नेपालमा आधुनिक विज्ञापन बजारको सुरुवात करिब ३५ देखि ४० वर्ष अघिदेखि भएको मानिन्छ। २०४२ सालसम्म खुलेका सञ्चारमाध्यम, रेडियो नेपाल, गोरखापत्रलगायतमा विज्ञापन दिनुलाई चन्दा दिनुजस्तो मानिन्थ्यो, अर्थात विज्ञापन दिनुपर्छ र यसले ‘प्रडक्ट’ को प्रचार हुन्छ भन्ने बोध थिएन। नेपाल टेलिभिजन आइसकेपछि भने विज्ञापन श्रव्यदृष्य माध्यममा पनि देखाउनुपर्ने भयो। त्यसबेलादेखि भने एकाध कम्पनीले आफ्ना उत्पादनका विज्ञापन टेलिभिजनमा बजाउन थाले। निवा, अमला साबुन, कोको पाउडर, नेपोथिन पाइप, एभरेस्ट टुथपेस्टलगायत उत्पादनका विज्ञापन त्यसबेला छिटफुट देख्न पाइन्थ्यो।
२०४६ सालमा प्रजातन्त्र घोषणासँगै आएको नयाँ सरकारले निजी क्षेत्रलाई पनि सञ्चारमाध्यम सञ्चालन गर्न पाउने अधिकार दियो। कान्तिपुरलगायत केही ठूला सञ्चारगृह खुले। सरकारले दिएको अधिकारले विज्ञापन बजार विस्तारलाई मात्रै सहयोग गरेन, यसको गुणस्तर वृद्धि गरी प्रतिस्पर्धासमेत उत्तिकै प्रश्रय दियो। टिभीमा बजाउने, देखाउने र अन्य सञ्चारमाध्यममा आउने कन्टेन्ट गुणस्तरयि हुन थाले। सञ्चारमाध्यममा कन्टेन्ट र गुणस्तरको प्रतिस्पर्धा भएपछि पाठक, दर्शक पनि विज्ञापनप्रति आकर्षित हुँदै गए।
त्यसपछि भने विज्ञापनदाताले सञ्चारमाध्यममा विज्ञापन दिएपछि सम्बन्धित उपभोक्तासम्म वस्तु र ब्रान्डको प्रचार हुनेरहेछ भन्ने बुझे र विज्ञापनदाताबाट विज्ञापन गर्ने संस्था, विज्ञापनकर्मीलगायतको खोजी हुन थाल्यो। त्यसपछि यो क्षेत्रमा दक्ष र व्यँवसायिक जनशक्ति पनि उत्पादन भयो। २०४६ सालपछिको औद्योगकिरणको युग सुरुवात भएपछि थुप्रै उद्योगधन्दा खुले, विदेशी बहुराष्ट्रिय ब्रानड पनि नेपाल भित्रिए र उनीहरूले नेपालमा विज्ञापन बढाए। त्यतिमात्रै होइन, त्यसबेला विज्ञापन गर्ने अन्तर्राािष्ट्रय शैलीसमेत नेपाल भित्रियो। बहुराष्ट्रिय कम्पनीहरूले नै नेपाली बजारमा विज्ञापनको महत्व बुझाए।
सञ्चारमाध्यमको विकाससँगै नेपालमा विज्ञापन बजार विस्तार हुँदै गयो। थुपै्र सञ्चारमाध्यम सञ्चालनमा पनि आए। त्यसको शृङ्खला चल्दै गर्दा आजभन्दा १० वर्षअघि नै नेपालमा आवश्यकताभन्दा बढी सञ्चारमाध्यम खुलिसकेका थिए। त्यसमध्ये हालसम्म एकाध सञ्चारमाध्यम विज्ञापनबिनै पनि टिकिरहेका देखिन्छन्। यो आश्चर्यको कुरा हो। थुप्रै सञ्चारमाध्यम व्यापारिक प्रयोजन र विज्ञापन आश्रित भएर खुलेका होइनन्। केही सञ्चारमाध्यम व्यावसायिकरूपमा अघि बढिरहेका छन्।
एकताका नेपाली विज्ञापनकर्मीले भारतीय विज्ञापन चोर्छन, डबिङ गरेको विज्ञापनमात्रै चलाउँछन् लगायतका लान्छना लाग्ने गरेका थिए। अब भने नेपाली विज्ञापनकर्मीले उत्पादन गरेका विज्ञापन बंगलादेशमा डबिङ गरेर चल्न थालेका छन्, भारतमा पनि हाम्रा विज्ञापन जाँदैछन्। हामी अहिले पनि बंगलादेश र श्रीलंकाका लागि विज्ञापन बनाइरहेका छौं। यसलाई छोटो समयमै नेपाली विज्ञापन बजारले पाएको सफलता मान्नुपर्छ।
