काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक साेमबार झिनो अंकले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.८३ अंकले उकालो लागेर १ हजार ८५८.८९ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१५ अंकले सुधार भई ३६३.९७ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज चार उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । नौ उपसमूहको सेयर मूल्यमा भने वृद्धि भएको छ ।
कुल २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता सेयर ८८ करोड ६० लाख ९८ हजार ५ सय ६८ रूपैयाँ मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा प्राइम बैंक शीर्ष स्थानमा छ । सो बैंकको सेयर ६ करोड ९३ लाख ४३ हजार १ सय ३ मूल्यमा कारोबार भयो ।
फरवार्ड माइक्रोफाइनान्स ५ करोड ४९ लाख ४२ हजार ९ सय ८१, हिमालयन डिस्टिलरी ४ करोड २७ लाख ९० हजार ३ सय ९४ रूपैयाँ, नेपाल दूरसञ्चार कम्पनी ३ करोड ७६ लाख ६४ हजार ८ सय ५९ र पिपल्स हाइड्रोपावरको ३ करोड २८ लाख १८ हजार ४ सय ३४ रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार धौलागिरि लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । खप्तड लघुवित्त छ दशमलव शून्य ८, सिवाइसी नेपाल लघुवित्त ५.९८, नबिल ब्यालेन्स फण्ड दोस्रो ५.९० र रिलायन्स फाइनान्सका लगानीकर्ताले ४.०४ प्रतिशतले कमाएका छन् ।
त्यस्तै इस्टर्न हाइड्रोपावर ७.९७, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो ७. ७२, फरवार्ड माइक्रोफाइनान्स ६.७६, पिपल्स हाइड्रोपावर ६.०४ र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले ५.६४ प्रतिशतले गुमाएका छन् ।