काठमाडौं। सार्वजनिक भएको छाटो समयमै सेगवे इ–१०० नेपालमा लोकप्रिय स्कुटरको रुपमा स्थापित भएको छ। छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबोट नेपालमा अत्यधिक रुचाईको स्कुटर बनेको हो।
आफ्नो आकर्षक, नयाँ शैली र मौलिक इलेक्ट्रिक स्कुटर सेगवे इ–१०० ‘वान अफ द बेस्ट सेलिङ मोडल इन नेपाल’ बन्न सफल भएको छ। सन् २००१ देखि यो कम्पनी दुई पांग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीहरुको उत्पादनको लागि प्रख्यात छ।
सेगवेले सन् १९९९ देखि रोबोटिक प्रविधिमा प्रवेश गरेता पनि, विगतका वर्षहरुमा प्राविधिक विकासमा यसको प्रगतिले फड्को मारेको छ। झन् नाइनबटसँग रणनीतिक सहकार्यपछि सेगवेलाई यस यस विधामा उत्कृष्ट प्रमाणित गर्दै आएको छ।
सेगवे नाइनबोटको लागि नेपालमा आइ हव प्रालि आधिकारिक आयातकर्ता र वितरक कम्पनी हो। आई हव प्रालिका निर्देशक तथा मालिक बिजुली दाइ भनेर चिनिने लोकेश ओलीले नेपालमा प्रख्यात ब्रान्ड सेगवेलाई विद्युतीय सवारी साधनको साथ स्वच्छ र सुरक्षित पर्यायवरण प्रवद्र्धन गर्ने उद्देश्य हेतुले आयात गरेका हुन्।
विश्वव्यापी रूपमा लोकप्रिय र उच्च विक्री हुने इ–स्कुटर ब्रान्ड सेगवे इ–१०० नेपाली बजारमा उत्पादक वारेन्टीका साथ उपलब्ध छ। आइ हव प्रालिले निकट भविष्यमा नेपाली बजारका लागि सेगवे इ–स्कुटरका अन्य मोडलहरु पनि ल्याउने छ।
के छ सेगवे इ–१०० मा
सेगवे इ–१०० चालक नबसेसम्म स्टार्ट हुँदैन। त्यसैगरी, स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म पनि यो चल्दैन। सेगवे इ–१०० मा किलेस सिस्टम छ। सुन्दर ढंगले डिजाइन गरिएको साँचो बाहेक रिमोट कन्ट्रोलमा दुईवटा बटनहरु छन् – एउटाले स्कुटरलाई अन/अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्छ।
सिट कुसनको तल्लो भागमा रहेको २२ लि. क्षमताको सिट कास्कले पूर्ण साइजको हेलमेट अथवा १३ इन्चको ल्यापटप अट्ने ब्याग वा सोही भोल्युमको वस्तु राख्ने पर्याप्त ठाउँ उपलब्ध गराउँछ। नाइनबट इ–स्कुटर इ–१०० कालो, सेतो, नीलो र रातो चार रंगमा उपलब्ध छ।
परम्परागत स्कुटरको तुलनामा इ–१०० आकर्षक डिजाइनमा उपलब्ध छ। यसको साइज १७५५एमएम एक्स ६७५ एमएम एक्स ११३५ एमएम छ। विद्युतीय सवारीसाधन भएपनि इ–१०० को तौल ८० केजी छ। यसमा ६ वटा लेन्ससहितको इन्टेलिजेन्ट म्याट्रिक्स एलइडी हेडल्याम्प राखिएको छ जसले स्वचालित रूपमा वातावरणीय प्रभावअनुसार प्रकाश दिन्छ।
यो इ–स्कुटरमा मोबाइल चाजिङ स्लट, तीन फरक ड्राइभिङ मोड, लिथियम–आयन युक्त पानी प्रतिरोधी ब्याट्री – आइपिएक्स ५ ब्याट्री (आइपिएक्स ७० जस्ता सुविधा उपलब्ध छ र साथै, यसले उत्कृष्ट टर्क पनि प्रदान गर्छ। यसमा चार प्रतिशत भोल्युमबाट एक सय प्रतिशत भोल्युमसम्म चार्ज गर्न लगभग ७ घण्टा लाग्छ। डुअल ब्याट्री मोडअन्तर्गत यसमा २०० कि.मि. सम्म यात्रा गर्न सकिन्छ।
इ–१०० सँग एक स्वतन्त्र रुपमा विकसित झट्का अवशोषण प्रणाली पनि छ जसले सडकको सतहको अवस्था अनुसार प्रतिक्रिया दिँदै, प्रकाश कम्पनहरु कम गर्दै सवारीको कडापना र चिसोपनाको सही समायोजन गर्दछ जसले गर्दा सवारी थर्किएको अनुभव कम हुन्छ। सेगवे इ–१०० को नेपाली मूल्य २ लाख ९१ हजार तोकिएको छ।
सेगवे नाइनबटकाे परिचय
छोटो दुरीका लागि उपयोगी सवारीसाधन बनाउने विश्वप्रसिद्ध सेगवे नाइनबोट कम्पनी सन् १९९९ मा संयुक्तराज्य अमेरिकाको बेडफोर्ड एनएचमा स्थापना भएको थियो। यो व्यावसायिक ग्रेड, इलेक्ट्रिक स्तरका र सेल्फ–ब्यालेन्सिङ निजी सवारीसाधन बनाउनमा विश्वकै उत्कृष्ट कम्पनी हो।
नाइनबट बेइजिङमा २०१२ मा स्थापना भएको रिसर्च एण्ड डेभलपमेन्ट, उत्पादन, बिक्री र सेवालाई एकीकृत गर्ने एक अत्याधुनिक छोटो दूरीको यातायात उपकरण अपरेटर हो। २०१५ मा सेगवे र नाइनबटले रणनीतिक संयोजन पूरा गरेपछि सेगवे–नाइनबट अस्तित्वमा आएको थियो।
हाल विश्वको ८० राष्ट्र तथा क्षेत्रहरुमा रहेको कम्पनीको व्यवसायको सहायक कम्पनीहरु बेइजिङ, सियाटल, बेडफोर्ड, लस एन्जलस, एम्स्टर्डम, सियोल, सिंगापुर, म्युनिख, चाङ्झाउ र टियानजिनमा रहेका छन्। विश्व–प्रसिद्ध बौद्धिक सम्पत्तिको साथ सेगवे–नाइनबटले प्रयोगकर्ताहरु र सम्पूर्ण उद्योगलाई भविष्यमा नेतृत्व गर्ने थप उत्पादनहरु सिर्जना गर्नेछ। सेगवे–नाइनबटको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक आइ हव प्रालि हो।