कसैले उद्यमशिलता भनेको के हो भनेर सोधे भने, ‘उद्यमशिलता भनेको जोखिम मोल्नु हो’ भन्ने जवाफ आउँछ। तर, उद्यमशिलतामा जोखिम हुने भए पनि उद्यमशिलता भनेको जोखिम भने होइन।
हामीले उद्यमशिलतालाई तीन भागमा बाँडेर हेर्नुपर्छ। उद्यमी, उद्यम र उद्यमशिलता। उद्यमी भनेको व्यक्ति हो जसमा उद्यमशिलताको जोश हुन्छ। उद्यम भनेको त्यो जोश कार्यान्वयन गर्ने अभियान हो र उद्यमशिलता भनेको त्यो अभियान संस्थागत गर्ने प्रक्रिया हो। उद्यमी व्यक्ति जसलाई अवसर चाहिन्छ। त्यो अवसरले उसलाई त्यो सोच र जोश दिन्छ। अवसर तीन अवस्थाका हुन्छन्। शिक्षाको अवसर, लगानी वा स्रोतसाधनको अवसर र बजार पहुँचमा पुग्ने अवसर। शिक्षाअनुसार हेर्ने हो भने हामी जागिर खोज्ने शिक्षा दिएर उद्यमी जन्मोस् भनेर सोचिरहेका छौं, गोलभेंडा रोपेर सुन्तला फलोस् भने झैं।
एउटा निश्चित परिधिभन्दा बाहिर सोच्ने, समस्यामा नअल्झिने तर समाधानको बहस गर्ने शिक्षा चाहिन्छ। गुनासो गर्ने तर उपाय नखोज्ने, बहस गर्ने तर मन्थन नगर्ने, त्यस्तै अनि जागिर खोज्ने र जोखिम नलिने। उद्यमशिलताका लागि लगानीमा पनि हामीले केही सुधार गर्नु आवश्यक छ। सफल उद्यमीलाई फकाइ–फकाइ पैसा दिने बैंकले आइडियामा भने पैसा दिँदैनन्। स्टार्टअप फन्ड, भेन्चर लगानीकर्ता र बैंकले पनि सानो तर नविनतम उपाय पत्याउँदैनन्। सरकारका ठूला पदमा रहेका अधिकारी, विदेशी नियोगका अधिकारी र बैंक सबैले साना उद्यमीका तस्बिर बेचेर ठूलासँग संगत गर्ने र त्यतै लगानी गर्ने गरेको पाइन्छ।
तेस्रो हो, बजार पहुँचको अवसर। उद्योग मन्त्रालय र व्यापार प्रवर्द्धन केन्द्रका तर्फबाट नेपाली उत्पादन प्रवद्र्र्धनमा भइरहेको पहलले नै देखाउँछ। नेपाली गार्मेन्ट, हस्तकला, कृषि उत्पादन र हस्तकला निर्यात घटिरहेका बेला के कति नयाँ नीति बनेको छ भन्ने कुराले नै त्यो बुझाउँछ।
उद्यमी व्यक्ति जसलाई अवसर चाहिन्छ। त्यो अवसरले उसलाई त्यो सोच र जोश दिन्छ। अवसर तीन अवस्थाका हुन्छन्। शिक्षाको अवसर, लगानी वा स्रोतसाधनको अवसर र बजार पहुँचमा पुग्ने अवसर। शिक्षाअनुसार हेर्ने हो भने हामी जागिर खोज्ने शिक्षा दिएर उद्यमी जन्मोस् भनेर सोचिरहेका छौं, गोलभेंडा रोपेर सुन्तला फलोस् भने झैं।
आन्तरिकरूपमा ई–सेवाजस्तो संस्था बनिसकेपछि सरकारले प्रवद्र्र्धन गर्नेभन्दा पनि रोक्ने उपाय खोज्यो, रोक्न सकेन अनि ठूला व्यापारिक घरानाले पनि त्यो क्षेत्रमा लगानी गर्न चाहेपछि अनुमति दियो। पठाओ र टुटललाई भएको नीतिगत जटिलता पनि हामीले बुझेका छौं। सरकारले भनेको उद्यमीलाई तीनवटै तहका अवसर (स्किल, रिसोर्स र मार्केट) का लागि सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने हो।
