काठमाडौं । स्मार्टफोन कम्पनी भिभोले नेपालमा आफ्नो ५ वर्ष पूरा गरेको अवसरमा आफ्ना उपभोक्ताका लागि आकर्षक उपहार र विशेष मूल्य कटौतीसहित आफ्नो वार्षिक सेल्स कार्निभल सुरु गरेको छ ।
नेपालमा आफ्नो पाँचौं वार्षिकोत्सवको उपलक्ष्यमा भिभोले यस्तो योजना ल्याएको हो । यो योजना मंसिर १५ गतेदखि पुस १६ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
योजनामा भिभो स्मार्टफोन खरिद गरेर बम्पर ‘लक्की ड्र’ मा दुई जनाले ४३ इन्चको भिडियोकन स्मार्ट टिभी, हरेक सात एक जनाले भिभो वाई१५ सी, हरेक सात दुई जनाले जेबेल्जको स्मार्टवाच, हरेक दिन दुई जनाले नोइज इयरबड र ३० हजार रुपैयाँभन्दा माथिको कुनै पनि फोन खरिदमा थप ६ महिनाको वारेन्टीसहित आकर्षक पुरस्कारहरू जित्ने मौका पाउनेछन् ।
यसका लागि ‘लक्की ड्र’ मा सहभागी हुन् ग्राहकले भिभोको सामाजिक सञ्जालमा भएको क्यूआर कोर्ड स्क्यान गरेर आवश्यक विवरण पेस गरेपछि तत्कालै आफूलाई परेको पुरस्कार थाहा पाउन सक्नेछन् । पुरस्कार जित्नका साथै, ग्राहकहरूले कार्निभल अवधिभरि केही उत्कृष्ट स्मार्टफोनहरू अझ सुपथ मूल्यमा किन्न सकिनेछ ।
जसअन्तर्गत सेल्स कार्निभल अवधिका लागि वाई२१ (४+६४जिबी) को मूल्यमा एक हजार रुपैयाँले घटाइएको छ । त्यस्तै वाई१५ एस र वाई१५ सी को मूल्य एक हजार ५०० रुपैयाँले घटाइएको छ ।
यससँगै कार्निभल अवधिका लागि वाई२१, वाई१५ एस र वाई१५सी को नयाँ मूल्य क्रमशः २१ हजार ९ सय ९९ रुपैयाँ, १८ हजार ४ सय ९९ रुपैयाँ र १६ हजार ४ सय ९९ रुपैयाँ रहेको छ ।
भिभोले प्रत्येक महिनाको २७ देखि २९ तारिखसम्म ‘भिभो सर्भिस डे’ सञ्चालन गर्छ जहाँ ग्राहकहरूलाई सर्भिसिङ र क्लिनिङ, सिस्टम रिकभरी र सफ्टवेयर अपग्रेड, १–घण्टा फ्ल्यास मर्मत, शून्य श्रम लागतमा मर्मत, प्रोटेक्टिभ फिल्म जस्ता सेवाहरू निःशुल्क उपलब्ध हुन्छ ।