काठमाडौं। ‘वन जिडब्लुएम-लाइट द वर्ल्ड’ विषयक ओभरसीज सम्मेलन २०२२ सम्पन्न भएकाे छ। जिडब्लुएम (ग्रेट वाल मोटर)ले आफ्नो ब्रान्डको रणनीति विश्वव्यापी ब्रान्ड सिर्जना र उत्पादन गर्ने जानकारी दिने उद्देश्यले थाइल्यान्डकाे बैंककमा सम्मेलनकाे आयोजना गरेको थियो।
कार्यक्रममा अस्ट्रेलिया, जिसीसीर सिइएएनलगायत ५० भन्दा बढी राष्ट्र र क्षेत्रका २ सय भन्दा बढी वितरककाे सहभागिता थियाे।जिडब्लुएमका अध्यक्ष म्यु फेंगले विश्वव्यापी साझेदारलाई नयाँ ब्रान्डको रणनीति वन जिडब्लुएमबारे घोषणा गर्दै ब्रान्डले यस अवधारणाअनुसार सामुहिक प्रणाली र विश्वव्यापी ठूलो एकल उत्पादन विकास गर्ने स्पष्ट परे।
ब्रान्डबारे जानकारी दिदै उनले भने 'यसको अन्तरसम्बन्धित इकोसिस्टमको आधारमा यसले अनुसन्धान र विकासमा लगानी बढाउने र ब्रान्डको विश्वव्यापी बौद्धिक प्रविधि कम्पनीको रूपान्तरणलाई तीव्रता दिन सकोस्, र विश्वव्यापी अनुसन्धान र विकास गर्न संरचना निर्माण गर्न सकोस्।'
बारम्बार महामारीको प्रकोप र चिप अभावको बावजुद, जिडब्लुएमले अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न प्रयास जारी राखेकाे कम्पनीले जनाएकाे छ। कम्पनीका अनुसार अक्टोबर २०२२ मा अन्तर्राष्ट्रिय बजारमा कूल बिक्रीको मात्रा २० हजार थान नाघ्याे जुन ४९.६ प्रतिशत वार्षिक वृद्धि हुन आउँछ ।
यस्तै जनवरीदेखि अक्टोबरसम्म जिडब्लुएमको बिक्री १ लाख ३० हजार थान नाघ्यो जुन १८.६ प्रतिशतको वार्षिक वृद्धि हुन आउँछ, यसले ब्रान्डको वैश्वीकरणमा तीव्रताका साथ विस्तार भैरहेको प्रस्ट्याउँछ।
जिडब्लुएमले पहिले नै विश्वभर धेरै नव ऊर्जा प्रेरित उत्पादनहरू बजारमा ल्याइसकेको छ। स्मार्ट र नयाँ ऊर्जा सञ्चालित गाडीहरूमा आफ्नो बलियो नेतृत्व प्रदर्शन गर्दै आफ्नो विश्वव्यापी पहुँचलाई सुदृढ गरेको छ। नयाँ ऊर्जा सञ्चालित मोडेलहरूको भविष्यको पुनरावृत्तिको लागि रेखांकन परियोजनाको साथ यसले हरित यात्राको लागि विश्वव्यापी बजारको चाहना अनुरूप प्रगतिशील बौद्धिक तथा नयाँ ऊर्जा प्रेरित उत्पादनहरू सार्वजनिक गर्नेछ।
उपभोक्ताको मागलाई बुझ्दै जिडब्लुएमले प्रयोगकताका सन्तुष्टि बढाउन विश्वव्यापी ग्राहक माझ वर्गीकरण र बजारीकरणमा नयाँ प्रक्रिया ल्याउनेछन्।
जिडब्लुएमका उपाध्यक्ष पार्कर शिका अनुसार ब्रान्डले थप स्रोतहरू मार्केटिङ सम्बन्धित आयोजना जस्तै फ्यान कार्निभल, अटोमोबाइल खरिद उत्सव र खेलकुदमा आधारित मार्केटिब जस्ता कार्यक्रमहरूमा लगानी गर्ने चाहेको बताएको छ। साथै आफ्नो पाँच प्रमुख उप–ब्रान्डहरू, विशेष गरी हाभल, ट्यांक, पिकअप, वेर ओराका दर्जनौं सवारीसाधनसहित विभिन्न वर्ग र बजारमा दमदार उपस्थिति दिने बताएको छ।
कम्पनीले यसो गरेर सम्भावित उपभोक्ताहरूलाई आफ्नो ब्रान्डतर्फ थप आकर्षण बढाउने आशा गरेको छ। कार्यक्रममा बोल्दै जिडब्लुएम थाइल्याण्डका प्रतिनिधिले शाखाको सफल सञ्चालनको स्थानीय अनुभव सुनाउँदै उनले भने 'उपभोक्ताको गाडी–खरीद प्रक्रियालाई सुव्यवस्थित गर्न एक विशेष परिचालन मोडेल प्रयोग गरेका छौ, जसले अनलाइनदेखि अफलाइनका सोधपुछ र ओन–साइट अनुभव साथै डोर–टु–डोर सेवाको संयोजित मूल्यांकन गर्छ। शाखाको यो नयाँ पर्यावरणीय मार्गले जिडब्लुएमको अन्तर्राष्ट्रिय विस्तार क्रमको सफल सञ्चालनको उदाहरण बनेको छ ।'
जिडब्लुएमले विदेशी बजार विस्तार क्रमलाई गति दिन उत्पादन, प्रविधि, सेवा र औद्योगिक सञ्जाललाई चौतर्फी प्रवर्द्धन गर्दै विदेशी बजारमा प्रक्षेपित गर्ने उनले बताए। ब्रान्डले विश्वव्यापी प्रभाव जमाउँदै यसले वितरकसँगको सहकार्यमा प्रयोगकर्ताको माग पूरा गर्ने उनकाे भनाइ छ।