२०७८ साउनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दैनिक २० अर्बमाथिको कारोबार पुग्दा ट्रेड म्यानेजनमेन्ट सिष्टम (टिएमएस) दिनमै ४ पटकसम्म डाउन भयो। जसले गर्दा सेयर लगानीकर्ताले ‘स्मुथ’ रूपमा कारोबार गर्न सकेनन्। नेप्सेले २२ अर्ब (२०७८ साउन ३१ मा २१ अर्ब ६४ करोड)सम्म कारोबार हुनसक्छ भन्ने अनुमान गरेर प्रणालीको विकास नगर्दा समस्या भयो। कोरोनाकालसँगै लगानीका अन्य क्षेत्रहरू खुम्चिँदै गर्दा छिटो आम्दानी गर्ने माध्यमका रूपमा धेरै मानिसहरू सेयर बजारतर्फ आकर्षित भएका थिए। जसको असर सेयर कारोबारमा पर्यो र प्रणालीले थेग्न सकेन।
तथापि अहिले कारोबार रकम १० गुणाले घटिसकेको छ। कतिपय अवस्थामा त सेयर कारोबार करोडमै सीमित हुन थालेको छ। अहिले न्यून कारोबार र लगानीकर्ताहरूले रुचि नदेखाएका बेला टिएमएसले कुसलतापूर्वक काम गरिरहेको छ।
यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (लाइसेन्स)का लागि अनलाइनमार्फत आवेदन माग्दा ‘वेबसाइट’ खुल्दै नखुल्ने, खुलिहाले पनि लामो समय लाग्ने, फर्म भर्दाभर्दै साइट नचल्नेजस्ता समस्याबाट आवेदनकर्ता आजित मात्रै बनेनन्, आवेदन गर्ने रुचि देखाएनन्।
विभागले अनुमान गरेभन्दा धेरै व्यक्तिहरू एकैपटक प्रणालीमा प्रवेश गर्न खोजेपछि प्रणाली नै ‘क्र्यास’ भयो। वेभ डिजाइन गर्दा जति मानिसहरू आउने आकलन गरिएको थियो, त्योभन्दा कैयौं गुणा धेरै व्यक्ति एकैपटक वेबसाइट खोल्न तम्सिँदा प्रणालीले काम गरेन।
सरकारले राष्ट्रिय परिचयपत्रका लागि बनाएको ‘वेबसाइट’ खुलेको १० मिनेट पनि टिकेन र लामो समयसम्म खुल्दै खुलेन। यी सबै समस्याको एउटै कारण हो, सीमित क्षमताको सर्भर र हार्डवेयर। सेवा प्रदायकको प्रक्षेपणभन्दा अधिक सेवाग्राही एकै पटक वेबसाइटमा प्रवेश गर्दा सर्भर र हार्डवेयरले काम गर्न सक्दैन। सेवा प्रदायकले एक तहको ट्राफिक भित्रिन सक्ने अनुमान गरेर पूर्वाधारमा लगानी गरेको हुन्छ। तर, त्यो अनुमान धेरै समय ‘फेल’ भएको देखिन्छ।
सेवा प्रदायकले अधिक क्षमताको प्रणाली विकास गर्दा बढी लागत पर्ने र ठूलो लगानीमा बनेको प्रणालीको उपयोगिता कतिपय बेला कम हुन सक्छ। विगतमा भइरहेको कारोबारलाई आधार मानेर नियमित विस्तारको प्रक्षेपण गर्दा अधिक समय ‘फेल’ हुने स्थिति रहन्छ। अहिले राहदानी विभाग, राष्ट्रिय परिचयपत्र, यातायात व्यवस्था विभाग, नेप्से त्यही समस्याबाट ग्रसित छन्।
