काठमाडाैं। शिशु र बालबालिकाको लागि 'किड्स एक्स्पाे २०२२' नेपालमा पहिलाे पटक हुने भएकाे छ।
सबैभन्दा ठूलो एक्स्पो शनिबार राई स्कुल नक्सालमा हुन लागेकाे हाे। आईएमएस ग्रुप 'टाइटल स्पाेन्सर' रहेकाे यस एक्स्पाेकाे अनलाइन पार्टनर स्मार्टडो रहेकाे छ।
एक्स्पाेमा अन्तर्राष्ट्रिय र राष्ट्रिय ब्रान्डहरु जस्तै डा. ब्राउन, क्रेन, क्रेन बेबी, बिबिलव, ड्रिम बेबी, हिमालया, पाराकिटो, स्मार्टडोको, किको, सीजी, फुड्स, मामाअर्थ, बेबी ट्री, चोकोफन, कोजी लाउन्ज वेयर, स्विमसुइट नेपाल, किड्जको, फन स्टेसन, कृष्णा पौरोटी भण्डार र अन्य धेरै ब्रान्डहरूकाे स्टल प्रदर्शनमा राखिनेछ।
अभिभावक र बच्चाहरूले विभिन्न स्टलहरूबाट सामान किनमेल गर्न, स्वादिष्ट खानाहरू खान, विभिन्न खेलहरूका मजा लिन साथ लकी ड्रमा सहभागी भई पुरस्कार जित्ने मौका पाउने छन्।
भिजिटरहरूले ब्रान्डहरुमा भारि छुट र अफरहरूको मज्जा लिन सक्नेछन्। यस किड्स एक्स्पाेमा सेलिब्रिटीआमाहरू जस्तै प्रियंका कार्की, जेनिसा मोक्तान, ऋचा शर्मा र श्वेता खड्का आफ्ना बच्चाहरूसँग उपस्थित हुनेछन्।
एक्स्पाेकाे लागि २ सय ५० शुल्कमा टिकट खरिद गर्न सकिने छ। भने १३ वर्षभन्दा मुनिका बच्चाहरूलाई निशुल्क प्रवेश हुनेछ। आगन्तुकहरूले इ-सेवाबाट अनलाइनमा टिकटहरू खरिद गर्न सक्ने छन्।
यस्तै आईएमएस लिटिल स्माइल्स शोरूमहरू (दरबार मार्ग र सिटी सेन्टर), राई स्कुल (नक्साल), किड्जको (आयप्लेक्स मल, बानेश्वर), र गुडफेलास (बसन्तपुर) मार्फत टिकटहरू खरिद गर्न सकिनेछ।