काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न मुलुकमा काेभिड-१९ काे संक्रमण बढीरहेकाे भन्दै सचेत रहन आग्रह गरेकाे छ। मन्त्रालये बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै हेल्थ डेस्क तथा स्वास्थ संस्था आवश्यक स्क्रीनिंग, निगरानी, सतर्कता एवंम आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेका हुन्।
'मुलुकमा अहिले कोभिड-१९ को संक्रमण अवस्था कम हुँदै गए पनि विश्वमा केही देशमा संक्रमणका नयाँ स्वरूपमा जोखिम बढीरहेका छन्' विज्ञप्तिमा भनिएकाे छ 'विशेषतः हाम्रै छिमेकी देशहरुमा संक्रमणको पछिल्ला अवस्थाबाट हामी सुसूचित हुँदै सजग हुन आवश्यक छ।'
केहि देशहरुमा संक्रमणका नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिदै गरेके अवस्थामा मन्त्रालयले निगरानी बढाउने एवं सम्बन्धित देशहरूसँग समन्वय गर्ने कार्य गरिरहेको मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए।
पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमूनाको जिन सिक्वेन्सिग पछि आजै मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त ४८ जनाको नतिजाअनुसार सबैमा ओमिक्रोन भेरियन्ट (बिए.२, बिए.२.७५, बिए.२.७५.१, बिए.२.७५.२, बिए.२.७५.३, बिए.२.७५.५, बिए.२.७५.६, बिए.२.७६, बिए.५.२,बिए.५.२ं.१, बिएम.१, बिएम.१.१.३, बिएन.१.३, बि क्यु.१.१, बि क्यु.१.२, बि वाइ.१.२, बि वाइ.१ र एक्स बिबी) पुष्टी भएका छन्। पछिल्लो समय छिमेकी मुलुकहरुमा पुष्टि भएका बि.एफ. ७ हालसम्म नेपालमा पुष्टि नभएकाे विज्ञप्तिमा उल्लेख छ।
कोभिड-१९ को संक्रमणको जोखिम फरक स्वररूपमा देखिरहेको बताउँदै मन्त्रालयले सबैलाई मास्कको प्रयोग गर्न, एक अर्कामा भौतिक दुरी कायम राख्न र व्यक्तिगत हातको सरसफाईमा विशेषत ध्यान अनुरोध छ।