नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य ११ वर्षको उमेरदेखि नै हस्तकलामा रुचि राखेर यस व्यवसायमा जोडिएका व्यक्ति हुन् । उनको पारिवारिक पृष्ठभूमि पनि यही क्षेत्रसँग सम्बन्धित रहेकाले उनले आफ्नो बुबाले गर्दै आएको व्यवसायमा सघाउने काम सानै उमेरदेखि गर्न थाले । २०५१ सालमा चित्र तथा मूर्तिकला प्रशिक्षण व्यवस्थापन समितिले गरेको प्रशिक्षणमा विद्यार्थीका रूपमा प्रशिक्षण लिएका शाक्य २०६१ सालमा सो प्रशिक्षण केन्द्र बन्द गर्नुपर्ने अवस्था आएपछि आफैंले स्थापना गरेर सञ्चालन गरे । २०६३ सालमा नेपाल ट्रेनिङडिसनल हस्तकला ट्रेनिङ सेन्टर नामक प्रशिक्षण केन्द्र स्थापना गरेर पेन्टिङ, मूर्तिकला, बुट्टा कुंँद्ने ट्रेनिङहरू उनले लामो समय सञ्चालन गरे ।
सन् २०१२ मा सूर्य नेपाल आशा सोसल अवार्डको साथै अन्य विभिन्न अवार्डहरू जितेका शाक्य २०५८ सालमा हस्तकला महासंघको व्यक्तिगत सदस्यता लिए । त्यसपछि २०६५ सालमा महासंघको कार्यसमितिमा स्थान बनाएका उनले दुई कार्यकाल कार्यसमितिमा बिताए । त्यसपछि उपाध्यक्षयमा एक कार्यकाल, वरिष्ठ उपाध्यक्षमा एक कार्यकाल बिताएका थिए । हाल शाक्य महासंघको अध्यक्ष पदमा रहेर काम गरिरहेका छन् ।
गत चैत ४ गते सम्पन्न ४६औं वार्षिक साधारणसभाबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए । नेपाली उत्पादन बढाएर निर्यात वृद्धिलगायतका विभिन्न विषयमा हाल चर्चा हुने गरेको छ । यसै सन्दर्भमा हस्तकलालाई विस्तार गर्न सकेमा नेपाललाई फाइदा पुग्ने देखिन्छ । यही सन्दर्भमा महासंघका अध्यक्ष शाक्यसँग क्यापिटल नेपालका लागि पदम भुजेलले हस्तकला व्यवसायको अवस्था, चुनौती, महासंघको भूमिका र वर्तमान अवस्थाका बारेमा गरेको कुराकानीको सारः
हस्तकला महासंघको अध्यक्षमा निर्वाचित भएको ९ महिना पूरा भएको छ । यो अवधिमा नेतृत्व तहमा रहेर हस्तकला व्यवसायको प्रवर्द्धन र विकास गर्न के–कस्ता कामहरू गर्नुभयो ?
हाम्रो ४६औं वार्षिक साधारणसभा पुसमा हुनुपर्ने थियो । तर, कोरोना महामारीको कारणले गर्दा चैत ४ गते सम्पन्न भयो । साधारणसभा सम्पन्न भएपछि पनि कोरोना महामारीले हामीलाई सोचेअनुरूपको काम गर्न दिएन । मैले नेतृत्व सम्हालेको ९ महिनाको अवधिमा नै स्थानीय तहकोदेखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले पनि अलिकति असर गर्यो । म नेतृत्वमा आएपछि हस्तकला क्षेत्रलाई सरकारको प्राथमिकता दिलाउने मेरो प्रमुख योजना थियो ।
यही दौरानमा मैले यसलाई सबैभन्दा बढी प्राथमिकतामा राखेर काम गरे । हुनतः २०७५ सालमा नै हामीले हस्तकला नीतिका लागि भनेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रतिवेदन बुझाएका थियौं । तर, राजनीतिक अस्थिरताका कारण यो अगाडि बढ्न सकेन । हामी कहिले मन्त्रीलाई, कहिले सचिवलाई सुझाव बुझाउन जाने काममा लामो समय बित्यो । यो अवस्थामा केन्द्रीय तहबाट गर्न कठिन भएकाले हामीले बागमती प्रदेश सरकारबाट पनि प्रयास गर्यौं । फलस्वरूप बागमती प्रदेश सरकारबाट हस्तकला ग्राम नीति अध्यादेश जारी गरायौं ।
