काठमाडौं। नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालगन्जदेखि मेरो प्लानेटसम्म अपाचे ओनर्स् ग्रुप (एओजी) राइडको आयोजना गरेको छ।
राइडमा ३७ जना राइडरको सहभागिता रहेको थियाे। उक्त कार्यक्रममा अपाचे राइडर यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिमा संलग्न भएका थिए। राइडरहरूले कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै टीभीएसको प्रशंसासमेत गरे।
टीभीएसले काठमाडौं, कोसी, गण्डकी, लुम्बिनी, नारायणीलगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरेको छ। अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
'नेपालगन्जमा यस्तो राइडको आयोजना थोरै मात्र हुन्छ,' राइडका एक सहभागीले भने 'जगदम्बा मोटर्सले नेपालगन्जमा बाइकहरूको समुदाय बनाएर हामीलाई बाइकिङ प्रविधि सिक्ने मौका दिएकोमा धन्यवाद दिन चाहान्छु।'
उनले आफ्नाे अनुभव सुनाउँदै भने 'हामी फेसबुक र भाइबरका एओजी राइडर्स नेपाल समूहमा पनि सहभागी भयौं जसले हामीलाई आगामी दिनहरुमा टीभीएसले आयोजना गर्ने राइड तथा कार्यक्रमबारे अपडेट राख्नेछ। यसले हामीलाई भविष्यमा पनि यस प्रकारका कार्यक्रमहरूमा भाग लिन उत्सुक बनाएको छ।' एओजी कार्यक्रमको सम्पूर्ण जिम्मेवारी सचिन थापाले लिएका थिए।
एओजी, अपाचे बाइक भएका राइडरहरूको समुदाय हो, जुन मोटरसाइकलप्रति उनीहरुको प्रेम, जोश, र लगाब बाड्ने एउटा साझा प्लेटफर्म हो। भारत तथा अन्य राष्ट्रहरूका अपाचे राइडरहरुले बनेको यस समुदायले सम्पूर्ण राइडरहरुलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरुमा संलग्न गराउँछ।