काठमाडाैं। नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा सुपर भ्यालु रिकन्डिसन्ड सेल्स र एक्सचेन्ज क्याम्प आयाेजना गर्ने भएकाे छ। क्याम्प सिप्रदी ट्रेडिङकाे आफ्नो नैकापस्थित कार्यालयमा पुस १, २ र ३ गतेसम्म हुनेछ।
क्याम बिहान १० बजे देखि ५ बजे सम्म हुने प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको हाे। यस सेल्स तथा एक्सचेन्ज क्याम्पमा विभिन्न रिकन्डिसन्ड मालवाहक गाडी (एस, योद्धा जस्ता कमर्सियल गाडी) खरिद गर्न सकिनेछ भने जुनसुकै ब्रान्डका अरू कमर्सियल गाडीसँग टाटा मोटर्सका नयाँ एस, योद्धा, इन्ट्रा वा मिनी–ट्रक एक्सचेन्ज गर्न सकिनेछ।
बजारमा फाइनान्स सुविधा पाउन वा धेरै लगानी गर्न चुनौती भइरहेको अवस्थामा सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्पमार्फत् ५० प्रतिशतको सहज फाइनान्स सुविधा र कम लागतमा नयाँ जस्तै पर्फर्मेन्स दिने रिकन्डिसन्ड गाडी प्राप्त हुने हुँदा ग्राहकवर्ग उत्साहित हुने विश्वास लिइएको छ। यस सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्पमा रिकन्डिसन्ड गाडी खरिद गर्ने ग्राहकले एक निशुल्क सर्भिस कुपन पनि प्राप्त गर्नेछन्।
यस्तै टाटा मोटर्सले प्रदान गर्ने अतिरिक्त सुविधा प्राप्त गर्न र टाटा मोटर्सका सुन्तुष्ट परिवारको वृहत सञ्जालमा समावेश हुन चाहनेका लागि एक्चेन्जको पनि व्यवस्था गरिएको छ जसमा ग्राहकहरुले जुनसुकै ब्रान्डका पुराना कमर्सियल गाडी लिएर आउन सक्नेछन। भ्याल्युएसन गराइ सोही सेग्मेन्टका टाटाका नयाँ गाडी (एस, योद्धा, इन्ट्रा वा मिनी–ट्रक) लिन सक्नेछन।
यस क्याम्पमा ग्राहकले आफ्नो गाडीको उत्कृष्ट भ्यालुएसन पाउने छन् भने हरेक भ्यालुएसनमा आकर्षक उपहार पनि प्राप्त गर्ने छन्। यसका साथै ग्राहकको मनोरंजनका लागि अन्य आकर्षहरु पनि राखिएको छ।