त्यसपछि हामीले हाम्रो हस्तकला क्षेत्रलाई एकेडेमिकमा पनि लानुपर्छ भन्ने धारणामा काम गर्यौं । हाम्रो हस्तकला क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा पनि परिचित छ । विदेशमा बस्ने विभिन्न विद्वानहरू र अनुसन्धानकर्ताहरू यसको अध्ययनका लागि नेपाल आउने गर्छन्, यसैका लागि पनि हामीले मेरै नेतृत्वमा बागमती प्रदेश सरकारमा हस्तकलासम्बन्धी छुट्टै विश्वविद्यालय बनाउने नीति पनि पास भयो । जुन स्वीकृत भइसकेको छ । हस्तकला महासंघले हस्तकलाका ४२ विद्या भनेर समेटेको विद्यालाई कोर्सका रूपमा तयार गरेर नेपाली युवा–युवतीहरूले सिक्न पाउन र सिकेपछि उद्यमी पनि बनुन् भन्ने नीतिमा रहेर हामीले काम गर्यौं ।
अहिलेको अवस्थामा हाम्रो महिला दिदीबहिनीहरूले वस्तुहरू बनाउने काम पर्याप्त मात्रामा गर्दै आइरहनु भएको छ । उहाँहरूले वस्तु बनाएर अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीयता पुग्छ÷पुग्दैन भन्ने विषय धेरै गाह्रो छ । उहाँहरूलाई यो भन्न र बुझ्न पनि कठिन छ । त्यही कारणले गर्दा हामीले मेला गरेपछि त्यो माध्यमबाट उहाँहरूलाई गुणस्तरीयता पनि बुझाइदिने काम गरिरहेका छौं । कतिपय दिदीबहिनीले बनाएको वस्तुको गुणस्तर पुग्यो कि पुग्दैन भन्ने कुरा उहाँहरूले नै महोत्सवमा हेरेर थाहा पाउन सक्नुहुन्छ ।
विदेशबाट आउने व्यक्तिहरूले आधिकारिक र यस व्यवसायका बारेमा जानेको व्यक्तिबाट जानकारी लिएर निचोड निकाल्न सकून् भनेर यो नीतिमा हामीले काम गरेका हौं । हाम्रो हस्तकला व्यापार मेला २७ गतेमात्र सकिएको हुनाले हामीले निर्यातका लागि बजारीकरण गरिरहेका छौं । योजनाअनुरूप हामीले विभिन्न ग्रामीण भेगमा रहेका महिला दिदीबहिनीलाई समेटेर उहाँहरूलाई पनि प्रशिक्षण दिएर उहाँहरूको वस्तुलाई पनि प्रोत्साहन स्वरूप भाटभटेनी महिला मेला ठाउँ–ठाउँमा गर्ने योजना बनाएका छौं । साथै अन्तर्राष्ट्रिय स्तरमा पनि यसलाई लगेर मेला महोत्सव गर्ने योजना हाम्रो छ ।
मेला महोत्सवको कुरा आइहाल्यो ! नेपालमा तपाईंहरूले गर्दै आएको मेला महोत्सव कत्तिको प्रभावकारी भएका छन् ? मेला महोत्सवले व्यापार बढाउन कत्तिको महत्वपूर्ण भूमिका खेलेको छ ?
अहिलेको अवस्थामा हाम्रो महिला दिदीबहिनीहरूले वस्तुहरू बनाउने काम पर्याप्त मात्रामा गर्दै आइरहनु भएको छ । उहाँहरूले वस्तु बनाएर अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीयता पुग्छ/पुग्दैन भन्ने विषय धेरै गाह्रो छ । उहाँहरूलाई यो भन्न र बुझ्न पनि कठिन छ । त्यही कारणले गर्दा हामीले मेला गरेपछि त्यो माध्यमबाट उहाँहरूलाई गुणस्तरीयता पनि बुझाइदिने काम गरिरहेका छौं । कतिपय दिदीबहिनीले बनाएको वस्तुको गुणस्तर पुग्यो कि पुग्दैन भन्ने कुरा उहाँहरूले नै महोत्सवमा हेरेर थाहा पाउन सक्नुहुन्छ ।
यो गुणस्तरीयता र अन्य विभिन्ने प्रकारका वस्तुहरूका बारेमा उहाँहरूलाई बुझाउन पनि मेला महोत्सव महत्वपूर्ण हुन्छ । यसलाई हेरेर उहाँहरूले गुणस्तर नपुगेकालाई सुधार गर्ने र गुणस्तर पुगेपछि अन्तर्राष्ट्रिय बजारमा पुर्याउने काम हाम्रो योजना छ । हुनत हाम्रो महासंघमा हस्तकला डिजाइन तथा विकास केन्द्र भनेर छुट्टै विभाग पनि छ । जसले डिजाइनसँग सम्बन्धित काम गर्छ । वस्तुको विकास गर्न, गुणस्तरीय सामग्री बनाउन, यसका लागि पनि हामीले छुट्टै नीति बनाएर काम गर्ने योजना राखेका छौं । यसरी मेला महोत्सवले व्यापार बढाउन मात्र नभएर माथि उल्लेखित कुराहरूमा पनि फाइदा पुर्याउँछ ।
हाम्रो मुलुकमा बेरोजगारी, युवा जनशक्ति बाहिरिने ठूलो समस्या छ । हस्तकलासम्बन्धी तालिम दिएर, सीप सिकाएर ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सकिने सम्भावना देखिन्छ । तर, यसो हुन सकेको छैन, यसलाई के कुराले रोकेको छ ?