ठूलो लगानीमा अधिक क्षमताको प्रणाली बनाउन उपयोगिता कम, कम क्षमता राखेर प्रणालीको विकास गरौं निश्चित समयमा बढ्ने ट्राफिक व्यवस्थापनमा समस्या। विश्वभर प्रणालीमा हुने अधिक र न्यून चापलाई व्यवस्थापन गर्न ‘क्लाउड कम्प्युटिङ’ को अवधारणले काम गरिरहेको छ। नेपालमा पनि क्लाउड कम्प्युटिङ अवधारणाले विस्तारै ठाउँ लिँदै छ। क्लाउड भनेको बादल होइन, एउटा प्रविधि हो। अर्थात् क्लाउड कम्प्युटिङ इन्टनेटमा आधारित सेवा प्रवाहको एक प्रारूप हो।
सरकारले वेबसाइट बनाएर तथ्यांक भण्डार गर्न र लेखाप्रणाली राख्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ। यसले विपद्बाट हुने क्षति पनि कम गराउँछ। संघीय सरकारले स्थानीय तहका विवरणहरू राख्न बनाइदिएको वेबसाइट क्लाउड सेवाको अर्को उदाहरण हो।
सरल भाषामा क्लाउड कम्प्युटिङलाई कम्प्युटर एप्लिकेसनहरूको गोदाम अथवा तथ्यांक भण्डारण सेवाका रूपमा बुुझ्न सकिन्छ। क्लाउड भनेको सफ्टवेयर, हार्डवेयर र सर्भर भाडामा पाइने ठाउँ हो। विश्व सूचना सञ्चार प्रविधि (आइसिटी) बजारलाई रूपान्तरण गर्न क्लाउड कम्प्युटिङले महत्वपूर्ण भूमिका खेल्न थालिसकेको छ। आइसिटीमा देखिएको व्यापक विस्तारले आर्थिक वृद्धिमा पनि योगदान बढाउँदै लगिरहेको छ। अमेरिकी कम्पनी अमेजनले सुरु गरेको क्लाउड कम्प्युटिङ सेवा माइक्रोसफ्ट र जिमेललगायत कम्पनीले अघि बढाइरहेका छन्।
गुगल एप्स (गुगल फोटोज, गुगल ड्राइभ, ड्रप बक्स आदि) क्लाउड कम्प्युटिङको एक उदाहरण हो। क्लाउड कम्प्युटिङ सेवा दिने कम्पनीहरूले शुल्क लिएर सेवाग्राहीलाई धेरै स्टोरेज र एप्लिकेसन दिने गर्छन्। एफवान सफ्ट इन्टरनेसनलका निर्देशक सुवास शर्माकाअनुसार कम्पनीहरूले कार्यस्थलमा हार्डवेयर, नेटवर्किङ, सफ्टवेयर, एप्लिकेसन, सर्भर, स्टोरेजहरूको भारी थुपारेर लागत बढाउनुभन्दा क्लाउड सेवाप्रदायकसँग ती सेवाहरू भाडामा लिएर आफ्ना कामलाई चुस्त दुरुस्त बनाउन थालेका छन्।
सरकारले वेबसाइट बनाएर तथ्यांक भण्डार गर्न र लेखाप्रणाली राख्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ। यसले विपद्बाट हुने क्षति पनि कम गराउँछ। संघीय सरकारले स्थानीय तहका विवरणहरू राख्न बनाइदिएको वेबसाइट क्लाउड सेवाको अर्को उदाहरण हो।
क्लाउड कम्प्युटिङ इन्टरनेटमा आधारित प्रक्रिया अथवा कम्प्युटर एप्लिकेसन (सर्भर, स्टोरेज र एप्लिकेसनजस्ता विभिन्न सेवाहरू)को प्रयोग विभिन्न संगठन वा कम्पनीका कम्प्युटर र उपकरणका माध्यमबाट गरिन्छ। प्रयोगकर्ताको मागको आधारमा एकीकृत गरिएको हार्डवेयर, नेटवर्क, स्टोरेज सेवा र इन्टरफेस (कम्प्युटरमा देखिने आइकन)को सेट उपलब्ध गराउनुु क्लाउड कम्प्युटिङ सेवा हो।