सञ्चारमाध्यमको बढ्दो विस्तार र विज्ञापन लोकप्रियताका कारण नेपालको विज्ञापन बजार कोरोनाअघि अर्थात सन् २०२० सम्ममा १५ अर्ब रुपैयाँबराबर पुगिसकेको थियो। करिब १५ वर्षअघि मात्रै १ अर्बहाराहारीको विज्ञापन बजार छोटो समयमै १५ अर्बहाराहारी बराबर पुग्नु सानो कुरा थिएन। यसमा डिजिटल क्षेत्रको भूमिका बढी भए पनि टेलिभिजन, रेडियो, पत्रपत्रिकालगायतको भूमिका पनि उत्तिकै छ। यो विज्ञापनकर्मीका लागि ठूलो उपलब्धी पनि हो। विज्ञापन क्षेत्रमा जन्मिएका दक्ष जनशक्तिका कारण विदेशी विज्ञापन ‘डबिङ’ गरेर बजाउने युगबाट अन्तर्राष्ट्रिय बजारमा बजाउने जमानामा नेपाली विज्ञापन क्षेत्र आइपुगेको छ। अर्थात, हाल नेपाली सञ्चारमाध्यममा बज्ने, देखिने हरेक विज्ञापन नेपाली विज्ञापनकर्मीले बनाएका हुन्। यतिमात्रै होइन, हाम्रा विज्ञापन अन्तर्राष्ट्रिय विज्ञापनसँग प्रतिस्पर्धा गर्न लायकका भइसकेका छन्।
एकताका नेपाली विज्ञापनकर्मीले भारतीय विज्ञापन चोर्छन, डबिङ गरेको विज्ञापनमात्रै चलाउँछन् लगायतका लान्छना लाग्ने गरेका थिए। अब भने नेपाली विज्ञापनकर्मीले उत्पादन गरेका विज्ञापन बंगलादेशमा डबिङ गरेर चल्न थालेका छन्, भारतमा पनि हाम्रा विज्ञापन जाँदैछन्। हामी अहिले पनि बंगलादेश र श्रीलंकाका लागि विज्ञापन बनाइरहेका छौं। यसलाई छोटो समयमै नेपाली विज्ञापन बजारले पाएको सफलता मान्नुपर्छ।
नेपालमा विज्ञापन क्षेत्रलाई हेर्ने सरकारको नजर केही हदसम्म राम्रो पनि छ। यसैका कारण विज्ञापन बोर्ड स्थापना भयो। नेपाली सञ्चारमाध्यमका लागि ‘क्लिनफिड’ लागू भयो। यस्ता व्यवस्थाले नेपाली विज्ञापनको गुणस्तर अझ बढ्ने विश्वास हामी गर्न सक्छौं।
चुनौती
डिजिटल प्रविधि विकास हुँदै गर्दा सामाजिक सञ्जालको प्रयोग उच्चतम बढ्यो। सामाजिक सञ्जालमार्फत गरिने विज्ञापनको दायरा पनि झन् फराकिलो हुँदै गयो। सामाजिक सञ्जालमा हरेक प्रकारका तथ्यांक छ। कस्तो विज्ञापन कुन लक्षित वर्गसम्म पुर्याउनुपर्ने हो, त्यो सबैको ‘सेटअप’ त्यसमा छ। तर, नेपालमा सञ्चालित सञ्चारमाध्यममा भने त्यस्तो ‘डेटा’ कसैले संकलन गर्न सकिरहेको अवस्था छैन। अर्थात, कुनै विज्ञापन निश्चित टेलिभिजनमा बजेपछि त्यो विज्ञापन कस्ता मान्छेसम्म पुग्छ, कतिजनासम्म पुग्छ, त्यसले कत्तिको प्रभाव पार्छ लगायत तथ्यांक हुँदैनन्। जसका कारण विज्ञापनदाता प्रायः विज्ञापन गर्न सञ्चारमाध्यमभन्दा डिजिटल प्लेटफर्म बढी रोजिरहेका छन्।