हुनतः हाम्रो मेलालाई स्थानीय सरकारले पनि प्राथमिकताका रूपमा राख्नुपर्ने देखिन्छ । नेपालमा प्राकृतिक स्रोत र साधन पर्याप्त मात्रामा रहेको छ । जुन स्रोत र साधनहरू त्यसै नष्ट भएर गइरहेको छ । त्यो कुरालाई ध्यानमा राखेर हामीले स्थानीय सरकारलाई प्राकृतिक स्रोतहरूलाई पहिचान गराएर, त्यसबारे प्रशिक्षण गराउन सके राम्रो हुने कुरा बताइरहेका छौं । यो एकदमै राम्रो विषय पनि रहेको छ । हाम्रो स्थानीय स्तरमा पाइने र बनाइने वस्तुहरू विदेशीहरूले एकदमै मनपराउने गरिएको छ ।
यसैअनुरूप हामीले यस्तो व्यवसाय पहिचान गरेर रोजगारी पाउने र आर्थिक उपार्जन गर्ने अवसर प्राप्त गर्ने छौं । हाल हामीले हेर्दा हस्तकला क्षेत्रमा एकदमै ठूलो सम्भावना छ । यसमा जनशक्तिको एकदमै अभाव छ । अहिलेका युवाहरूलाई नेपालमै स्वरोजगारमार्फत केन्द्रित गर्नुपर्छ भनेर सरकारको ध्यानाकर्षण गराएका छौं । त्यो केन्द्रित भयो भने नेपाल रेमिट्यान्समा भर नै पर्नुपर्दैन । हुनतः उहाँहरूले दुई वर्ष तीन वर्षका लागि लगानी पक्का गर्नुपर्छ, त्यसपछि नेपालमा नै यसको बजार एकदम ठूलो मात्रामा रहेको छ ।
हाम्रा वस्तुहरू गुणात्मक र अरूभन्दा फरकपनयुक्त छन् । तर, हस्तकलाका वस्तुहरूको निर्यात बढाउन हामीले अझै सकेका छैनौं । निर्यात बढाउन नसक्नुको कारण के हो ?
निर्यात बढाउन निर्यात गृह बनाउनुपर्छ भनेर हामीले माग गरिरहेका छौं । अहिले उद्यमी साथीहरूले जति पनि निर्यात गरिरहनु भएको छ, उहाँहरूले ‘एल्लो पेपर’को आधारमा इन्सेन्टिभ पाउने अवस्था हुन्छ । बाहिरी देशहरू भारत, बंगलादेश लगायतमा डकुमेन्ट बाहिर पठाएर वस्तु बाहिर जानसाथ यसको इन्सेन्टिभ आउँछ । जुन नेपालमा पनि यो प्रणाली लागू गर्नुपर्ने देखिन्छ । हाम्रोमा ६/६ महिनामा एकपटक भराउने काम हुन्छ । यसो गर्दा बिर्सिसकेको अवस्था पनि हुन्छ, जुन एकदमै गाह्रो छ भनेर हामीले अर्थ मन्त्रालय, उद्योग तथा वाणिज्य मन्त्रालयमा पहल गरिरहेका छौं ।
हाल हामीले हेर्दा हस्तकला क्षेत्रमा एकदमै ठूलो सम्भावना छ । यसमा जनशक्तिको एकदमै अभाव छ । अहिलेका युवाहरूलाई नेपालमै स्वरोजगारमार्फत केन्द्रित गर्नुपर्छ भनेर सरकारको ध्यानाकर्षण गराएका छौं । त्यो केन्द्रित भयो भने नेपाल रेमिट्यान्समा भर नै पर्नुपर्दैन । हुनतः उहाँहरूले दुई वर्ष तीन वर्षका लागि लगानी पक्का गर्नुपर्छ, त्यसपछि नेपालमा नै यसको बजार एकदम ठूलो मात्रामा रहेको छ ।
महासंघ हस्तकलालाई प्रवद्र्धन गर्न भनेर स्थापना भएको पाँच दशक पूरा भइसकेको छ । महासंघले निर्यात प्रवर्द्धन गर्न कस्ता योजना बनाएको छ ?
