मनिग्राम इन्टरनेसनलकी रिजनल मार्केटिङ लिडर (एसिया प्यासिफिक, साउथ एसिया एन्ड मिडल इस्ट) सब्रिना च्यानसँगकाे अन्तर्वार्ता
‘डबल द ह्याप्पिनेस’ अभियानबारे केही बताइदिनुहोस् न ?
गएको दुई महिनासम्म हामीले ‘डबल द ह्याप्पिनेस’ अभियान चलायौं । यो साधारण अभियान थियो । जसमा हामी मनिग्राममार्फत विदेशबाट नेपाल पठाइएको पैसालाई भाग्यशाली ‘ड्र’मा राख्थ्यौं र प्रत्येक हप्ता हामी विजेताका लागि लक्की ड्र गथ्र्यौं । विजेताले प्राप्त गर्नुपर्ने रकमको डबल रकम जित्ने योजना ल्याएका थियौं । यो अभियान एकदमै सफल रह्यो । यसबाट २४ जना विजेतालाई हामीले डबल रकम दियौं । दसैं आउन लागेको अवस्थामा हामीले यो अभियानलाई थप लम्बाएका छौं । सेप्टेम्बरको पहिलो हप्तादेखि अक्टोबरको अन्तिमसम्म यो जारी रहनेछ ।
मनिग्रामले नेपालमा केकस्ता कार्यक्रम गर्दै आएको छ ?
विश्व बैङ्कले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालको रेमिट्यान्स बजार आठ अर्ब रुपैयाँ बराबरको छ । यो सानो आकार होइन । वास्तवमा दक्षिण एसियाली क्षेत्रमा रेमिट्यान्स बढी भिœयाउनेमा नेपाल शीर्ष पाँच मुलुकमा पर्छ । ग्लोबल मनी ट्रान्सफर मनिग्रामले विश्वभरका दुई सय देश तथा भूभाग समेटेको छ । विश्वभर हाम्रा ३ सय ५५ हजार लोकेसन छन् । यसकारण विश्वभर छरिएर बसेका नेपालीले नेपालमा पैसा पठाउन हामी सबै ठाउँमा उपलब्ध छौं । त्यसैले हामी आज हाम्रो पहुँच र सेवालाई विस्तार गर्न अवसर खोजिरहेका छौं ।
रकम प्राप्त गर्ने हाम्रा सेवाग्राहीले भोलि रकम पठाउन सक्ने हुन सक्छन्, यसले गर्दा हामी रकम प्रापकले मनिग्रामबारे जानकारी पाऊन् भन्ने चाहन्छौं । आजका सेवाग्राही निकै डिजिटलाइज भइसकेका छन् । उनीहरुले विभिन्न एप प्रयोग गर्छन् । इन्टरनेटमार्फत पैसा पठाउन सक्षम छन् । यसकारण अस्ट्रेलिया, अमेरिका, फ्रान्स, क्यानडा जस्ता मुलुकमा हामीले हाम्रो मनिग्राम अनलाइन सेवा प्रदान गर्दै आएका छौं । त्यसमार्फत सेवाग्राहीले डिजिटल च्यानलमा पैसा पठाउन सक्छन् ।
सेवाग्राहीको पैसा विश्वासिलो माध्यमबाट ठीक ठाउँमा ठीक समयमा पुर्याउनु हाम्रो उद्देश्य हो । हामीले प्रमोसनको समयमा प्रापकका लागि स्किम र अफरहरु ल्याएको छौं । यस्ता स्किमले सेवाग्राहीलाई थप उत्साह दिनेछ ।
रेमिट्यान्सको क्षेत्रमा मनिग्रामले नेपाली डायस्पोरालाई कसरी सघाइरहेको छ ?
