काठमाडौं । हालै सिजीले घरायसी सामग्रीहरुमा धेरैभन्दा धेरै प्रोडक्ट लाइनपहरु थप गरी नेपाली बजारमा ल्याएको छ । जसअन्तर्गत वाल माउण्ट एसीमा १.०,१.५ र २.० टनमा नयाँ एसीहरु थप गरिएको छ ।
यी एसीहरुमा आर–३२ ग्याँसको प्रयोग गरिएको छ भने अटो रि इस्टाट,डि–ह्युमिडिकेसन फङ्सन,अटो डिफ्रोस्ट तथा स्लिप फङसनहरु जस्ता यसको प्रमुख विशेषता छन् ।
त्यस्तै अर्को प्रोडक्ट माइक्रोवेभ वोभनमा पनि सोलो सेक्सनमा एउटा नयाँ अकर्षक, फुलबुट्टे बुट्टाले सुशोजित २० लिटरको क्षमतामा नयाँ ओभन थप गरिएको छ । यो ओभनमा मल्टीपल पावर टेक्नोलोजि,ग्लास टर्न टेबल तथा डिफ्रोस्ट फङसनहरु जस्ता विशेषताहरु छन्
साे कम्पनीले आफ्ना साना घरायसी सामग्रीहरुमा पनि नयाँ मोडलहरु थप गरेको छ । वाटर डिस्पेन्सरमा बटम लोडिङ/इलेक्ट्रोनिक कुिलङ थप गरेको हो ।
त्यस्तै टिभीमा ५५ इन्च र ६५ इन्चमा नयाँ मोडलहरु थप गरी ल्याएको छ । यी टिभीहरुमा गुगल सर्टिफाईड एन्ड्रोइड ११ सिस्टम रहेका छन् । यी टिभीहरु बेजल लेस र धेरै पातलो स्वरुप भएको कारण निकै नै आकर्षक देखिन्छन् ।
यसको पिक्चर क्वालिटी र साउण्डमा डल्बी डिजिटल प्लस,स्टेरियो स्पिकर तथा टुवे ब्लुतुथ स्टिमले गर्दा आवाज एकदैमै राम्रो सुनिने कम्पनीले जनाएको छ ।
आफ्नो स्मार्ट टिभी सेक्सनमा पनि सिजीले ३२ इन्चमा दुईवटा र ४३ इन्चमा पनि २ वटा टिभीहरुको लाइनप थप गरिएको छ । सिंगल डोर फ्रिजहरुमा पनि सिजीले २ वटा नयाँ थप फ्रिजहरु ल्याएको छ ।
यो फ्रिजहरु आकर्षक कलर, डिजाइनमा उपलब्ध छन् । एन्टी–बी टेक्नोलोजि, ठूलो भेजिटेबल ट्रे तथा लो भोल्टेज स्टाटप यसको प्रमुख विशेषता भएकाे कम्पनीले जनाएकाे छ।