हाम्रो हालको मुख्य योजना भनेको नेपाल सरकार समक्ष हस्तकला क्षेत्रलाई प्रमुख स्थानका रूपमा राख्ने हो । हामीले हस्तकलालाई घरेलु तथा साना उद्योग पनि भनिरहेका हुन्छौं । घरेलु तथा साना उद्योग भन्न साथ बेत बाँसबाट बुन्ने, ऊनबाट बुन्ने स–साना वस्तुहरूलाई बुझाउँछ । तर, यो हस्तकला क्षेत्रलाई छुट्टै रूपमा हेर्न आश्यक छ ।
किनभने हाम्रो उत्पादन बेलायतको म्युजियममा राखिने वस्तु हुन् । यी वस्तुलाई राम्रोसँग हेर्नुपर्छ भनेर पनि हामीले भनिरहेको छौं । मेरै कार्यकालमा एकेडेमिक लेबलमा यसलाई लग्ने योजना छ । हामीले हस्तकला ग्रामका लागि बेग्लै योजना राखिरहेका छौं । साथै अनलाइन बिजनेसबाट एनआरएनको समूहलाई समेटेर बिटुबी मिटिङ पनि गरेका छौं ।
हस्तकलाबाट उत्पादित वस्तुहरू मुख्य गरी कुन–कुन देशमा निर्यात हुने गरेको छ ? नेपालमा यी वस्तुको बजार अवस्था कस्तो छ ?
मुख्य गरी चीनमा बढी मात्रामा हाम्रा हस्तकलाका वस्तुहरू निर्यात हुने गरेको छ । भुटान, जर्मनी, जापान, अमेरिका तथा युरोपका अन्य ठाउँहरूमा हाम्रो वस्तु बढी प्रचलित छ ।
यसमा पनि लगभग १२ अर्ब रुपैयाँ हाराहारीको हाम्रो निर्यात छ । जसमा ५ अर्ब बराबरको फेल्ट छ भने ३ अर्ब रुपैयाँ बराबरको पस्मिना छ । त्यसैगरी १ अर्ब रुपैयाँको एमी पेपरको छ । त्यसपछि सुनचाँदीको गरगहना, धातुजन्य मूर्ति, पौवा पेन्टिङहरू त्यही अनुरूपमा बाहिर गइरहेको छ । काष्ठकला पनि त्यसै अनुरूपमा गइरहेको छ ।
नेपालमा पनि हस्तकला त्यतिकै मात्रामा कारोबार भइरहेको छ । किन भने हामी जन्मनसाथै हामीले कुनै–कुनै पूजा गर्छौं, धेरै काममा हस्तकलाका वस्तुहरू प्रयोग गरिरहेका हुन्छौं । हाम्रो दैनिक जीवनमा हस्तकलाका वस्तुहरू प्रयोग भइरहेका हुन्छन् र हामी नमरुन्जेल तथा मर्दा पनि पूजा गर्दा हस्तकलाका वस्तुहरू प्रयोग गरेका हुन्छौं । हाम्रो दसैं–तिहार जस्ता पर्वहरूमा पनि यसको प्रयोग हुने भइहाल्यो । यसले गर्दा यो वर्ष हाम्रो १२ अर्ब रुपैयाँको निर्यात छ भनिराखेका छौं । हाम्रो आन्तरिक कारोबार पनि भइरहेको छ ।
अघि पनि यो व्यवसायमा जनशक्तिको अभाव छ भन्ने कुरा आयो । हाल हस्तकला क्षेत्रमा मानिसहरूको आकर्षण कस्तो छ ?
