कामिरिता शेर्पा सानो छँदाको कुरा हो । सोलुखुम्बुको थामे गाउँमा कक्षा ४ भन्दा माथिल्लो तहको पढाइ हुँदैनथ्यो । के थाहा, कक्षा ४ भन्दा माथिल्लो तह अध्यापन गराउने विद्यालय गाउँमै भएको भए सायद उनी अहिले यतिबेला कुनै जागिरमा हुन्थे । त्यसैले अन्यत्र गएर पढ्न सक्ने आर्थिक अवस्था नभएपछि उनी केही समय भिक्षु बन्न गुम्बामा गए । त्यहाँ ३/४ वर्ष बिताए । र पछि बुबालाई सघाउन काममा फर्किए ।
यहाँ चर्चा गरिएका ती कामिरिता हुन्, जो २४ पटक सगरमाथा आरोहण गरिसकेका छन् । उनका बुबा सुरुदेखि नै हिमाल आरोहणमा जानेहरुको सामान ओसारपसार गर्ने काम गर्थे । दाजुहरु पनि हिमालमा काम गर्थे । त्यसैले उनलाई काम पाउन धेरै समस्या भएन ।
२०२७ सालमा सोलुखुम्बुको थामे गाउँमा जन्मिएका कामिरिताका बुबा त्यस गाउँको पहिलो गाइड थिए । उनले सुरुमा आरोहीको भारी बोक्ने र याक धपाउँथे । सानै उमेर भएकाले ठूलो भारी बोक्न नसक्ने भएपछि उनका बुबाले याक धपाउने काममा लगाएका थिए । बिस्तारै उनी भारी बोक्ने काम गर्दै गाइडका रुपमा स्थापित हुँदै गए ।
विश्वमा नेपाललाई सगरमाथाको देश र शेर्पाको देश भनेर चिन्ने गरेको भए पनि नेपालले भने शेर्पाहरुलाई नचिनेको बउनले बताए । पर्यटन क्षेत्रमा शेर्पाहरुले जति कुनै पनि क्षेत्रबाट योगदान नभएको उनको दाबी छ ।
कामिरिताले पहिलो पटक सन् १९९२ र १९९३ मा सगरमाथा आरोहण गरेका थिए । तर त्यो बेला शिखर चुम्न भने सकेनन् । बीचबाटै फर्किएका शेर्पाले २४ वर्षको उमेरमा सन् १९९४ मा सगरमाथा शिखर चुमेका थिए । चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले उनले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए ।
त्यो बेला सगरमाथा आरोहण अहिले जस्तो सहज थिएन । विभिन्न प्रक्रिया र तालिम पूरा गरेपछि मात्र आरोहण गर्न पाइने भएकाले पनि धेरै आरोही शिखरसम्म पुग्न सक्दैनथे । अहिले जस्तो हिमालमा काम गर्न पनि सहज थिएन । शेर्पाहरु काम लिनका लागि ३÷४ महिना अघिदेखि नै विभिन्न एजेन्सीका सञ्चालकलाई बियर लगेर खुट्टा ढोग्नुपर्ने बाध्यता थियो । अनेकौं बिन्तीपछि ती एजेन्सीहरुले काम दिन्थे । र उनीहरुको रेटमा काम गर्नुपर्ने बाध्यता थियो । तर अहिले समय परिर्वतन भएको छ । ट्रेकिङ एजेन्सीहरुले नै शेर्पाहरुलाई काम गरिदिनुप¥यो भनेर हारगुहार गर्ने चलन बढेको छ । अनुभवी शेर्पाहरु लिएर ट्रेकिङ एजेन्सीहरुले काम गर्न थालेको कामिरिताको अनुभव छ ।
गाइड बन्दा कामिरिताको पहिलो कमाइ ३ लाख रुपैयाँ थियो । उनी त्यसलाई जीवनकै सबैभन्दा ठूलो र महँगो कमाइको रुपमा लिन्छन् । अहिले भने उनी हिमाल आरोहणका लागि नेपालकै प्रतिष्ठित कम्पनी सेभेन समिटमा सिनियर गाइडका रुपमा कार्यरत छन् । सन् २०१८ बाट उनले सेभेन समिटमा काम सुरु गरेका हुन् । आधा उमेर हिमाली क्षेत्रमै बिताएका शेर्पाले ५०औं वर्षलाई रजत वर्षका रुपमा २५औं पटक हिमाल आरोहण गरी विश्राम लिने सोच बनाएका छन् । हिमाल आरोहण नगरे पनि बेस क्यामसम्म भने गाइडका रुपमा काम गर्नेछन् । जीउमा बल हुन्जेलसम्म काम गर्ने शेर्पाको भनाइ छ । उनीसँग ६० वर्षको उमेरसम्म बेसक्याममा काम गर्ने जोस छ ।
विदेशीलाई हिमालको चुचुरोमा पु¥याउँदापु¥याउँदै विश्व रेकर्ड बन्न गएको कामिरिता बताउँछन् । विश्व रेकर्डका लागि आफ्नो कुनै तयारी र सोच नभएको शेर्पाको भनाइ छ । ‘काम गर्दागर्दै रेकर्ड कायम भएछ,’ कामिरिताले भने, ‘बीचमै छाड्न लागेको थिएँ । तर बुबाले अझै सक्छस् भनेपछि आरोहण गरेको हुँ ।’ आफ्नो रेकर्डलाई विश्वले प्राथमिकतामा राखे पनि नेपालले भने खासै वास्ता नगरेको उनको आरोप छ ।
