन्टका उपाध्यक्ष एन्नेट डिक्सनले भने, ‘धेरै मुलुकहरुले त लर्निङ प्रोभर्टीलाई उन्मूलन गरिसकेका छन् । ५ प्रतिशतभन्दा कमको अवस्थामा कायम गरेका छन् ।
तर अन्य मुलुकमा यो उच्च संख्यामा छ । हामी धेरै बालबालिकाहरुको भविष्यमा जोखिम थप्दै छौं । यो नैतिक तथा आर्थिकरुपमा नै अस्वीकार्य छ । यो लर्निङ लक्ष्यले हाम्रो महत्वकांक्षी तर सम्भाव्य उदेश्य पुरा गर्न हाम्रो क्रियाकलापलाई थप तिब्र पार्ने लक्ष्य लिएको छ ।’
धेरै विकसिल मुलुकहरुले तिब्र प्रगतिको सम्भावना रहेको देखाइसकेका छन् । केन्यामा यो प्रगति प्रविधिको ज्ञान भएको शिक्षकबाट कोचिङ, टिचर गाइड्स र प्रति बच्चा विद्यार्थीको स्तर सुहाउँदो सामाग्रीसहितको एक टेक्सबुक दुबै अंग्रेजी र किसवाहिली भाषामा उपलब्ध गराएपछि प्राप्त भएको छ ।
इजिप्टमा त्यहाँको सरकारले पाठ्यक्रम र मूल्यांकन प्रणालीमा परिवर्तन ल्याएको छ यसकारण त्यहाँ विद्यार्थीहरु वर्षैभरी मूल्यांकन गरिन्छन् । सुधारमा एउटा प्रमुख तत्व के प्रयोग गरिएको छ भने विद्यार्थीलाई विद्यालयको क्रेडेन्सिल प्राप्त गर्नभन्दा पनि सिकाईमा ध्यानकेन्द्रित गरिएको छ ।
यस्तै भियतनाममा स्पष्ट राष्ट्रिय पाठ्यक्रम, पाठ्यपुस्तकहरुको उपलब्धता र शिक्षक विद्यार्थीहरुको निरन्तर उपस्थितिले त्यहाँको सिकाई परिणामलाई उत्कृष्ट बनाएको छ ।
दुर्भाग्यवश अन्य धेरै मुलुकहरुमा सुधारको वर्तमान गति एकदमै ढिलो भईरहेको छ । यदि यी मुलुकहरुले २० वर्ष यताकै तिब्र दरमा आफ्नो लर्निङ प्रोभर्टिलाई घटाए भनेपनि यसलाई अन्त्य गर्ने लक्ष्य २०३० सम्म हासिल हुन सक्दैन ।
‘लर्निङ प्रोभर्टिलाई कम्तिमा आधाले घटाउने लक्ष्य पूरा हुने सम्भावना छ तर यसका लागि ठूलो राजनीतिक, वित्तिय तथा व्यवस्थापकीय प्रतिबद्धधताहरु र समग्रमा सरकारको पहलको खाँचो पर्छ, ’ बैंक ग्रुपका ग्लोबल एजुकेसन डिरेक्टर जाइमे साभेद्रा भन्छन् ।
‘सबै बालबालिकाहरु पढ्न सक्छन् भन्ने कुराको सुश्चित गराएर लर्निङ प्रोभर्टीलाई शून्यमा पुर्याउनु भनेको एउटा आधारभूत विकास लक्ष्य हो यसले भोक र गरिबिको अन्त्य गर्छ । पढ्न पाउने सबै बालबालिकाहरुको अधिकार छ र सबै मुलुकहरुमा कहिले र कसरी लर्निङ प्रोभर्टीलाई अन्त्य गर्न सकिन्छ भनेर राष्ट्रिय बहस हुनु आवश्यक छ ।’