हाम्रो देशमा २०७२ सालमा भूकम्प गएपछि नेपाली कलाप्रति युवाको आकर्षण निकै बढ्दै गएको पाइन्छ । कोरोना महामारीको समयमा पनि घरमा बसेर केही न केही सिक्नुपर्छ भनेर यस क्षेत्रमा लागेको पाइन्छ । त्यसले गर्दा योभन्दा अगाडिको तुलनामा अलिक सुधार भएको हामी पाउँछौं । हुनतः हालका युवापुस्ता सूचना प्रविधिमा ढल्केको भए पनि यस्तो हस्तकला व्यवसायलाई पनि अगाडि बढाउनुपर्छ भनेर उहाँहरू लागेको पाउँछौं । युवाहरू साउदी, कतार, दुवै, अस्ट्रेलिया, अमेरिकासम्म गइरहेका छन्, त्यहाँ यो वस्तुहरूमा व्यापार गर्न सकेमा हाम्रो अवस्था राम्रो हुन्छ भन्ने हाम्रो धारणा छ ।
लामो समयदेखि तपाईं नेपाली हस्तकला व्यवसायमा हुनुहुन्छ । यही व्यवसायमा रहेर दशकौं गुजारी सक्नुभएको छ । तपाईंले हेर्दा नेपाली हस्तकलाका मुख्य–मुख्य चुनौती तथा समस्याहरू के–के हुन् ?
हाम्रो हस्तकला व्यवसायको मुख्य समस्याको रूपमा जनशक्तिको अभाव नै रहेको छ । त्यसपछि दोस्रोमा कच्चा पदार्थको समस्या पनि छ । त्यस्तै निर्यातमा पनि समस्या छ । निर्यातमा किन समस्या छ भने निर्यात गर्दा यसको प्रणालीमा पनि समस्या छ । जनशक्तिका लागि हामीले सरकारसँग पहल गरिरहेका छौं । कच्चा पदार्थ जति मात्रामा आइरहेका छन्, त्यो नेपालमा मात्र सम्भव छैन । ‘फेल्ट’ कै भन्नुहुन्छ भने हामीले स्वीट्जल्यान्डबाट ल्याउनुपर्छ । सुनचाँदी, तामा, पित्तललगायत पनि बाहिरबाट ल्याउनुपर्छ ।
त्यसैले हामीले हस्तकला प्रवर्द्धन गर्नका लागि बाहिरबाट सामान ल्याउँछौं । भन्सारबाट ल्याउन सजिलो पनि पक्कै छैन । हाम्रो सामानहरू बाहिर पठाउँदा पनि ‘गेटवे’ प्रणाली अझै सुधार भएको छैन । त्यसलाई पनि सुधार गर्नुपर्ने हुन्छ । हामीले सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकमा पहल गरिरहेका छौं ।
हस्तकला वस्तुको उत्पादन र निर्यातमा सरकारको नीति अनुकूल कत्तिको छ ? सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ वा छैन ?
अहिलेको अवस्थामा हामीले विभिन्न काम गरिसकेका छौं । निर्यात गर्नका लागि पहिला हामी फरक बाटोमा जानुपर्छ भन्ने धारणाअनुरूप म आएपछि अनलाइन प्रणालीमा गयौं । अनलाइन माध्यमबाट सामग्रीहरू बाहिर पठाउने काम गरिरहेका छौं ।
हाम्रो वस्तु कहाँसम्म पुग्यो भनेर थाहा पाउन पनि विश्व बैंकको माध्यमबाट फाउन्टेना समूहसँग सहकार्यमा सफ्टवेयर बनाएका छौं । यसको भन्सार विभागबाट स्वीकृत भइसकेको छ । त्यो सञ्चालनमा पनि आइसकेको छ । नीति नियम विस्तारै लागू होला । भरखरै मात्र प्रतिनिधिसभाको निर्वाचन सकिएकाले मन्त्रीमण्डल गठनभएपछि यसबाट चाँडै यो क्षेत्र सुदृढ हुन्छ भन्ने आशा गरिरहेका छौं । अहिलेको अवस्थामा स्थानीय तहमा हस्तकला क्षेत्रका लागि भनेर सामान्य रूपमा ५०/६० लाख रुपैयाँ छुट्टिने गरेको छ ।
महानगरपालिकामा हामीले हस्तकला महासंघकै पहलमा हस्तकला सहरका रूपमा घोषणा भएपछि हस्तकला क्षेत्रका लागि लगभग ३ देखि ४ करोड रुपैयाँ बजेट छुट्याइसकेको छ । स्थानीय पालिकामा अलग्गै भएको कारणले सरकारले बजेट राम्रै छुट्याएको अवस्था छ । हस्तकलासँग सम्बन्धित ठाउँमा अझ राम्रो गर्न सकिन्छ भन्ने धारणामा महासंघले काम गरिरहेको छ । सबै स्थानीय पालिका, प्रदेशहरूमा गरेर लगभग ५ देखि ६ अर्ब रुपैयाँ बजेट छुट्याएको हामी पाउँछौं । हामी सरकारले यसरी छुट्याएको बजेटलाई बढीभन्दा बढी प्रभावकारी र उत्पादनमुखी बनाउन पहल गरिरहेका छौं ।
हस्तकला वस्तुको उत्पादन र निर्यातमा सरकारको नीति अनुकूल कत्तिको छ ? सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ वा छैन अहिलेको अवस्थामा हामीले विभिन्न काम गरिसकेका छौं । निर्यात गर्नका लागि पहिला हामी फरक बाटोमा जानुपर्छ भन्ने धारणाअनुरूप म आएपछि अनलाइन प्रणालीमा गयौं । अनलाइन माध्यमबाट सामग्रीहरू बाहिर पठाउने काम गरिरहेका छौं ।
कोरोना महामारीले पनि यस क्षेत्रलाई निकै असर गर्यो । केही समयदेखि देशको अर्थतन्त्र बिग्रिएको पनि चर्चा छ । यी कुराले हस्तकला क्षेत्रलाई कत्तिको असर पुर्याएको छ ?