यसले एकातिर विज्ञापनदातालाई प्रभाव त पक्कै पारेको छ, तर नेपालभित्र हुने खर्च बिस्तारै नेपाल बाहिर जाने त्रास पनि बढाइदिएको छ। यस्ता प्लेटफर्ममा विज्ञापन हुन थालेपछि हाल अर्बौं रुपैयाँ बाहिरिँदैछ। यसमार्फत राज्यले फेसबुक, ट्विटर, युट्युबलगायत अन्य डिजिटल प्लेटफर्ममा गरिएको विज्ञापनको राजस्व प्राप्त गर्दैन।
पछिल्लो समय स्टिल, सिमेन्टलगायत वस्तुका ब्रान्ड पनि विज्ञापनकै कारण आफैंमा ठूला ब्रान्ड बन्न सफल भएका हुन्। कुनै बेला भारतबाट आयात गरेर काम चलाउनुपर्ने सिमेन्ट हाल विज्ञापनकै कारण विदेशमा निर्यात हुने अवस्थामा पुगेको छ। यस्ता धेरैजसो उदाहरण छन् जो विज्ञापनकै कारण स्वदेशी बजारमा मात्रै होइन, विदेशी बजारमा पनि उत्तिकै ख्यातिप्राप्त छन्। विज्ञापनकै कारण विदेशी बहुराष्ट्रिय कम्पनी नेपालमा लगानी गरेर स्थापित कम्पनी बनेका छन्।
नेपालमा डिजिटल प्लेटफर्र्मको बढ्दो प्रयोगसँगै नियमन कमीका कारण राज्यले राजस्वमा अर्बाैं घाटा बेहोर्दै आएको छ। नेपालमा डिजिटल प्लेटफर्मका कुनै आधिकारिक कार्यालय नै छैनन्। जसका कारण यी च्यानलबाट बाहिरिने रकमको यकिन तथ्यांकसमेत सरकारसँग छैन।
डिजिटल प्लेटफर्ममा गरिने विज्ञापनमार्फत विदेशमा भएका नेपालीको पैसा उतै बस्छ, जसका कारण यसको असर रेमिट्यान्स आप्रवाहमा पनि देखिन्छ। सरकारले यसको नियमन र नियन्त्रणमा सक्दो चाँडो ध्यान नपुर्याउने हो भने झन् धेरै भयावह अवस्था पैदा गर्न सक्छ। यसकै कारण नेपाली विज्ञापन बजार खुम्चिएको अवस्थामा छ।
२०७२ सालको भूकम्प र २०७६ सालको कोभिडले पनि नेपाली विज्ञापन बजारलाई ठूलो धक्का पुग्यो। विज्ञापन क्षेत्रले पहिले भूकम्पको मार खेप्यो, भूकम्पको मारबाट माथि उठ्दै गर्दा पुनः कोरोनाको चपेटामा प¥यो। कोरोनामा धेरैजसो विज्ञापन डिजिटल प्लेटफर्ममा ‘ट्रान्सफर’ भए र यो क्षेत्रमा भयावह असर पर्यो। त्यतिमात्रै होइन, डिजिटल प्लेटफर्मममा विज्ञापनदाताले सञ्चारमाध्यमको तुलनामा सस्तोमै विज्ञापन गर्न पाउने भएपछि पनि यसको असर विज्ञापन बजारमा परेको देखिन्छ।
नेपालको अव्यवस्थित राजनीतिक अवस्थाका कारण घट्दो वैदेशिक लगानीको प्रभाव पनि विज्ञापन बजारमा देख्न सकिन्छ। नेपालमा विदेशी लगानीका नयाँ उद्योग नखुल्नु, भएका उद्योग पनि पूर्णक्षमतामा नचल्नुले विज्ञापन क्षेत्रमा विशेष भूमिका खेल्ने गरेको छ। यस्तो हुँदा विज्ञापनदाताले विज्ञापनमा गर्ने खर्च कुनै न कुनै तरिकाले रोकेका छन्। यसरी हरेक क्षेत्रबाट विज्ञापन बजार मारमा पर्दा कोरोना अघिसम्म १५ अर्बसम्म पुगिसकेको विज्ञापन बजार खुम्चिएर हाल ८ देखि ९ अर्बहाराहारीमा झरेको छ।