अभिभावकले सन्तानले के–के बदमासी गर्लान् भनेर हेरेर बस्ने हो वा उसलाई केही सबल बनाउन सीप, स्रोत र अवसर खोजिदिने सहजकर्ता बन्ने हो? अब उद्यमको कुरा गरौं। उद्यम भनेको आफूसँग भएको सीप, स्रोत र अवसर देखेर यस्तो उत्पादन तयार गर्ने जसको बजारमा आर्थिक मूल्य हुन्छ। हामीले तयार गर्ने जुनसुकै वस्तु तथा सेवा उद्यमशिलता होइन, जसको आर्थिक मूल्य हुन्छ, त्योमात्र उद्यमशिलता हो।
जस्तै, घरमा हामी तरकारी बनाउँछौ, बनाउने सीप चाहिन्छ, स्रोत चाहिन्छ। खानका लागि घरपरिवारका सदस्य हुन्छन्। हाम्रो घरका व्यक्तिलाई हामीले कहिल्यै मलाई १० रुपैयाँबराबरको अचार थपिदिनु त भन्दैनौं किनकि त्यहाँ सीप छ, स्रोत पनि लागेको छ तर त्यो बजार होइन। तर, त्यस्तै तरकारी हामीले पसल, ठेला वा होटलमा भए, भात बाँकी छ एक बटुको मासु थपौं न भन्दा सिँत्तैमा नपाइएला, किनकि त्यो बजार हो। बजारमा सीप, स्रोत साथसाथै आर्थिक मूल्य पनि हुन्छ।
अब उद्यमशिलता
उद्यमशिलतामा उद्यमी र उद्यम दुवै हुन्छ। उद्यमशिलता भनेको प्रक्रिया हो। जसमा पाँच फरक भाग हुन्छन्।
१. नविनता
२. मूल्य थप्ने काम
३. अवसर सिर्जना
४. आर्थिक प्रगति
५. दिगोपन
यो पहिलो भागअनुसार उद्यमशिलता भनेको एकपटकको सिर्जना वा नविनता होइन। सिर्जना अर्थात नयाँ आविष्कार र नविनता भनेको आविष्कारमा थप हुने मूल्य हो। जस्तै, राइट ब्रदरले हवाईजहाज आविष्कार गरे तर आज हामीले यात्रा गर्दा चढ्ने जहाज त्योभन्दा धेरै फरक छ, किनकि यो १ सय १९ वर्षमा त्यसमा धेरै नविनता (भ्यालु थपिएको) छ। यो निरन्तर प्रक्रिया हो। हामी उद्यमशिलतामा आन्तरिक इनोभेसन र वाह्य इनोभेसन भन्छौं। यो आवश्यक छ, एकपटकको इनोभेसनले उद्यम सफल हुँदैन। हामीले प्रयोग गर्ने मोबाइल एपमा अपडेट भनेर सूचना आउँछ नि, त्यो पनि इनोभेसनको अपडेट हो।
उद्यमशिलता अवसरको सिर्जना गर्नुपर्छ, उद्यमी र आवद्ध सदस्यका लागि एक उद्यमीले अर्को जागिर खोज्नुपर्छ भने त्यो उद्यमशिलतामा समस्या हो। बाजुराको एक नागरिकलाई आफ्नो काम छाडेर बिजुलीको बिल तिर्न एक दिन हिँडेर सदरमुकाम आउनुपथ्र्यो तर अब छेउकै पसलमा मोबाइलबाट तिर्न मिल्छ।
अभिभावकले सन्तानले के–के बदमासी गर्लान् भनेर हेरेर बस्ने हो वा उसलाई केही सबल बनाउन सीप, स्रोत र अवसर खोजिदिने सहजकर्ता बन्ने हो? अब उद्यमको कुरा गरौं। उद्यम भनेको आफूसँग भएको सीप, स्रोत र अवसर देखेर यस्तो उत्पादन तयार गर्ने जसको बजारमा आर्थिक मूल्य हुन्छ। हामीले तयार गर्ने जुनसुकै वस्तु तथा सेवा उद्यमशिलता होइन, जसको आर्थिक मूल्य हुन्छ, त्योमात्र उद्यमशिलता हो।