यसलाई तथ्यांक भण्डारण र प्रयोग गर्ने प्रक्रियाका रूपमा पनि लिइन्छ। कम्प्युटिङ स्रोतहरू स्टोरेज, प्रोसेसिङ, मेमेरी र नेटवर्क ब्यान्डविथजस्ता सेवाहरू उपभोक्तासमक्ष पुर्याउन मल्टिटेनेन्सी (एक सफ्टवेयरमार्फत धेरै ग्राहकहरूलाई सेवा प्रयोग गर्ने) विधिको उपयोग गरिन्छ। ग्राहकको मागअनुुसार विभिन्न भौतिक तथा अभौतिक स्रोतहरूसँग गतिशील रूपमा नियुक्ति र पुनर्नियुक्ति गर्ने गरिन्छ।
एसएमहरूको व्यावसायिक वातावरण सुधार गर्न, अझ कार्यदक्षता विकास गर्न र उत्पादक बनाउन हाइब्रिड पूर्वाधार प्रयोग गर्नु तुलनात्मक रूपमा लाभदायक हुुन्छ। ठूला कम्पनकीको तथ्यांकको गोपनीयता र संवेदनशीलताका कारण विदेशी क्लाउड सेवा लिन नमिल्ने किसिमको हुन्छ।
क्लाउड कम्प्युटिङको आधारभूत वितरण प्रारूपलाई क्लाउड पूर्वाधार भनिन्छ। क्लाउड पूर्वाधार निजी, सामुदायिक र साझा हुन्छन्। धेरै ग्राहक भएका एकल कम्पनीले मात्र प्रयोग गर्नेलाई निजी क्लाउड, उद्देश्य, रणनीति, सुरक्षा आवश्यकता, नीति र नियम परिपालनामा सक्रिय संगठनका प्रयोगकर्ताहरूले प्रयोग गर्नेलाई सामुदायिक र सर्वसाधारणलाई खुला गरिएको सार्वजनिक वा साझा क्लाउड पूर्वाधार हो।
सार्वजनिक क्लाउड सरकारी निकाय, प्राज्ञिक, व्यवसायबाट व्यवस्थापन, स्वामित्व र सञ्चालन भएको हुन सक्छ। निजी, सामुदायिक वा सार्वजनिक क्लाउड पूर्वाधारको सामूहिक रूप अथवा दुई वा भन्दा बढी फरक क्लाउडको सामूहिक रूपलाई हाइब्रिड पूर्वाधारको रूपमा लिने गरिन्छ। हाइब्रिड पूर्वाधार साना तथा मझौला उद्योग (एसएमइज) का लागि बढी लाभदायक मानिन्छ।
एसएमहरूको व्यावसायिक वातावरण सुधार गर्न, अझ कार्यदक्षता विकास गर्न र उत्पादक बनाउन हाइब्रिड पूर्वाधार प्रयोग गर्नु तुलनात्मक रूपमा लाभदायक हुन्छ। ठूला कम्पनकीको तथ्यांकको गोपनीयता र संवेदनशीलताका कारण विदेशी क्लाउड सेवा लिन नमिल्ने किसिमको हुन्छ।
सुबिसुका अध्यक्ष सुधीर पराजुली नयाँ कम्पनीले आफ्नै सफ्टवेयर तयार गर्नुभन्दा क्लाउड कम्प्युटिङ सेवा प्रयोग गर्नु बढी मितव्ययी र लाभदायक हुने भएको बताउँछन्। ‘ठूलो पुँजीको लगानी नगरिकन अझ उत्पादक, दक्ष र प्रतिस्पर्धी बन्न क्लाउड कम्प्युटिङले सहयोग गर्छ,’ पराजुलीले क्यापिटल बिजनेस म्यागजिनसँग भने, ‘व्यवसायहरूको आकार (एसएमई र ठूला) वर्गीकरण गरी न्यूनतम खर्चमा अधिकतम लाभ हासिल गर्न सक्छन्।’
मन्दीको सामना गरिरहेका धेरै मुलुकले अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको एसएमईलाई क्लाउडको प्रयोगलाई प्रवर्द्धन गर्ने गरेको पाइन्छ। क्लाउड कम्प्युटिङको प्रयोग एसएमईका लागि लागत प्रभावी र लाभदायी मात्र होइन क्लाउड प्रदायकलाई पनि नाफा दिन्छ दिन्छ।
