काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी समस्यामा भन्दै भ्रम फैलिएको बताएकी छन्।सममस्याग्रस्त सहकारी व्यवस्थापनको प्रगति समीक्षा तथा सहकारी सुशासन वर्ष–१ को विमोचन कार्यक्रममा मन्त्री श्रेष्ठले सो कुरा बताएकी हुन्।
उनका अनुसार समस्यामा परेका सहकारी हातका औंलामा गन्न सकिन्छ। ‘सहकारी समस्यामा भन्दै हाउगुजी भइरहेको छ,’ उनले भनिन्, ‘एकाध सहकारी समस्यामा छन्। जसरी हल्ला भइरहेको छ त्यसरी सहकराी समस्यामा छैनन्।’ सहकारीले अहिलेको प्रतिकूल अवस्थाका बावजुत राम्रो काम गरिरहेको बताइन्।
‘हामी कहाँ राम्रो भन्दा नराम्रो कामको चर्चा धेरै हुन्छ,’ उनले भनिन्, ‘केही सहकारी समस्यामा भएको कुराले सबै सहकारी डुबे भन्न मिल्दैन।’ समस्यामा रहेका सहकारीलाई जरिवाना गरेर मात्र नहुने श्रेष्ठको भनाइ छ।
उनले पशुपति सहकारीको उदाहरण दिर्दै भनिन्, ‘त्यो बेलामा उसलाई जरिवाना नगराएको भए संस्था बच्न सक्थ्यो। एकै पटक जरिवाना लगाउदा बचतकर्ता सबै पैसा फिर्ता माग्र्दै आए र सहकारी कहिले नउठ्ने गरी सुत्यो।’
सहकारीलाई एकै पटक जरिवाना गर्नुको साटो समय दिएको भए उसले जग्गा बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्न सक्थ्यो, श्रेष्ठले भनिन्। समस्यामा रहेका सहकारीलाई हतार गरी समस्याग्रस्त घोषणा गरिहाल्न नहुँने श्रेष्ठको भनाइ छ। सहकारीले उत्पादन र उत्पादकत्वमा जोडिएर रोजगारी सिर्जना गरेकाे उनकाे भनाइ छ।