कोरोना महामारीदेखि रुस–युक्रेन युद्धले यो क्षेत्रलाई असर पुर्याएको छ । कोरोना महामारीको पहिलो वर्ष हस्तकला वस्तुमा २० प्रशित घटेर ८० प्रतिशतमा आयो । गतवर्ष पनि हाम्रो त्यसबाट घटेर ६० प्रतिशतमा आयो । यो वर्ष पनि घटेर लगभग ६० प्रतिशतको हाराहारीमा निर्यात हुने अवस्था छ । ६० प्रतिशत भनेको लगभग १२ अर्ब रुपैयाँको व्यापार हो । यसलाई बढाउन हामीले पहल गरिरहेका छौं । रुस–युक्रेन युद्धले नेपालमा मात्र नभएर विश्वमा नै असर पुर्याएको छ । यो अवस्थाबाट सुधार भएर छिट्टै साधारण अवस्थामा आउने हाम्रो आकलन छ ।
विदेशी पर्यटक पनि हस्तकला सामग्रीको खरिदकर्ता हुन् । बिक्री बढाउन विदेशी पर्यटकको भूमिका कस्तो छ ?
कोरोना महामारीको समयमा भन्दा हाल पर्यटकको संख्या निकै वृद्धि भएको अवस्था छ । पर्यटकको संख्यामा वृद्धि भएको कारणले नै हामीले मंसिर २३ गतेदेखि २७ गतेसम्म मेला गरेर सकेका छौं । यसबाट निर्यातमा २० देखि ५० प्रतिशतसम्म वृद्धि गर्न सकिन्छ भन्ने आशा लिएका छौं । अस्तिमात्र सम्पन्न भएको मेलामा पनि हाम्रो १५ देखि १६ करोड रुपैयाँको कारोबार भएको छ । यसलाई अझै बढाउने प्रयत्नमा हामी लागेका छौं ।
हस्तकला व्यवसायलाई प्रवर्द्धन गर्न सरकारबाट यस्तो भए थप सहज हुन्थ्यो भन्ने केही छ ?
अघि पनि हामीले भनिसकेका छौं, हस्तकला नीतिका लागि उद्योग तथा वाणिज्य मन्त्रालयमा २०७५ सालमा नै बुझाइसकेका छौं । यो नीति पास नगरेसम्म हामीले यसमा ताकेता गर्नुपर्ने देखिन्छ । बागमती प्रदेशबाट पास भएपछि हामीले १ सय १९ पालिकामा हस्तकला ग्राममा जाने र त्यहाँको प्राकृतिक वस्तु र उपलब्ध सामग्रीको आधारमा काम गर्ने योजना छ ।
यसलाई लागू गर्न अन्य विभिन्न ठाउँमा सहयोग गरेमा थप सहज हुने देखिन्छ । केन्द्र सरकार तथा प्रदेश सरकारको साथमा स्थानीय सरकाले पनि मद्दत गरेमा हस्तकला क्षेत्रलाई थप व्यापक बनाउन सकिन्छ भन्ने हामीलाई लागेको छ । यसबाट हस्तकला क्षेत्रले ठूलो फड्को मार्न सक्ने हाम्रो बुझाइ छ ।
हस्तकला नीतिका लागि उद्योग तथा वाणिज्य मन्त्रालयमा २०७५ सालमा नै बुझाइसकेका छौं । यो नीति पास नगरेसम्म हामीले यसमा ताकेता गर्नुपर्ने देखिन्छ । बागमती प्रदेशबाट पास भएपछि हामीले १ सय १९ पालिकामा हस्तकला ग्राममा जाने र त्यहाँको प्राकृतिक वस्तु र उपलब्ध सामग्रीको आधारमा काम गर्ने योजना छ ।
नेपालमा उत्पादित हस्तकलाका वस्तुहरूको प्रयोग बढाउन, समुदायसँग जोडेर यसलाई अगाडि बढाउन मन्त्रालय तथा तपाईंहरूको समन्वयमा केही कार्यक्रमहरू आउँदै छन् ?