आर्थिक दृष्टिकोणबाट क्लाउड कम्प्युटिङ एउटा अत्यावश्यक व्यावसायिक प्रारूप हो। क्लाउड कम्प्युटिङले कम्पनीहरूलाई विकास गर्न, लागत घटाउन, धेरै रोजगारीका अवसर सिर्जना गरी चुनौतीहरूको सामना गर्दै प्रतिस्पर्धी वातावरण निर्माण गर्न सहयोग गर्छ। सबै जनाले आ–आफ्नो सफ्टवेयर बनाउने, सर्भर राख्ने हो भने पूर्वाधार निर्माणदेखि जनशक्ति व्यवस्थापनमा पनि ठूलो खर्च गर्नुपर्ने हुन्छ। यो सम्पूर्ण झन्झटलाई हटाउन तथ्यांक केन्द्र (डाटा सेन्टर)को परिकल्पना गरिएको र त्यसको एक स्वरूप क्लाउड कम्प्युटिङ हो।
‘प्रविधि व्यवसायमा एकदमै जोखिम हुन्छ। आजको हार्डवेयर चार वर्षपछि काम लाग्दैन। यो भनेको हार्डवेयर माथिको लगानी कम्पनीका लागि जहिले बोझ (बर्डन) भइरहन्छ’, शर्मा भन्छन्, ‘त्यही भएर पछिल्लो समय विश्व क्लाउड कम्प्युटिङको अवधारणामा चलेको छ र नेपाल पनि त्यसमा अग्रसर हुँदै गएको छ। यहाँ सर्भरहरू एउटै कम्पनीले व्यवस्थापन गर्ने हुनाले सफ्टवेयरदेखि हार्डवयेर सबै भाडामा लिएर काम गर्न सकिन्छ।’
क्लाउड कम्प्युटिङकै कारण माइक्रोसफ्ट, अमेजन, गुगल, अलिबाबाजस्ता ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू हार्डवेयर बनाउन र मर्मत गर्ने काममा व्यस्त देखिन थालेका छन्। क्लाउड कम्प्युटिङले व्यवसाय गर्नेहरूलाई हार्डवेयर मर्मतको झन्झटबाट पनि मुक्त गर्दै लगेको छ।
नेपालको सन्दर्भमा डिजिटल वालेट, बैंक, सरकारी निकायले सफ्टवेयर चलाउनु पर्यो भने हार्डवेयरमा लगानी गर्नुपर्छ। सामान्यतया व्यवसायीले आफूसँग आज भएको ग्राहक र भविष्यको अनुमान गरेर हार्डवेयरमाथि लगानी गरेको हुन्छ। जस्तो कुनै कम्पनीमा १ लाख ग्राहक छन्। वार्षिक २० प्रतिशत बिन्दुले ग्राहक थपिने अनुमान गरेर ५ वर्षमा २ लाख ग्राहक हुन्छन् भन्ने आधारमा हार्डवेयर व्यवस्थापन गरिएको हुन्छ।
तर, कुनै बेला ग्राहक संख्या ह्वात्तै बढे भने कम्पनी अप्ठ्यारोमा पर्छ। कोभिडका बेला बैंकबाट ह्वात्तै डिजिटल कारोबार बढ्यो। त्यस्तै स्थिति सेयर कारोबारमा पनि भयो। अकारण वा घट्ना विशेषले ग्राहक ह्वात्तै बढ्छन् भन्ने अनुमान गरिएको हुँदैन र पूर्वाधारमा त्यही किसिमले लगानी गरिएको पनि हुँदैन। कोभिडका बेला नेप्सेको प्रणाली डाउन भएजस्तै वित्तीय संस्थाका एटीएम काउन्टरहरू डाउन भए। त्यस्तै अवस्था दसैं–तिहार जस्ता ठूला चाडबाड र असार, असोज, पुस, चैत मसान्त अर्थात् त्रैमास अन्त्यमा पनि डिजिटल कारोबार व्यापक हुन्छ।