अझै पनि सरकार, निजी क्षेत्रले विज्ञापन बजार नहेर्ने र विभिन्न प्लेटफर्मबाट विदेश गइरहेको पैसा नरोक्ने हो भने विज्ञापन बजार धराशयी हुने निश्चित छ। यस क्षेत्रमार्फत रोजगारी पाएका प्रत्यक्ष–अप्रत्यक्ष गरी करिब २० हजार जनशक्तिको रोजीरोटी गुम्ने अवस्था आउने छ। अहिले पनि यसको मार सरकार, विज्ञापनदाता, विज्ञापनकर्मी, श्रमिकलगायतमा देखिँदै आएको पनि छ।
नेपालमा सञ्चालित सञ्चारमाध्यममा भने त्यस्तो ‘डेटा’ कसैले संकलन गर्न सकिरहेको अवस्था छैन। अर्थात, कुनै विज्ञापन निश्चित टेलिभिजनमा बजेपछि त्यो विज्ञापन कस्ता मान्छेसम्म पुग्छ, कतिजनासम्म पुग्छ, त्यसले कत्तिको प्रभाव पार्छ लगायत तथ्यांक हुँदैनन्। जसका कारण विज्ञापनदाता प्रायः विज्ञापन गर्न सञ्चारमाध्यमभन्दा डिजिटल प्लेटफर्म बढी रोजिरहेका छन्।
विज्ञापन बजारका लागि अर्काे चुनौती भनेको जनशक्ति अभाव हो। हामीले दक्ष जनशक्ति जन्माउन सकेका छैनौं। विज्ञापन क्षेत्रतर्फ जनशक्ति आकर्षित गर्न सकेका छैनौं, जसका कारण हामीलाई आवश्यक जनशक्ति अभाव छ।
सरकारले विज्ञापनमा दक्ष जनशक्ति ल्याउन न कुनै विश्वविद्यालयमा कोर्स बनाएको छ, न यसका लागि कुनै तालिम दिने क्रियाकलाप अघि बढाएको छ।। यस्ता विषय विश्वका विकसित राष्ट्रले कोर्स नै बनाएर पढाउने गरेका छन्।
विज्ञान तथा प्रविधिको युगमा आइरहेको नयाँ परिवर्तनसँगै विज्ञापन बजार सोहीअनुसार ‘अपडेट’ गराउँदै सरकारले राजस्व आम्दानीको स्रोत बनाउन सक्छ। पछिल्लो समय फोरजी, फाइभजी लगायत प्रविधिमा आएका परिवर्तनसँगै विज्ञापन बजार परिवर्तन गर्दै लैजानुपर्ने चुनौती हामीमाझ छ। विज्ञापनको भविष्य पनि यसैमा छ।
के गर्छ विज्ञापनले?
विज्ञापनले नेपालका केही ब्रान्ड र कम्पनीलाई बहुराष्ट्रिय कम्पनीको हैसियतमा पु¥याउने काम गरेको छ। नेपालमा उत्पादन हुने वाइवाई चाउचाउ, गोल्डस्टार जुत्तालगायत ब्रान्ड यसका प्रमुख उदाहरण हुन्। विज्ञापनकै कारण यस्ता वस्तुको स्वदेशमा प्रयोग बढेर विदेशमा विस्तार हुँदै गयो।
पछिल्लो समय स्टिल, सिमेन्टलगायत वस्तुका ब्रान्ड पनि विज्ञापनकै कारण आफैंमा ठूला ब्रान्ड बन्न सफल भएका हुन्। कुनै बेला भारतबाट आयात गरेर काम चलाउनुपर्ने सिमेन्ट हाल विज्ञापनकै कारण विदेशमा निर्यात हुने अवस्थामा पुगेको छ।
यस्ता धेरैजसो उदाहरण छन् जो विज्ञापनकै कारण स्वदेशी बजारमा मात्रै होइन, विदेशी बजारमा पनि उत्तिकै ख्यातिप्राप्त छन्। विज्ञापनकै कारण विदेशी बहुराष्ट्रिय कम्पनी नेपालमा लगानी गरेर स्थापित कम्पनी बनेका छन्। बजार बढाउने, वस्तुको बजार विस्तार गर्ने, लगानी आकर्षित गर्नेलगायत काममा विज्ञापनको ठूलो भूमिका देख्न सकिन्छ। तर, सरकारले नै लगानी आकर्षित गर्ने रणनीति नअपनाउनाले लगानीसँगै विस्तार हुनुपर्ने विज्ञापन बजारसमेत हाल ठप्प छ।
