काठमाडौं। निर्जीवन बिमा कम्पनीहरुले आर्थिक वर्ष २०७९/८० को कार्तिक महिनासम्ममा १३ अर्ब ३५ करोड ७५ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन्।
बिमा प्राधिकरणको तथ्यांक अनुसार निर्जीवन बिमा कम्पनीहरुले ९ लाख १९ हजार १३८ वटा बिमालेख जारी गरी १३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका हुन्।
कम्पनीहरुले कार्तिक महिनामा मात्रै २ अर्ब ५१ करोड ६१ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छा। यी कम्पनीहरुले कार्तिक महिनामा २ लाख २९ हजार ६७० वटा बिमालेख जारी गरी २ अर्बमाथि कुल बिमा शुल्क आर्जन गरेका हुन्। कार्तिसम्ममा राष्ट्रिय बिमा कम्पनीले १ अर्ब ३१ करोड ११ लाख रुपैयाँ बिमा शूल्क आर्जन गरेको छ।
त्यसैगरी शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब २७ करोड ३ लाख, सगरमाथा इन्स्योरेन्सले १ अर्ब ६ करोड ८७ लाख, नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ४ करोड, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ९४ करोड ५५ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९० करोड ९६ लाख, एनएलजी इन्स्योरेन्स कम्पनीले ७८ करोड ७ लाख, प्रिमियर इन्स्योरेन्सले ६९ करोड ४६ लाख, लुम्बिनी जनरलले ६६ करोड ५५ लाख रुपैयाँ, आइएमई जनरलले ६१ करोड १८ लाख, अजोड इन्स्योरेन्सले ६० करोड ६८ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन्।
त्यसैगरी नेपाल इन्स्योरेन्सले ५५ करोड ३३ लाख, ओरिएण्टल इन्स्योरेन्सले ५० करोड २९ लाख, प्रभु इन्स्योरेन्सले ४८ करोड ९२ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले ४३ करोड ८७ लाख, यूनाइटेड इन्स्योरेन्सले ४१ करोड १७ लाख, नेशनल इन्स्योरेन्सले ३७ करोड १६ लाख, सानिमा जनरलले ३० करोड १९ लाख, जनरल इन्स्योरेन्सले २६ करोड ५० लाख र सानिमा जिआइसीले ११ करोड ६० लाख रुपैयाँ कुल बिमा शुलक आर्जन गरेका छन्।