शर्माका अनुसार रातारात सर्भर ल्याउन सकिन्न र महँगो भयो भनेर दुई दिन सर्भर बन्द गर्न पनि सकिन्न। तर, आवश्यकता बढिसकेको हुन्छ। सानोबाट व्यवसाय सुरु गर्ने गरी द्रुत गतिमा विस्तार गर्ने सोचमा रहेकाहरूलाई क्लाउड कम्प्युटिङ सेवा लाभदायक मात्र होइन अनिवार्य जस्तै देखिन्छ।
औसतमा सर्भर व्यवस्थापन गर्ने कि एक/दुई दिनको चाप हेरेर (सीमित अवसरमा दशौं गुणा ग्राहक बढ्छन् भनेर) सर्भर व्यवस्थापन गर्न ठूलो लगानी गर्ने भन्ने छनोट गर्ने अवसर क्लाउड कम्प्युटिङ सेवाले दिएको छ। दुई दिनका लागि हार्डवेयर थप्नुपर्छ भनेर ठूलो लगानी गरी त्यसको भार वर्षौंसम्म खेप्नु लाभदायक हुँदैन।
एकदमै उच्च र अप्रत्यासित वृद्धि हुने प्रकृतिका व्यवसाय गर्नेहरूलाई क्लाउड कम्प्युटिङ एकदमै उपयोगी हुन्छ। ट्राफिक अस्वाभाविक रूपमा बढ्ने, घट्ने वा औसतमा चल्ने कम्पनीले गर्ने हार्डवेयरमाथिको लगानी कम्पनीका लागि आर्थिक बोझ हो।
सिल्भर लाइनका सञ्चालक मंगेशलाल प्रधानकाअनुसार आफ्नो उपयोगिताअनुसार ‘पिक आवर’का लागि थप हार्डवेयर लिने र आवश्यकता नभएका बेला छाड्न पनि सकिन्छ। जब कारोबारहरू उपभोक्तामा आधारित भएर बढ्न थाल्छ, तब आफूसँग भएको प्रविधिले काम गर्न सक्दैन र तत्कालै थप लगानी गरेर अघि बढ्न अप्ठ्यारो हुने समयलाई क्लाउड कम्प्युटिङका माध्यमबाट व्यवस्थापन गर्न सकिन्छ।
केही वर्ष अघिसम्म आफ्नो हार्डवेयर डाटा सेन्टरमा राखिन्यो। सर्भर र हार्डवेयर डाटा सेन्टरमा राखेर सफ्टवेयरमार्फत कार्यालयमा काम गर्ने प्रचलन विस्तारै सुधार हुँदै गएर सर्भर र हार्डवेयर नै ‘आउटसोर्स’ हुन थालिसकेको छ। अहिले सर्भर र हार्डवेयर प्रयोग गरेका आधारमा पैसा तिर्ने अवधारणामा मुलुक अघि बढेको छ। पहिले आफ्नो हार्डवेयरको ठाउँमा अहिले भाडामा हार्डवेयर चलाउन थालिएको छ। क्लाउड कम्प्युटिङको फाइदा भनेकै चाहिएको जति र चाहिएको बेलासम्म मात्र सेवा लिन सकिन्छ।
सिल्भर लाइनका सञ्चालक मंगेशलाल प्रधानकाअनुसार आफ्नो उपयोगिताअनुसार ‘पिक आवर’का लागि थप हार्डवेयर लिने र आवश्यकता नभएका बेला छाड्न पनि सकिन्छ। जब कारोबारहरू उपभोक्तामा आधारित भएर बढ्न थाल्छ, तब आफूसँग भएको प्रविधिले काम गर्न सक्दैन र तत्कालै थप लगानी गरेर अघि बढ्न अप्ठ्यारो हुने समयलाई क्लाउड कम्प्युटिङका माध्यमबाट व्यवस्थापन गर्न सकिन्छ।
सुबिसुका निर्देशक दीपक श्रेष्ठ नेपालमा नगदहित कारोबारले विस्तारै विस्तारै उग्र रूप लिँदै गएकाले नेपाल पनि क्लाउड कम्प्युटिङतिर नगई धर नपाइने बताउँछन्। नेपालमा हाल क्लाउडका बारेमा खासै चर्चा हुने गरेको छैन तर, कम्पनीहरूलाई विस्तार गरी मापयोग्य बनाइ विश्वभर पुर्याउन क्लाउडको विकल्प छैन।
