काठमाडौं । नेपालको बजार अध्ययन र बजार बिस्तारका लागि टिसिएलको टिमले नेपालको भ्रमण गरेको छ।
टिसिएलको एसिया प्यासिफिक सेल्स सेन्टरका लागि नियुक्त्त सेल्स डाइरेक्टर मिसेस क्यारोलिन (किउ लिन) र सिनिअर सेल्स म्यानेजर मिस्टर रेक्स (लिउ रेन)ले नेपाली बजारको भ्रमण गरेका छन्।
टिसिएल टिमले काठमाडौं टंगाल, कुमारीपाटी र बसुन्धाराका सिजी डिजिटल शोरुमहरुका साथै बिभिन्न डिलर सपहरुको भ्रमण गरेका छन् । ग्राहकहरुलाई उच्चस्तरिय अनुभव प्रदान गर्न चाडै नै टिसिएलका विशेष शोरुमहरु र कन्सेप्ट कर्नरहरु नेपालभर विस्तार गर्ने टिसीएलले जनाएको छ।
टिसिएल एक विश्वव्यापी टेक्नोलोजी ब्रान्ड हो। हाल टिसिएलको उपस्थिति विश्वको १६० भन्दा बढी देशहरुमा छ र आफ्नै म्यानुफ्याक्चरिङ र रिसर्च एन्ड डेभेलप्मेन्ट सेन्टरहरु विश्वभर छरिएर रहेका छन् । टिसिएल सन् २०१२मा नेपालमा चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएलले भित्र्याएको हो।
हाल नेपालको घरेलु इलेक्त्रिक उपकरणमा ठुलो बजार हिस्सा ओगटेको छ। ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसीएलका टिभी, रेफ्रिजिरेटर, वाशिङ मेसिन, एअर कन्डिसनर, चेस्ट फ्रीजर, वाटर डिस्पेन्सर र साउन्डबार जस्ता उत्पादनहरु नेपालमा उपलब्ध छन्।
हालै सिजी इलेक्ट्रोनिक्सले नेपालमा एसेम्बली प्लान्ट पनि सुरु गरेको छ, जसले गर्दा टिसिएलका उत्पादनहरुको लागत घट्न मद्दत पुगेको छ। त्यस्तै सिजी इलेक्ट्रोनिक्सले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गरेर सार्वजनिक गरेको ‘फुटबल हङ्गामा’ योजना हाल सम्म कायमै राखेको छ। टिसिएल अन्तर्राष्ट्रिय ब्राजिलियन फुटबल टिमको आधिकारिक प्रायोजक पनि हो।
कम्पनीले टिसीएलका उत्पादनहरुमा फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रविभवन, कीर्तिपुर, हात्तीगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा छन्।