काठमाडौं। आइएमईको चाडपर्व बम्पर अफरका विजेता मेखलाल तामाङले १० लाख उपहार पाएका छन्।
मलेसियाबाट आइएमईमार्फत १४ हजार ५० रुपैयाँ पठाएर उनी 'आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित उक्त अफरको विजेता बन्न सफल भएका हुन्।
आइएमईले बुधबार एक कार्यक्रमका बीच दसैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा बुधबार सार्वजनिक गरेको छ।
आइएमईको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आइएमईका ब्रान्ड एम्बासडर दीपकराज गिरीले संयुक्त रूपमा सफ्टवेयर पद्वतिमा आधारित लक्की ड्र मार्फत नतिजा सार्वजनिक गरेका हुन्।
कार्यक्रम बाेल्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले आइएमईले ल्याउने अफरले नेपालमा रेमिट्यान्स बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले आइएमई सबैको माया र विश्वास प्राप्त ब्रान्ड भएको उल्लेख गर्दै पौडेलले यो ब्रान्ड सबैसँग जोडियोस् र सबैमा अपनत्व कायम होस् भन्ने सोचेर कम्पनीलाई पब्लिकमा लैजाने प्रक्रिया सुरू भएको जानकारी गराए।
यस्तै आइएमईका ब्रान्ड एम्बासडर एवम् वरिष्ठ कलाकार दीपकराज गिरीले नेपालका खासखास अप्ठ्याराहरूमा रेमिट्यान्सले अर्थतन्त्र चलायमान गराएको स्मरण गरे। ग्रुपका प्रवक्ता राजु पौडेलले अफरको विषयमा चर्चा गर्दै बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स बढाउन अफर प्रभावकारी रहेको बताए।
यस वर्षका पर्वहरूका अवसरमा आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित स्किम सञ्चालनमा ल्याइएको थियो।
उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ सम्म कुल ९ हप्ता अर्थात ६३ दिनसम्म सञ्चालनमा ल्याइएको थियो। अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसङ मोबाइल, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई पच्चिस हजार रुपैयाँ उपहार स्वरूप प्रदान गर्ने व्यवस्था मिलाइएको थियो।
त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई दश लाख रूपैयाँ उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम बुधबार सम्पन्न भएको छ।