अहिले वित्तीय संस्थाको कतिपय जनशक्तिको ७० प्रतिशत समय सर्भर अन भयो वा भएन भनेर हेर्नमै खर्च हुने गरेको छ। अन्य क्षेत्रमा लाग्नुपर्ने दक्ष जनशक्ति सर्भरमा अल्झिएर बस्नुपर्ने बाध्यता हटाउन क्लाउड कम्प्युटिङले सहयोग गरिरहेको क्लाउड सेवा दिने कम्पनीहरूको विश्वास छ।
अमेजनभन्दा धेरैले नेपालमा ‘प्याकेज डेलिभरि’ गर्ने ‘ई–कमर्स’ अमेजन बुझ्छ। तर, सयौं खर्ब डलरको अमेजन कम्पनीको एउटा सानो व्यापारिक युनिट मात्र हो, अमेजन ई–कमर्स। जसको ४ सय अर्ब डलरको सम्पत्ति छ। नेपालका करिब ३० प्रतिशत डिजिटल्ली सक्षम व्यवसायीहरू (बैंक तथा वित्तीय संस्था, समाचार पोर्टल तथा फिनटेक कम्पनी) अहिले अमेजन क्लाउडको सेवा लिइरहेका छन्।
पब्लिक र प्राइभेट क्लाउडको अवधारणा
पब्लिक क्लाउड भनेको जसले पनि त्यहाँ गएर सर्भर र हार्डवेयर किन्न सक्छ। यसमा निश्चित पैसा तिरेर सेवा लिन सकिन्छ। तर, प्राइभेट क्लाउडमा आफूलाई चाहिने सम्पूर्ण सुविधा त्यहीँबाट लिने हो।
केही समयअघिसम्म आफ्नै हार्डवेयर किन्ने र विशेष समय (एक दिनको चाप व्यवस्थापन गर्न)का लागि पनि वर्षभरि नै हार्डवेयर व्यवस्थापन गर्ने परिपाटी थियो। तर, प्राइभेट क्लाउडको अवधारणा आइसके पछि एकै ठाउँमा ठूलो सर्भर राख्ने र आफू अन्तर्गतका कम्पनीलाई चाहिएजति हार्डवेयर र सर्भरको सुविधा दिन सुरु भइसकेको छ।
हार्डवेयर भाडामा लिएको भए पनि कसरी चलाउने सम्बन्धित व्यक्ति/कम्पनीमै निर्भर हुन्छ। तर, कथमकदाचित सर्भर उड्यो भने क्लाउडले जिम्मेवारी लिँदैन। क्लाउडले चाहिने सम्पूर्ण सुविधा दिन्छ तर, कसरी चलाउँछ भन्ने विषय क्लाउडको चासोमा पर्दैन। शर्माकाअनुसार आफ्नै गल्तीले वा ह्याकरले पनि उडाउन सक्छ।
त्यति मात्रै होइन, एउटा कम्पनीलाई नचाहिएको समयमा सर्भर अर्को कम्पनीलाई दिन थालिएको छ। यद्यपि प्राइभेट क्लाउडले आफ्ना व्यावसायिक संस्थाबाहेक अन्यलाई अर्काको सर्भर सुविधा बिक्री गर्दैन।
क्लाउडमा जाने/नजाने बहस
सर्भर तथ्यांक (डाटा) बस्ने ठाउँ हो। आफंैले व्यवस्थापन गरेको सर्भरमा कम्पनीको सम्पूर्ण तथ्यांक कहाँ छ भन्ने थाहा हुन्छ। तर, क्लाउडमा कसरी राखिदिएको छ भन्ने थाहा हुँदैन।
‘चाहेको तथ्यांक भनेको समयमा पाइने र आफूअनुकूल चलाउन पाइए पनि क्लाउड आफ्नो नियन्त्रणमा हुँदैन। तर, तथ्यांकको सुरक्षा क्लाउड कम्प्युटिङ चलाउनेकोमा हुन्छ’, एफ वान सफ्टका निर्देशक शर्मा भन्छन्, ‘क्लाउडले तथ्यांकको जिम्मेवारी लिँदैन। आफ्ना लागि आवश्यक क्षमताको प्रोसेसर, र्याम्प छानेर सर्भर आफैंले बनाउने हो। आफूले जति मागेको छ, क्लाउड कम्प्युटिङवालाले त्यति नै दिन्छ।’
