काठमाडौं। ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्रान्ड टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ।
टिसिएलले पि७३५ ४के एचडिआर गुगल टिभी वथ क्यामेरा (७५ इन्च), सि७३५ क्युएलइडी ४के गुगल टिभी वथ क्यामेरा (६५ र ५५ इन्च) र पि६३५ ४के एचडिआर गुगल टिभी (६५, ५५, ५० र ४३ इन्च) गरी कूल तीन प्रकारका गुगल टेलिभिजन बजारमा ल्याएको हाे।
गुगल टिभी भनेको प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मद्त गर्ने अत्याधुनिक युजर इन्टरफेसर ओएस् हो। यसमा प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने सामग्री सहज तरिकाले एपहरूमा नगईकन होम स्क्रीनबाट नै सेलेक्ट गरेर हेर्न सक्छन।
गुगल टिभीको प्रारम्भिक सेटअप पछि, प्रयोगकर्ताले गुगल टिभीको होम स्क्रिन देख्न सक्नेछन्। होम स्क्रिनमा विभिन्न एपहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरूको स्लाइडहरु हुन्छन् जुन प्राथमिकताहरूको आधारमा देखाइन्छ। टिसिएल गुगल टिभी परम्परागत स्मार्ट टिभीहरू भन्दा एक कदम अगाडि छ।
किनभने यसमा गुगल प्ले स्टोरका साथै प्यारेन्टल कन्ट्रोल, स्मुथनेस र इन्हेन्सड युजर इन्टरफेरेन्सहरु छन्। जसले गर्दा प्रयोगकर्ताले टिभी चलाउँदा ज्यादै नै सहज र सजिलो महसुस गर्दछन्। यो बाहेक गुगल टिभीले टेलिभिजन अनुभव सुधार्नको लागि क्रोमकास्ट र ब्युल्ट ईन गुगल एसिस्टेन्टमा पहुँच प्रदान गरेको छ। गुगल टिभीले नयाँ संस्करणहरुलाई पनि अटोमेटीकल्ली अपडेट गर्दछ।
नेपालका लागि टिसिएल ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ। सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रविभवन, कीर्तिपुर, हात्तिगौडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौं बाहिर ईटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।