पसलले अवसर पाए, नागरिकले त्यो समय अरू कुनै उत्पादनशील काममा लगाउन पाए। आर्थिकरूपमा सफल र सक्षम हुनुपर्छ। म १० वर्ष अगाडि जुन जीवनस्तर र आर्थिक हैसियतमा थिएँ, यदि आज पनि म त्यहीँ छु भने, मेरो उद्यमशिलतामा केही समस्या छ। आर्थिक प्रगति नाफा र स्रोतको अभिवृद्धि उद्यमशिलताका सूचक हुन्। हाम्रो समाजले दक्षिणा र चन्दालाई गलत भन्दैन तर नाफालाई पाप भन्छ। त्यो उद्यमशिलतालाई निरुत्साहित गर्ने अभ्यास हो।
दिगोपन उद्यमशिलताको सबैभन्दा ठूलो चुनौती हो। हाम्रो समाजमा दल दर्ता गर्ने तर संगठन बनाउन नसके झैं हो वा भनौं सन्तान जन्माउने तर हुर्काउन नसक्ने वा उसलाई राम्रो जीवन दिन नसक्ने जस्तै हो उद्यमशिलतामा दिगोपनको सन्दर्भ। अमेरिकामा वार्षिक २ लाख कम्पनी दर्ता हुन्छन् तर १ सय ५५ ले मात्र निरन्तरता दिन सक्छन्। त्यस्तै नेपालमा दैनिक ३२ कम्पनी दर्ता हुन्छन् तर दैनिक २ हजार ८ सय १ जना विदेश जान्छन्। यदि दर्ता भएका सबै कम्पनी सफल हुने भएको भए त्यो समस्या हुन्थेन होला।
दल दर्ता सहज भयो तर कम्पनी दर्ता अप्ठेरोे। फर्किने बाटो थाहा नभए यात्रा गर्नेले असहज मान्छन्। नेपालमा दर्ता त गर्न सहज छ तर बन्द गर्न असहज। यसरी नै धेरै कुराको सुधार आवश्यक छ। तथ्यांक हेर्दा नेपालमा हालसम्म २ लाख ९४ हजार ६ सय २० निजी संस्था दर्ता भएका छन् र तीमध्ये ४ हजार ३ सय ५ भने गैरनाफामूलक संस्था हुन्। गत आर्थिक वर्ष २०७७/७८ मा ९१ हजार ७ सय ४७ संस्थाले नवीकरण गराएको देखिन्छ। संस्था दर्ता दस्तुर महँगो होइन, तर प्रक्रिया जटिल छ। कसैले ‘म उद्यमी बन्छु, देशलाई कर तिरेर रोजगारी सिर्जना गर्न सहयोग गर्छुु’ भन्दै गर्दा त झन् राज्यले सहजीकरण गर्नुपर्ने, स्वागत गर्नुपर्ने तर यहाँ हतोत्साहित हुने खालका प्रक्रिया र व्यवहार छन्।
जसरी अर्थतन्त्र र राजनीतिक संस्कार हरेक ५० वर्षमा परिवर्तन हुन्छ, जसरी मानवीय जीवनशैली, प्राथमिकता र संस्कार हरेक ३० वर्षमा परिवर्तन हुन्छ, त्यसरी नै उद्यम अभ्यास पनि हरेक १० वर्षमा परिवर्तन हुन्छ। हो, त्यसरी नै त्यही गतिमा राज्यले नीति र कानुन पनि परिमार्जन गर्दै जानुपर्छ। नेपालमा भने २० वर्षसम्म पनि परिमार्जन भएको पाइँदैन।
वैदेशिक रोजगारीमा गएका नेपालीलाई पनि उद्यमशिलतामा जोड्न सकिन्छ। जो जसले देश र बजार सुहाउँदो सीप आर्जन गरेको छ, उनीहरूलाई रेमिट्यान्स (विप्रेषण) मार्फत लगानी भित्र्याएर नेपालमा उद्यमशिलता अभ्यास गर्ने र जो बाहिर नै व्यापार गर्न चाहन्छ, उसलाई त्यहीँ बसेर व्यापार गर्दा नेपालको उत्पादन बिक्री गर्न सहजीकरण गरिदिने नीति राज्यले लिए फलदायी हुनसक्छ।