हार्डवेयर भाडामा लिएको भए पनि कसरी चलाउने सम्बन्धित व्यक्ति/कम्पनीमै निर्भर हुन्छ। तर, कथमकदाचित सर्भर उड्यो भने क्लाउडले जिम्मेवारी लिँदैन। क्लाउडले चाहिने सम्पूर्ण सुविधा दिन्छ तर, कसरी चलाउँछ भन्ने विषय क्लाउडको चासोमा पर्दैन। शर्माकाअनुसार आफ्नै गल्तीले वा ह्याकरले पनि उडाउन सक्छ।
त्यही भएर क्लाउड कति सुरक्षित छ भन्ने बारेमा पनि बहस चलिरहेकै छ। आफ्नै घरमा भएको सर्भरबाट पनि डाटा उड्न सक्छ। त्यसका लागि हरेक समय डाटा सुरक्षाका लागि वैकल्पिक उपाय अवलम्बन गर्नुपर्छ र त्यसको जिम्मेवारी प्रयोगकर्ता स्वयम्को हो। त्यसैले क्लाउड आफंैमा राम्रो÷नराम्रो वा सुरक्षित/असुरक्षित भन्ने हुँदैन।
नेपालमा क्लाउड व्यापार र व्यावसायिक सम्भावना
कुनै व्यवसाय हार्डवेयर धेरै व्यवस्थापन गर्नु नपर्ने प्रकृतिका हुन्छन्। एउटा सर्भरले १० वर्ष चल्छ भन्नेहरूलाई क्लाउडको आवश्यकता नपर्न सक्छ। एक पटक एउटा क्षमता आंकलन गरेर हालेको सर्भर कति पटक थप्ने भन्ने प्रश्न पनि उब्जिन्छ। अहिले बैंकहरूले आफ्नै सर्भर प्रयोग गरिरहेका छन्। डिजिटल कारोबार २ सय प्रतिशतले वृद्धि भयो भने अहिलेको क्षमताले भ्याउँदैन।
अहिले संसारभर ‘चिप’को ठूलो अभाव छ। त्यसैले आवश्यकता हुने सर्भर पाउन नसकिने स्थिति छ। अहिले सर्भर मगाइयो भने ६ महिनासम्म पनि आपूर्ति नहुन सक्छ। लामो समयसम्म व्यवसाय विस्तार रोक्ने कुरा पनि हुँदैन। तर, क्लाउडमा गयो भने सर्भर नपाउने समस्याबाट मुक्ति मिल्छ भन्ने क्लाउड सञ्चालकहरूको दाबी छ। नेपालका लागि क्लाउड कम्प्युटिङ सेवा प्रभावकारी हुन सक्छ।
अहिले बैंक तथा वित्तीय संस्थाले क्लाउड चलाउन पाउनुपर्ने माग गरिरहेका छन्। भाडा तिरेर क्लाउड सेवा लिँदा सर्भरमा हुने बैंकहरूको ठूलो पुँजी लगानी जोगिने तर्क बैंकरहरूको छ। तर, केन्द्रीय बैंकले अनुुमति दिइसकेको छैन र तथ्यांकको सुरक्षालाई लिएर प्रश्न गरिरहेको छ। ‘भविष्य क्लाउडकै हो,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने, ‘हाम्रो तथ्यांक कहाँ बसिरहेको छ ? केन्द्रीय बैंकले तथ्यांक नेपालमै हुनुपर्छ भनिरहेको छ।’
नेपालमा क्लाउड व्यवसायमा १ अर्ब हाराहारी लगानी भएको अनुमान छ। तर, कतिको कारोबार हुन्छ भन्ने कुनै आकलन गरिएको पाइँदैन। औसतमा एउटा कम्पनीले क्लाउडमा २५ करोड रुपैयाँ हाराहारी लगानी गरेको सम्बद्ध व्यवसायीहरूको भनाइ छ। भारतले अहिले आइसिटी सेवा निर्यात गर्छ। भारतमा सिलिकन भ्यालीका सबैजसो कम्पनी छन्। टाटा, इन्फोसिसले भारतमा लाखौं कर्मचारी राखेर काम गरिरहेका छन्।