हामीले नेपालमा सम्पदाका लागि भन्दै पूर्वाधारमात्रै बनाएर हुँदैन, सम्पदाको ब्रान्डिङ पनि उत्तिकै जरुरी हुन्छ। जसको पछिल्लो उदाहरण हो, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल। आजभन्दा ५–६ वर्ष अघिदेखि नै सरकारले लुम्बिनीबारे विभिन्न बौद्ध धर्मावलम्बी बसोबास गर्ने राष्ट्रमा प्रचार गर्नुपर्ने थियो। त्यो नभई विमानस्थलमात्रै बनाउँदा लुम्बिनीको महत्व बुझाएर पर्यटक ल्याउन अझै केही समय लाग्ने छ।
नेपालको ब्रान्डिङमा विज्ञापनको भूमिका
सन् २०२० मा गरिएको एक अध्ययनका अनुसार २०२५ सम्म विश्वका पर्यटकमध्ये ६८ प्रतिशत २५ देखि ३० वर्ष उमेर समूहका युवा (न्यु मिलेनियर्स) हुनेछन्। यिनै युवाले अबको विश्व घुम्ने आँकलन गरिएको छ। अध्ययनको नतिजा यस्तो आउँदै गर्दा युवा समूहको आकर्षण के हो, त्यो बुझ्न जरुरी देखिन्छ।
उनीहरू हामीकहाँ भएका प्राकृतिक सम्पदा होइन, अनुभव लिन आउनेछन्। उत्पादन होइन, अनुभव लिन आउनेछन्। यस्ता रणनीति हामीले अहिलेदेखि अघि सारेर विज्ञापन गरेनौं भने हामी पर्यटन क्षेत्रमा समेत पछि पर्ने छौं। त्यसैले अब सगरमाथा, लुम्बिनी, जानकीलगायत सम्पदाको प्रचारभन्दा पनि यहाँको अनुभवको ‘ब्रान्डिङ’ गर्न जरुरी छ।
हामीले नेपालमा सम्पदाका लागि भन्दै पूर्वाधारमात्रै बनाएर हुँदैन, सम्पदाको ब्रान्डिङ पनि उत्तिकै जरुरी हुन्छ। जसको पछिल्लो उदाहरण हो, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल। आजभन्दा ५–६ वर्ष अघिदेखि नै सरकारले लुम्बिनीबारे विभिन्न बौद्ध धर्मावलम्बी बसोबास गर्ने राष्ट्रमा प्रचार गर्नुपर्ने थियो। त्यो नभई विमानस्थलमात्रै बनाउँदा लुम्बिनीको महत्व बुझाएर पर्यटक ल्याउन अझै केही समय लाग्ने छ।
हामीसँग सामान छ, सामानसम्म पुग्ने पूर्वाधार पनि निर्माण भयो तर, उपभोक्तालाई यहाँ सामान छ भन्ने जानकारी भएन भने वस्तु र वस्तुसम्म पुग्ने पूर्वाधारको औचित्य हुँदैन।
उपभोक्तालाई त्यो सामान किन आवश्यक छ भन्ने बोध हुन पनि उत्तिकै जरुरी हुन्छ। यस्तो बोध दिने र उपभोक्तालाई वा पर्यटकलाई महत्व बुझाउने काम विज्ञापमार्फत मात्रै सम्भव छ। अबको विज्ञापन कुनै वस्तुमुखी नभई नेपालमुखी हुनुपर्छ, तबमात्रै नेपालको प्रचार भए पनि पर्यटन क्षेत्रमा समृद्धि हासिल गर्न सकिएला। यसले नेपालमा उत्पादित वस्तुहरूको ब्रान्डिङ पनि त्यत्तिकै मात्रामा हुनेछ।
त्यसैले अब आउने नयाँ सरकारले विज्ञापनको महत्व बुझेर नेपालको अन्तर्राष्ट्रिय बजारमा छुट्टै र आकर्षक पहिचान बनाउन ब्रान्डिङ गर्नु अत्यन्तै आवश्यक छ। पर्यटक आकर्षित गर्नमात्र नभई लगानी आकर्षित गर्न पनि नेपालको उचित ब्रान्डिङ गर्नु अपरिहार्य छ।
(विज्ञापन व्यवसायी रञ्जित आचार्यको सेजन स्मारिका २०७९ मा प्रकाशित विचार)