काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । विश्व बजारमा तेलको भाउ ओरालो लाग्दा पनि नेपाल आयल निगम लिमिटेड अर्बौं रुपैयाँ घाटापूर्ति गर्न बाँकी रहेको भन्दै पेट्रोलियम पदार्थको मूल्य घटाउँदैन ।
विश्व बजारको ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल ७७.८५ डलरमा झरेको छ । यस्तै डब्ल्युटी क्रुडमा ब्यारेलको ७२.७६ र मुरवान क्रुड ७५.९० डलरमा कच्चा तेलको कारोबार भएको आयल पाइस डटकमले जनाएको छ ।
निगमले काठमाडौं उपत्यकामा अहिले नेपाली बजारमा पेट्रोलको मूल्य १८१,डिजेलको १७८,एलपी ग्यासको मूल्य १ हजार ८ सय रहेको छ। डलरको मूल्य बढेर १३२ रुपैयाँ पुगेको छ । डलरको भाउले पनि पेट्रोलियमको मूल्यमा असर गर्छ । तर, विश्व बजारमा घट्दा पनि निगमले पहिलाको घाटा पूर्ति गर्ने भन्दै घटाउन चाहँदैन ।
निगमका सहप्रवक्ता पुष्कर कार्कीले २० महिना निगमले नोक्सान बेहोरेको र अहिले त्यसैको पूर्ति गरिरहेको बताउँछन् । उनले भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपालमा घटाउन नसकेको जिकिर गरे । इन्धन खरिदका लागि लिएको सरकारको ७ अर्ब र इन्डियन आयललाई २० अर्ब गरी अझै २७ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको उनले बताए।
योसँगै राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब रुपैयाँ भने तिरिसकेको उनले जानकारी दिए। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा मूल्य थपघट भइरहेकाले पनि घटाउन नसकेको निगमले जनाएको छ। अहिले विश्वबजारमा कच्चा तेलको मूल्य घटिरहेकाले अब आउने मूल्यमा भने केही समायोजन हुन सक्ने निगमको भनाइ छ ।
यो महिनाको अघिल्लो १५ दिन नोक्सानमै रहेको र अहिलेको १५ दिन भने नाफामा निगम रहेको बताउँछ ।
अन्तर्राष्ट्रिय बजारमै तेलको मूल्य तत्कालै घट्ने र बढ्ने(स्थिर) नभएको कारणले पनि नेपाली बजारमा घटाइहाल्न सक्ने अवस्था नआएको उनको दाबी छ । यो अवस्था सधैं रहँदैन, अब आउने नयाँ मूल्यमा केही समायोजन हुन सक्छ, सहप्रवक्ता कार्कीले क्यापिटल नेपालसँग भने। निगमलाई भारतीय आयल निगमले महिनाको १ तारिक र १६ तारिखमा नयाँ मूल्य पठाउने गरेको छ।
रुस–युक्रेन युद्धले गर्दा युरोपमा तेलको आपूर्ति खाडीमुलुकबाट हुन थालेपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ आकासिएर ब्यारेलको १४० डलरसम्म पुगेको थियो । त्यसपछि तेलको भाउ निरन्तर ओरालो लागेर ८० डलरभन्दा तल झरिसकेको छ । आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ ।
निगमका सहप्रवक्ता पुष्कर कार्कीले २० महिना निगमले नोक्सान बेहोरेको र अहिले त्यसैको पूर्ति गरिरहेको बताउँछन् । उनले भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपालमा घटाउन नसकेको जिकिर गरे । इन्धन खरिदका लागि लिएको सरकारको ७ अर्ब र इन्डियन आयललाई २० अर्ब गरी अझै २७ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको उनले बताए।
योसँगै राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब रुपैयाँ भने तिरिसकेको उनले जानकारी दिए। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा मूल्य थपघट भइरहेकाले पनि घटाउन नसकेको निगमले जनाएको छ। अहिले विश्वबजारमा कच्चा तेलको मूल्य घटिरहेकाले अब आउने मूल्यमा भने केही समायोजन हुन सक्ने निगमको भनाइ छ ।
यो महिनाको अघिल्लो १५ दिन नोक्सानमै रहेको र अहिलेको १५ दिन भने नाफामा निगम रहेको बताउँछ । अन्तर्राष्ट्रिय बजारमै तेलको मूल्य तत्कालै घट्ने र बढ्ने(स्थिर) नभएको कारणले पनि नेपाली बजारमा घटाइहाल्न सक्ने अवस्था नआएको उनको दाबी छ ।
यो अवस्था सधैं रहँदैन, अब आउने नयाँ मूल्यमा केही समायोजन हुन सक्छ, सहप्रवक्ता कार्कीले क्यापिटल नेपालसँग भने। निगमलाई भारतीय आयल निगमले महिनाको १ तारिक र १६ तारिखमा नयाँ मूल्य पठाउने गरेको छ।
अहिले नेपाली बजारमा पेट्रोलको मूल्य १८१,डिजेलको १७८, एलपी ग्यासको मूल्य १ हजार ८ सय रहेको छ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको निगमको दाबी छ । आइओसीबाट मंसिर १५ मा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा केही घटेर आएको छ ।
पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा मूल्य घट्दा १५ दिनमा करिब ५८ करोड रुपैयाँ नाफा हुने निगमले जनाएको छ ।