काठमाडाैं । सानिमा बैंक र युएसएआइडी ट्रेड एन्ड कम्पिटिटिभनेस एक्टिभिटिजबीच विभिन्न बजार प्रतिनिधिहरूको विकास र बजार माथिको पहुँचलाई सक्षम बनाउन बृहत् तथा दिगो स्तरका कार्यक्रमहरूलाई गति दिने लक्ष्यका साथ सहकार्य पत्रमा हस्ताक्षर भएको छ।
यस पहलले नेपालभित्र र बाहिरका आर्थिक गतिविधिहरूमार्फत विभिन्न अवसरहरू सिर्जना गरी लक्षित बजार वर्गको क्षमता अभिवृद्धि गर्ने विश्वास लिइएको छ।
बैंकका अनुसार पाँचवर्ष अवधिको कार्यक्रम ‘युएसएआइडी ट्रेड एन्ड कम्पिटिटिभनेस एक्टिभिटिज’ले नेपालको अर्थ प्रणालीमा रहेका सार्वजनिक तथा निजी क्षेत्रहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले उच्च गुणस्तर तथा निर्यात उन्मुख गराई रोजगारीका अवसर सिर्जना गर्ने, आय वृद्धि गर्ने, संस्थागत तथा क्षेत्रगत तहमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।
साे कार्यक्रमले बजार माथिको पहुँच वृद्धि गर्न, उत्पादकत्व क्षमता वृद्धि गर्न, रोजगारी सिर्जना गर्नका साथै लगानीमैत्री वातावरण बनाउन बजार प्रतिनिधिहरूलाई प्रोत्साहनगर्ने कार्य गर्ने बताइएको छ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले यस सहकार्यले सानिमा बैंकलाई दिगो प्रकृतिका वित्तीय उपकरण र सेवाहरूमा पहुँच बढाउन मद्दत गरी लघु, साना तथा मझौला व्यवसायमा सुदृढ सेवा प्रदान गर्ने बैंकको प्रयासलाई अझ बलियो पार्न सक्षम बनाउने जानकारी दिए।
बैंकको सातै प्रदेशमा १ सय ३० कार्यालय र १ सय २३ एटिएम सञ्जाल सञ्चालनमा छन्।