काठमाडौं । इलेक्ट्रोनिक्स तथा स्मार्टफोन कम्पनी सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सिएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको छ ।
कार्यक्रमअन्तर्गत सामसङले नेपालका युवाहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एन्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्सजस्ता प्राविधिक सीपहरूमा तालिम दिइने छ । जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउँछ ।
सामसङ इनोभेसन क्याम्पसको उद्घाटन नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, सामसङ साउथ वेस्ट एसियाका नेपाल कार्यालयका हेड सुङ जुन पार्क, राजदूत पार्क चोङ सुकले गरेका थिए ।
पुल्चोक क्याम्पसमा आयोजित यस समारोहमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशी, रेक्टर त्रिभुवन विश्वविद्यालयका डा. शिवलाल भुसालको सहभागिता थियो ।
यसले भविष्यको प्राविधिक सीपहरूमा युवाहरूलाई तालिम दिएर नेपालप्रति प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार कार्यक्रमको एक हिस्साको रूपमा युवाहरूलाई वास्तविक जागिरको लागि सीपहरू र मागअनुसारको प्राविधिक सीपहरू प्रदान गरिनेछ। जसले उनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार गर्नेछ।
इन्जिनियरिङ इन्स्टिच्युटमा सामसुङ इनोभेसन क्याम्पसअन्तर्गत प्रस्तावित पाठ्यक्रमहरूको एक भागको रूपमा, विद्यार्थीहरूले व्यावहारिक प्रोजेक्ट कम्पोनेन्ट पनि पार गर्नेछन्।
यसमा विद्यार्थीहरूलाई सामाजिक महत्वका परियोजनाहरू प्रस्तुत गर्न चुनौती दिइनेछ जसमा एआई, बिग डाटा, कोडिङ र प्रोग्रामिङ र आईओटीले भूमिका खेल्छ।
यसैगरी पाठ्यक्रमहरूको अर्को हिस्साका रूपमा युवाहरूलाई सामाजिक महत्वका परियोजनाहरू प्रस्तुत गर्न चुनौती दिइनेछ जसमा यी प्रविधिहरूले भूमिका खेल्छन्।
२०१९ मा सुरु भएको सामसङ इनोभेसन क्याम्पस जुन सामसङको ‘टुगेदर फर टुमोरो’ को ग्लोबल सीएसआर भिजनको हिस्सा हो। मानिसहरूलाई सक्षम बनाउँदै विद्यार्थी र बेरोजगार युवाहरूलाई चौथो औद्योगिक क्रान्तिको मुख्य प्रविधिहरूमा अनुभव गर्न तालिम प्रुदान गर्छ। उनीहरूलाई नेक्स्ट जेनेरेसनको वर्कफोर्सका लागि पालनपोषण गर्छ।