सरकारले स्वदेशी उत्पादनको खपत बढाउनुपर्छ भनेर १५ प्रतिशतभन्दा बढी महँगो भए पनि किन्नुपर्ने भनेर ल्याएको खरिद नीति छ । तर, खरिद नीति पनि कार्यान्वयनमा आएको छैन । हामीले मन्त्री, सचिव तथा नेताहरूले तथा नेतृत्व तहका मानिसहरूले पनि नेपाली सामग्रीहरूको प्रयोग बढाउनुपर्छ भनेर माग राख्यौं । मैले लगाएको कपडा पनि नेपाली नै हो, यसरी नै हामी सबैले यसलाई प्रयोग गरेमा नेपाली व्यवसायीलाई उत्साहित गर्न सकिन्छ । प्रयोग बढेको खण्डमा यसको मूल्यमा पनि सस्तो पर्न आउँछ । अहिलेको अवस्थामा हाम्रो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) कृषि पेसामा जोडिएको छ ।
नेपालका ठूलो–ठूलो उद्यमीहरूले बाहिरबाट सामग्रीहरू ल्याउनुहुन्छ र त्यसलाई बनाएर फेरि बाहिर पठाउँदा झन् महँगो पर्न जान्छ । यसबाट जिडिपीमा कम योगदान पुग्ने देखिन्छ । हामीले हस्तकलामा बनाएका तथा गाउँ–गाउँमा बनेका सामग्रीहरूको प्रयोग बढाउन सक्यो भने सतप्रतिशत नेपालमा डलर भित्रिन्छ भन्ने आशयले हामीले सरकारसँग माग गरिरहेका छौं । यसलाई एउटा प्रणालीमा बसाउनका लागि हामीले काम गर्नुपर्ने छ ।
नेपालमा उत्पादित वस्तुहरूको मेला महोत्सव गर्न सकेमा छोटो समयमा ठूलो मात्रामा कारोबार हुन्छ । काठमाडौं उपत्यकामा तथा बाहिर यस्ता महोत्सव गर्न कस्ता समस्या छन् ?
हुनतः हामीले सरकारलाई प्रदर्शनीस्थल स्थापना गर्न भनेका छौं । बिआइसिसीको भवन मै मेला गरेको पनि हो । त्यसपछि त्यसलाई संसद् भवन बनाएपछि ठाउँ नभएर हामीले भृकुटीमण्डपमा गर्नुपर्ने बाध्यता आयो । त्यहाँ गर्दै गर्दा दर्शक बढी हुने तर खरिदबिक्री कम हुने भएको हुनाले हामीले हस्तकलालाई अझ उच्चस्तर र अन्तर्राष्ट्रिय स्तरमा देखाउनुपर्छ भनेर होटलमा मेला पनि मेला गर्यौं ।
ह्यात होटलमा नै हामीले दुई पटक मेला गरिसकेका छौं । अहिले हाम्रो अनुरोधअनुसार मन्त्रालयअन्तर्गत चोभारमा सुक्खा बन्दरगाह बनेर सञ्चालनमा आइसकेको छ । त्यहीँ हाम्रो प्रदर्शनी केन्द्र बनाउने योजना पनि बन्दै छ । यो पनि छिट्टै कार्यान्वयनमा जान्छ भन्ने हामीले आशा लिएका छौं ।
नेपालमा हामीलाई यी वस्तुहरूको मूल्य महँगो लागे पनि विदेशमा भने यो सस्तो हुन्छ र ग्राहकहरूले पनि सस्तो मानेको अनुभव हामीसँग छ । नेपालको तुलनामा बाहिर गरिएका प्रदर्शनीमा हुने व्यापारको मात्रा ठूलो मात्रा छ । नेपालमा नेपाली उत्पादनलाई त्यति महत्व नदिने तर विदेशमा भएका नेपालीलाई त्यो ठाउँमा हाम्रो वस्तु प्रिय लाग्ने गरेको हामीले पाउँछौं ।
नेपालमा बाहेक अन्य देशमा हस्तकला प्रदर्शनी भएको छ कि छैन ? नेपालमा र विदेशमा गरेको प्रदर्शनीमा के फरक छ ?