सिल्भर लाइनको नामबाट क्लाउड कम्प्युटिङको व्यवसाय सुरु गरेको मर्कन्टाइल ग्रुपले फिनाकल चलाउने सबै कम्पनीलाई सेवा उपलब्ध गराइरहेको छ। त्यसैगरी सुबिसु, क्लाउड हिमालय, एक्सेस वल्र्ड, डेटा हबले क्लाउड सेवा दिइरहेका छन्। पछिल्लो समय नेपालमा क्लाउडतर्फ कम्पनीहरूको आकर्षण विस्तारै बढ्दै गएको छ।
अहिले बैंक तथा वित्तीय संस्थाले क्लाउड चलाउन पाउनुपर्ने माग गरिरहेका छन्। भाडा तिरेर क्लाउड सेवा लिँदा सर्भरमा हुने बैंकहरूको ठूलो पुँजी लगानी जोगिने तर्क बैंकरहरूको छ। तर, केन्द्रीय बैंकले अनुुमति दिइसकेको छैन र तथ्यांकको सुरक्षालाई लिएर प्रश्न गरिरहेको छ। ‘भविष्य क्लाउडकै हो,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने, ‘हाम्रो तथ्यांक कहाँ बसिरहेको छ ? केन्द्रीय बैंकले तथ्यांक नेपालमै हुनुपर्छ भनिरहेको छ।’
क्लाउड कम्प्युटिङका लागि ‘सुपर कम्प्युटर’ आवश्यक हुन्छ। क्लाउड कम्प्युटिङकै लागि क्लाउड हिमालय, एक्सेस क्लाउड, सिनर्जेटिकजस्ता कम्पनी खुलिसकेका छन् । बैंक, सरकारका विभिन्न विभाग, सरकारी तथा गैरसरकारी संस्थाहरू (एनजिओ तथा आइएनजिओ)का लागि सुपर कम्प्युटर आवश्यकताको विषय बनिसकेको छ ।
एनआइसी एसियाले सिल्भर लाइनमा आफ्नो सम्पूर्ण सर्भर राखेर काम गरिरहेको छ। एनआइसीले हार्डवेयर व्यवस्थापन गर्दैन। फिनाकल सर्भर किनेर बिनाअवरोध चलाइरहेको एनआइसीको हार्डवेयर भने सिल्भर लाइनले व्यवस्थापन गरेको छ। क्लाउड सञ्चालकले चाहिएको जति सफ्टवेयर तथा हार्डवेयर उपलब्ध गराउँछ। फिनाकलका लागि नेपालको आधिकारिक वितरक मंगेशलाल प्रधानको स्वामित्वमा रहेको कास्ट ट्रेडिङ हो।
क्लाउड कम्प्युटिङका लागि ‘सुपर कम्प्युटर’ आवश्यक हुन्छ। क्लाउड कम्प्युटिङकै लागि क्लाउड हिमालय, एक्सेस क्लाउड, सिनर्जेटिकजस्ता कम्पनी खुलिसकेका छन् । बैंक, सरकारका विभिन्न विभाग, सरकारी तथा गैरसरकारी संस्थाहरू (एनजिओ तथा आइएनजिओ)का लागि सुपर कम्प्युटर आवश्यकताको विषय बनिसकेको छ ।
नापी विभागको डाटाबाट ‘थ्रिडी इमेज’ निकाल्न सामान्य कम्प्युटरबाट निकै समय लाग्छ। त्यसका लागि एचपिसी आवश्यक हुन्छ । त्यस्तै स्थिति अन्य निकायको पनि छ।
नेपालको निजी क्षेत्रमा टुटलसँग धेरै डाटा रहेको अनुमान छ । कुन यात्रु कहाँबाट चढ्यो, कहाँ झर्यो भन्ने डाटा टुटलले संकलन गरेको तथ्यांकलाई प्रशोधन गरी नतिजा हेर्नुपरे सामान्य कम्प्युटरबाट सजिलो छैन। एचपिसी प्रयोग गर्न सकिएको खण्डमा ठूला तथ्यांक (बिग डाटा) प्रशोधन गर्न नेपालमै सम्भव छ।