काठमाडाैं। इभी नेपाल मोटर्सले नयाँ गाडी लन्च गर्नुका साथै शोरुम सञ्चालनमा ल्याएकाे छ। बिहीबार एक विशेष कार्यक्रमका बीच नक्सालमा गाडीाके लन्च का साथै शाेरूमकाे उद्घाटन गरिएकाे हाे।
बिगत लामो समयदेखि दुइ पांग्रे बिक्रि गर्दै आएको इभी नेपाल मोटर्सले आफ्ना ग्राहकको माया र सन्तुष्टिपछि चार पांग्रेबाट अत्याधिक सेवा सुविधा दिलाउने उद्देश्यले शोरुम सञ्चालनमा ल्याएको हो।
इभी नेपाल मोटर्स उच्चस्तरीय अन्तर्राष्ट्रिय गाडी उत्पादक ब्रान्ड हो। यसले हाल वुलिङ मोटर्सअन्तर्गत पिटी एसजिएमडब्लु मोटर इन्डोनेसियाको लागी उक्त शोरुम सञ्चालनमा ल्याएकाे हाे।
साथै माेटर्सले इन्डोनेसियामा निर्मित ४ सिट क्षमता भएको, अमेरिकन जि मोटर्सको पनि लगानी रहेको 'वुलिङ एयर इभी' कार लन्च गरेको छ।
याे इलेक्ट्रिक गाडी विभिन्न मोडेल र रंगहरुमा उपलब्ध छन्। २००/३०० किमी माइलेज दिने ४ घण्टा ब्याट्री चार्जिङ्ग क्षमता र ८ वर्ष वारेन्टी सुविधा रहेको कम्पनीले जनाएकाे छ। संसारकै बढी बिक्रिमा परेको वुलिङ इभी टेस्ला पछी दोस्रोमा यसको बिक्रि भएको पुष्टि भएको छ।
अब नेपालभरी नै इभी नेपाल मोटर्स (बज्र ग्रुप) ले डिलर सञ्जाल बढाएर बिक्री वितरण गर्ने लक्ष्य राखेको छ। उक्त गाडी ड्राईभिंङमा आत्मविश्वास बढाउनुका साथै धेरै सुरक्षित, सुविधाजनक, आरामदायी र भरपर्दो रहेको कम्पनीले जनाएको छ।
नेपाललाई धुवाँधुलोरहित बनाउने सोचका साथ अघि बढेको इभी नेपाल मोटर्स ग्राहकको माया र सन्तुष्टि पाएका कारण सफल भएकाे कम्पनीकाे भनाइ छ। जसका कारण नयाँ शोरुमको थालनी गर्न सफल भएको छ। नक्शालमा रहेको उक्त शोरुम बिहान ९ः३० देखि बेलुका ६ः३० बजेसम्म खुल्ला रहनेछ।