हामीले नेपालभन्दा बाहिर पनि प्रदर्शनी तथा मेलाहरू गर्दै आएका छौं । हङकङ, सिक्किम लगायतका ठाउँमा यस्ता प्रदर्शनी गरिसकेका छौं । हाल हामीले युरोपमा पनि यस्ता प्रदर्शनी गर्ने प्रयास गरिरहेका छौं । यसमा पनि हामी चाँडै सफल हुन्छौं भन्ने लागेको छ । नेपालमा गरेको प्रदर्शनी र विदेशमा गरेको प्रदर्शनीमा धेरै फरक छ । विदेशमा हाम्रो वस्तुलाई निकै महत्वका साथ हेर्ने गरिन्छ ।
नेपालमा हामीलाई यी वस्तुहरूको मूल्य महँगो लागे पनि विदेशमा भने यो सस्तो हुन्छ र ग्राहकहरूले पनि सस्तो मानेको अनुभव हामीसँग छ । नेपालको तुलनामा बाहिर गरिएका प्रदर्शनीमा हुने व्यापारको मात्रा ठूलो मात्रा छ । नेपालमा नेपाली उत्पादनलाई त्यति महत्व नदिने तर विदेशमा भएका नेपालीलाई त्यो ठाउँमा हाम्रो वस्तु प्रिय लाग्ने गरेको हामीले पाउँछौं ।
काम र तलबको निक्र्यौल नभई विदेशमा आँखा चिम्लेर कुद्ने युवाहरूलाई के भन्न चाहनुहुन्छ ? यस क्षेत्रमा अवसर कति छ ?
मिहिनेत जुनसुकै क्षेत्रमा गर्नुपर्ने हुन्छ । हस्तकला क्षेत्रमा दुई वर्ष मिहिनेत गरेको खण्डमा यसले राम्रो आम्दानी दिन्छ । कुनै पनि विषयमा पढ्न जाँदा, काम गर्न जाँदा ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ । तर, यो हस्तकला क्षेत्रमा दुई वर्षमा सहज जीविकोपार्जन गर्न सकिन्छ भन्ने मेरो निष्कर्ष हो । त्यही अनुरूप नै हामीले लगानी गर्नुपर्ने देखिन्छ ।
हस्तकला व्यवसायलाई प्रवर्द्धन गर्न स्थानीय तहले बढी ध्यान दिँदा प्रभावकारी हुने तपाईंले बताउनुभएको छ । यो व्यवसायलाई स्थानीय तहले कक्तिको महत्व दिएका पाउनुहुन्छ ?
स्थानीय तह हाम्रा कला, संस्कृति र स्रोत साधनप्रति निकट हुन्छन् । स्थानीय तहले यस व्यवसायलाई बढी प्रभावकारी बनाउन चाहेमा उनीहरूको प्रयास बढी सफल हुने देखिन्छ । त्यसैले स्थानीय उत्पादन बढाउन स्थानीय सरकार बढी केन्द्रित हुनुपर्नेमा हामीले जोड दिँदै आएका छौं । यसका लागि पनि हामीले काम गरिरहेका छौं । पछिल्लो समय हस्तकलाका विषयमा युवा पुस्ताको ध्यान पनि पुगेको पाउँछौं । केन्द्रमा पनि नयाँ पुस्ताका नेताहरूले यस्ता विषयमा हामीले आवाज उठाएको पाउँछौं ।
अहिलेको हस्तकला कोरोना महामारीले थलिएको अवस्थामा छ । यो अवस्थामा विदेशबाट फर्किएका थुप्रै युवाहरू पनि छन् । हाम्रो देश नै मन्दिर नै मन्दिरले भरिएको छ । अहिलेको अवस्थामा पर्यटक मन्दिर हेर्न आउने गर्छन् । यसै विषयलाई आधार बनाएर देशभर मूर्तिहरू राख्न सकेको खण्डमा ठूलो संख्यामा रोजगारी सिर्जना हुने देखिन्छ ।
यहीअनुरूप नै सरकार अगाडि बढेको खण्डमा पूरा नेपाल नै पर्यटकीय गन्तव्य बन्छ । यसले हाम्रो नेपाललाई फाइदा पुग्छ भन्ने छ । त्यसले हामीले सरकारलाई पनि भनिरहेका छौं । सरकारले बजेट पनि छुट्याइरहेको हामी पाउँछौं । यसमा जान, स्थानीयतहसँग सहकार्य गर्न हस्तकला महासंघ सहयोग गर्न तयार छ ।