हामी उपभोक्ताको रोजाइ र परिवर्तनलाई फोकस गर्छौ । डबल द ह्याप्पिनेस एउटा सुरुवात मात्र हो । हामी हाम्रो सम्बन्धलाई क्रिकेट एसोसिएसनसँग कसरी बढाउने भनेर हेरिरहेका छौं । हामी आईसीसी क्रिकेटको एउटा प्रायोजक पनि हौं । अर्को वर्ष टी ट्वान्टी क्रिकेट अस्टे«लियामा हुँदै छ । हामी क्रिकेटसँग हाम्रो ब्रान्डलाई एसियाको ठूलो क्षेत्रमा कसरी चिनाउन सक्छौं भनेर लागिपरेका छौं । हामी साउदी अरेबिया, कतारलगायत खाडी मुलुक तथा नयाँ ठाउँहरु दक्षिण कोरिया, जापानमा पनि सेवा विस्तार गर्दै छांै । विश्वभरका नेपाली डायस्पोरासम्म हाम्रो सेवा विस्तार गर्ने हाम्रो तयारी छ ।
नेपालमा रेमिट्यान्स सेवाप्रदायकको बजार एकदमै प्रतिस्पर्धी छ । सेवा र पहुँच विस्तार गर्न तपाईहरुको रणनीति कस्तो छ ?
हामी उपभोक्तालाई लक्षित गरी काम गर्छौं । पहिलो नम्बर पहुँच, दोस्रो सेवा र तेस्रो शुल्क हो । त्यसैले हामी नयाँ सेवाग्राही बनाउन सधैं आक्रामक अभियान चलाउँछौं । हामी नयाँ सेवाग्राहीलाई उनीहरुले एउटा सुरक्षित र सुलभ रेमिट्यान्स पठाउने च्यानल पाइयो भन्ने कुरामा उनीहरुलाई विश्वस्त पार्न चाहन्छौं । यसका लागि उनीहरुसँग सजिलो इन्टरनेट सुविधा पनि छ ।
जापान, दक्षिण कोरिया जस्ता मुलुकहरुमा काम गर्ने नेपाली श्रमिकहरु युवा छन् उनीहरुलाई प्रविधिको राम्रो ज्ञान छ । उनीहरुले यो फिनटेक प्रणालीको राम्ररी प्रयोग गर्न सक्छन् । विश्वभर हामीले विश्वासिला पार्टनरहरुसँग साझेदारी गरेका छौं, जुन हाम्रा लागि धेरै महङ्खवपूर्ण छ । सेवाग्राहीले हुन्डी जस्ता माध्यमबाट रकम पठाएर जोखिम नउठाऊन् भन्ने चाहन्छौं । सचेतनाका लागि पनि कार्यक्रम गर्दै आएका छौं ।
रोजगारीका लागि बिदेसिएका नेपाली श्रमिक न्यून आय वर्गका छन् । आधारभूत आवश्यकता पूरा गर्न नै उनीहरुलाई अप्ठ्यारो छ । यस्तो अवस्थामा मनिग्रामले उनीहरुलाई लक्ष्य गरी केही योजना ल्याएको छ ?
सेवाग्राहीलाई आकर्षित गर्न डबल द ह्याप्पिनेस एउटा सुरुवात मात्र हो । मनिग्रामको सामाजिक उत्तरदायित्व कार्यक्रम हामी फाउन्डेसन डोनेसनमार्फत गर्न चाहन्छौं । हाम्रो मनिग्राम फाउन्डेसन छ । हामी विभिन्न गैरनाफामूलक संस्थाको खोजी गर्छौं, जसलाई हामी डोनेसन दिन सकौं । हामी शिक्षामा डोनेसन गर्न चाहन्छौं । किनभने शिक्षाले सशक्तीकरण गरेर जीवनशैली सुधार गर्न सक्छ ।
दसैंतिहारलाई लक्ष्य गरी मनिग्रामले केकस्ता नयाँ अफर ल्याएको छ ?
हाम्रा केही बजारहरुमा अफर ल्याएका छौं । हामीले अस्ट्रेलियामा मनिग्राम अनलाइनमा वान डलर क्याम्पेन (वान डलर क्याम्पियनमा नयाँ सेवाग्राहीसँग पैसा पठाउँदा मनिग्रामले एक अस्ट्रेलियन डलर शुल्क उठाउने गरेको छ) चलाइरहेका छौं । त्यहाँ हाम्रो अर्को पार्टनर छ ट्राभल मनी । उसले पनि वान डलर अभियानमा स्पेसल प्राइसिङ दिइरहेको छ । डबल द ह्याप्पिनेस त छँदै छ । यसले हामी पैसा पठाउने सेवा मात्र दिँदैनौं, पैसा डबल पनि दिन्छौं भनेर सर्वसाधारणमाझ जानकारी पुगेको छ ।
क्यापिटल बिजनेस म्यागजिनबाट