काठमाडाैं। कर्पाेरेट क्लब नेपाल प्रालि (ग्रोथ सेलेर्सको सिस्टर कर्न्सन) ले आर्थिक क्षेत्रमा याेगदान दिएका संस्था तथा व्यक्तिलाई प्राेत्साहनस्वरूप 'कर्पाेरेट अवार्ड' प्रदान गर्ने भएकाे छ ।
क्लब नेपालले कर्पोरेटमा भएका राम्रा भन्दा राम्रा गतिविधि र प्रक्रियालाई प्रोत्साहन गर्न 'दि अवार्डस् फर कर्पाेरेट एक्सेलेन्स (एसीइ)) र समाजलाई प्रेरणादायक सेवा प्रदान गर्नेलाई पनि प्रोत्साहन गर्न 'दि अवार्डस् फर डिस्टिनगुइस्ड सर्भिस (एडिएस)) को दोस्रो संस्करण आयोजना गर्न लागेकाे हाे।
एचआर मिट, सेल्स समिट र नेसनल म्यानेजमेन्ट कनक्लेभजस्ता ज्ञान मूलक विभिन्न प्रकारका कोर्पोरेट कार्यक्रम आयोजनाको जिम्मा लिएर सफलता पुर्वक सम्पन्न गरिसकेको छ।
'दि अवार्डस् फर कर्पाेरेट एक्सेलेन्स (एसीइ))' ले कर्पाेरेटकाे विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मानित गर्ने छ भने यस सँगै 'दि अवार्डस् फर डिस्टिनगुइस्ड सर्भिस (एडिएस)) ले समाजलाई निस्स्वार्थ भावनाका साथ सेवा प्रदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्नेछ ।
कोर्पोरेट निति, कार्यक्रम र कार्य सम्पादनको पहिचान गर्न र सामाजिक तथा व्यावसायिक उतरदायित्व र योगदानको पहिचान गर्ने उद्देश्यले अवार्डस् कार्यक्रमकाे आयोजना गरिएकाे क्लब नेपालले जनाएकाे छ।
कोर्पोरेट क्लब नेपालले लामो समयदेखि यस्ताे कार्यक्रमको योजनामा काम गरिरहेको थियो। उक्त योजनाको दोस्रो संस्करण काठमाडाैंमा पुस १४ गते हुँदैछ।
कार्यक्रमका लागि ५ पाँच महिना अगाडिदेखि नै नेपाली समाजका बौद्धिक तथा विभिन्न निजी सरकारी र शैक्षिक क्षेत्रमा रही समाजलाई योगदान दिएका सात जनाको निर्णायक मण्डल गठन गरिएको थियो।
उक्त निर्णायक मण्डलका पटक-पटक बसेकाे बैठकले अवार्डस्काेको निश्चित क्षेत्र, विभिन्न विधा परिभाषित गर्नुका साथै परिष्कृत गर्दै इन्स्टिस्नल एक्सेलेन्स विधामा १६ वटा, इन्डिभिज्याेल एक्सेलेन्स विधामा २ वटा, इन्स्टिटियुस्नल डिस्टनगुइस्ड विधामा २ वटा, इन्डिभिज्याेल डिस्टिनगुइस्ड विधामा १ वटा र इन्स्टिटियुसन बिल्डरमा १ वटागरी जम्मा २२ वटा विधामा अवार्डस् प्रदान गर्दैछ ।
यस अवार्डस्का लागि विभिन्न व्यक्ति तथा संस्थाको जानकारी संकलनका लागि छुट्टै रिर्सच कम्पनीलाई अउट सेर्स गरिएको थियो। जसले सिधै निर्णायक मण्डललाई डाटा उपलब्ध गराउने काम गरेको थियो। त्यसपछि उक्त रिसर्च कम्पनीबाट प्राप्त इन्फर्मेसनको आधारमा निर्णायक मण्डलद्वारा डिजाइन गरिएको रेटिङ स्केलमा सबै निर्णायक मण्डलले गरेका नम्बरीङको आधारमा बिजेता छानिने छ।
यस अवार्डस्ले प्रोत्साहन गर्न सम्मानले व्यक्ति तथा संस्थालाई भाविस्यमा यस्तै प्रयासलाई पछ्याउने गरी आउने पुस्तालाई प्रेरित गर्ने, इमान्दार र कर्मठ भई काम गरेर राष्ट्रको व्यावसायिक, संस्थागत र सामाजिक पुँजीलाई समृद्ध गर्ने विश्वास क्लब नेपालकाे छ ।