नेपालमा उद्यमशिलता पनि एक नयाँ लहर हो। तर, यदि नीतिगत स्पष्टता, प्रक्रियागत सहजीकरण, व्यावहारिक सीप र सान्दर्भिक बजार पहुँचका लागि सबै सरोकारवालाले काम नगरे, यो क्षेत्रमा पनि नैराश्यता आउनसक्छ। जुन दिन यो देशमा नागरिकको करबाट जीविकोपार्जन गर्नेको भन्दा, देशलाई उत्पादन, कर र रोजगारी सिर्जनामा सहयोग गर्ने उद्यमीलाई राज्य र समाजले सम्मान गर्ने छ, त्यो दिन यो देश पनि उद्यमशिलताका लागि उपयुक्त ठहरिने छ।
जस्तै, टर्कीको उदाहरणमा छलफल गरौं। सन् १९६० देखि टर्किस नागरिक वैदेशिक रोजगारीमा युरोप जान थाले र हाल ४५ लाख जति टर्किस युरोपका ३१ देशमा छन्। केही फर्किएर देशमै नयाँ व्यापार सुरु गरे, तर जो फर्केनन् उनीहरू त्यहीँ कामदारबाट उद्यमी हुने क्रम सुरु गरे। हाल युरोपका ३१ देशमा ३० लाख टर्किस छन्। अस्ट्रियन साइन्स एकेडेमीले २०१६ मा गरेको एक अध्ययनअनुसार टर्किस नागरिक उद्यमीका रूपमा अस्ट्रियाको प्रमुख अंग बनिसकेका छन्।
त्यसरी नै २०१७ मा युरोपियन युनियन (ईयु) ले गरेको एक अध्ययनअनुसार युरोपमा टर्किस उद्यमीलाई सहज बनाउनुपर्ने त्यहाँको आवश्यकता बनेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीलाई हामी मूल्यवान कृषिजन्य उत्पादन, जुत्ता, कपडा, गलंैचा, हस्तकला र हातेकागज बजार रहेका देशमा कामदारका रूपमा पठाउन सके अबको १५ वर्षमा त्यहाँ बजार बनाउन सक्छौं र हाम्रो देशमा रहेका उद्यमीसँग राम्रो सहकार्य हुनसक्छ। कतार र अमेरिकामा खुलेको गोल्डस्टार जुत्ताको शोरुम तथा मलेसिया र लन्डनमा खुलेको नेपाली रेस्टुरेन्ट जस्तै।
जसरी नेपालमा माओवादी सशस्त्र द्वन्द्वपछि ‘नयाँ नेपाल’ को लहर आए पनि नेपाल नयाँ भएन, केही राजनीतिज्ञ नवधनाढ्य बने, नागरिकमा एक किसिमको नैराश्यता आयो। कुनै पनि लहरलाई राज्यको नीति तथा व्यवहारले सन्तुलितरूपमा व्यवस्थापन नगरे त्यसले निराशा ल्याउँछ। नेपालमा उद्यमशिलता पनि एक नयाँ लहर हो। तर, यदि नीतिगत स्पष्टता, प्रक्रियागत सहजीकरण, व्यावहारिक सीप र सान्दर्भिक बजार पहुँचका लागि सबै सरोकारवालाले काम नगरे, यो क्षेत्रमा पनि नैराश्यता आउनसक्छ। जुन दिन यो देशमा नागरिकको करबाट जीविकोपार्जन गर्नेको भन्दा, देशलाई उत्पादन, कर र रोजगारी सिर्जनामा सहयोग गर्ने उद्यमीलाई राज्य र समाजले सम्मान गर्ने छ, त्यो दिन यो देश पनि उद्यमशिलताका लागि उपयुक्त ठहरिने छ।
(झा फ्याक्ट्स नेपालका प्रमुख कार्यकारी अधिकृत हुन्।)