काठमाडौं। चालू आर्थिक वर्षको कात्तिकसम्म वाणिज्य बैंकको नाफा बढेको छ। कात्तिकसम्म बैंकहरुले २४ अर्ब ५३ करोड रुपैयाँ खुदनाफा गरेका छन्। सञ्चालनमा रहेका २६ वाणिज्य बैंकले कात्तिक मसान्तसम्म सो नाफा गरेका हुन्। अघिल्लो वर्ष सोही अवधिमा वाणिज्य बैंकले २३ अर्ब ४४ करोड रुपैयाँ खुदनाफा गरेका थिए।
कात्तिकसम्म सबैभन्दा बढी नबिल बैंकले नाफा गरेको छ। नबिलले २ अर्ब ३५ करोड रुपैयाँ नाफा गरेको छ। त्यसैगरी एनआईसी एसिया बैंकले २ अर्ब २२ करोड र ग्लोबल आइएमई बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुदनाफा गरेको छ। कात्तिकसम्म सबैभन्दा कम कृषि विकास बैंकले ३१ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ।
साथै, सानिमा बैंकले ७८ करोड, सेञ्चुरी कमर्सियल बैंकले ४४ करोड, सिभिल बैंक ५६ करोड, मेगा बैंकले ७६ करोड, एनएमबी बैंकले १ अर्ब ३० करोड, सनराइज ३७ करोड, प्राइम कमर्सियलले १ अर्ब २५ करोड, सिटिजन्स बैंकले ७० करोड, सिद्धार्थ बैंकले ६७ करोड र लक्ष्मी बैंकले ६५ करोड रुपैयाँ नाफा गरेको छ।
त्यसैगरी कुमारी बैंकले १ अर्ब २५ करोड, माछापुच्छ्रे बैंकले ५९ करोड, नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले ७२ करोड, बैंक अफ काठमाण्डूले ४५ करोड, एभरेष्ट बैंकले १ अर्ब १५ करोड, स्टान्डर्ड चार्टडर्ड बैंकले १ अर्ब ८ करोड हिमालयन बैंकले ८३ करोड, नेपाल एसबिआई बैंकले ८२ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ५२ करोड, राष्ट्रिय वाणिज्य बैंकले ९२ करोड र नेपाल बैंकले ९५ करोड रुपैयाँ नाफा गरेका छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको वित्ती विवरणमा प्रभु बैंकको नाफा उल्लेख गरेको छैन् ।