अहिले सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने र २० लाख पर्यटक भिœयाउने योजना बनाए पनि आफूहरुसँग कुनै समन्वय नगरेको उनको भनाइ छ । विश्वमा नेपाललाई सगरमाथाको देश र शेर्पाको देश भनेर चिन्ने गरेको भए पनि नेपालले भने शेर्पाहरुलाई नचिनेको बउनले बताए । पर्यटन क्षेत्रमा शेर्पाहरुले जति कुनै पनि क्षेत्रबाट योगदान नभएको उनको दाबी छ । ‘शेर्पा र हिमालबिना नेपालको पर्यटन क्षेत्रको विकास सम्भव छैन,’ उनले भने ।
अहिले पनि उनलाई विभिन्न देशले बोलाएका छन् । तर उनको धोको छ, ६० वर्षसम्म नेपालमै बस्छु र योगदान पु¥याउँछु । ‘जीवनमा कुनै ठूलो घटना नभए ६० वर्षसम्म नेपालमै काम गर्छु,’ कामिरिताले भने, ‘त्यसपछि भने विदेश जान्छु ।’ ‘हिउँ चितुवा’का उपनामले परिचित आङरिता शेर्पा विदेशमा बसाइ सर्न खोज्दा नेपालले रोेकेको उनी सम्झिन्छन् ।
जीवन नै दाउमा राखेर घरपरिवार बिर्सिएर हिमाल आरोहणमा सघाउने शेर्पाहरुले त्यो बेला आफूसँग रहेका विदेशीलाई चुचुरोमा पु¥याउन सके अर्को वर्ष एक जनाले १० जना विदेशी ल्याउने आश राख्थे । यसले शेर्पाहरुलाई त फाइदा भयो नै, सँगै सरकारलाई समेत ठूलो मात्रामा रोयल्टी रकम प्राप्त भयो । पर्यटन क्षेत्रमा पनि सहयोग पुग्यो ।
शेर्पाहरुले जति नै सरकारले पनि हिमालको विषयमा गम्भीर भए नेपालको पर्यटन क्षेत्रले फड्को मार्ने उनको विश्वास छ । तर सरकारले हिमाल आरोहीहरुलाई बेवास्ता गरेकाप्रति उनको असन्तुष्टि छ ।
विदेशमा हिमाल आरोहीलाई आजीवन भत्ताको व्यवस्था गरिदिनेदेखि तिनीहरुका बालबच्चाको पठनपाठनको जिम्मेवारीसमेत लिने गरेको उनको भनाइ छ । नेपालमा भने हिमाल आरोहीलाई सरकारले एक पटक पनि नसम्झिएको उनको आरोप छ ।
पछिल्लो समय हिमाल आरोहण गर्नेहरुको सङ्ख्या बढिरहेको छ । आरोहण गर्नेको सङ्ख्या बढेसँगै हिमालको सुरक्षाको पनि चुनौती बढिरहेको उनको भनाइ छ । हिमाल दैनिक रुपमा खाली हुँदै छ । आफूले काम सुरु गर्दाको र अहिलेको हिमाल धेरै फरक भएको उनको अनुभव छ । हिमालमा अहिले फोहोर बढिरहेको छ । त्यो फोहोर भविष्यमा हिमालका लागि विकराल बन्नेमा उनको ठूलो चिन्ता छ । शेर्पाहरुलाई जति हिमालको चिन्ता छ, त्यति नै सरकारी निकायलाई चिन्ता नभएको उनी दाबी गर्छन् ।
हिमालको काम गर्न छाडेपछि भने कामिरिताले नेपाल नबस्ने योजना बनाएका छन् । नेपालमा हिमाल आरोही (विशेषगरी शेर्पा)हरुलाई सरकारले आवश्यक सम्मान नदिएको भन्दै रिटायर्ड जीवन विदेशमा बिताउने उनको योजना छ । अहिले पनि उनलाई विभिन्न देशले बोलाएका छन् । तर उनको धोको छ, ६० वर्षसम्म नेपालमै बस्छु र योगदान पु¥याउँछु । ‘जीवनमा कुनै ठूलो घटना नभए ६० वर्षसम्म नेपालमै काम गर्छु,’ कामिरिताले भने, ‘त्यसपछि भने विदेश जान्छु ।’ ‘हिउँ चितुवा’का उपनामले परिचित आङरिता शेर्पा विदेशमा बसाइ सर्न खोज्दा नेपालले रोेकेको उनी सम्झिन्छन् ।
नेपाल सरकारको आग्रहपछि उनी यहीँ रोकिए । आङरिताकै कारण पर्वतारोहण पर्यटन क्षेत्रमा उल्लेखनीय सहयोग पुगे पनि सरकारले अहिले उनलाई बिर्सिएको कामिरिताको भनाइ छ । भविष्यमा पनि आफ्नो हालत आङरिताकै जस्तो नहोस् भन्न विदेश जाने कामिरिताको भनाइ छ ।
कामिरिता शेर्पा किर्तिमानी आरोही