काठमाडौं। विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी बीवाइडीको ‘साउथ एसिया रिजनल मीट’ नेपालमा सम्पन्न भएको छ।
राजधानीमा भएको दक्षिण एसियाली डिलरको सम्मेलनमा बीवाइडीको साउथ एसिया हेर्ने डेपूटी जनरल मेनेजर केत्सु जांङले कम्पनीको योजना र विश्वभर बीवाइडीको बिक्री अवस्थाबारे चर्चा गरेका थिए।
बीवाइडीको न्यू इनर्जी भेहिकलको बिक्री संख्या ३० लाख पुगेको भन्दै जांङले भने, ‘बीवाइडीको दक्षिण एसिया क्षेत्रका डिलर पार्टनर र कम्पनीबीच सुरू भएको रणनीतिक साझेदारी र सहकार्यले विद्युतीय सवारीसाधनको प्रयोगमा नयाँ आयाम थप्ने छ।’
कार्यक्रममा साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपालले कसरी इभीको प्रयोगमा दक्षिण एसियाली बजारमै प्रतिनिधित्व गरिरहेको छ भन्ने विषयमा चर्चा गरेकी थिइन्।
मुलुकमा इभी प्रयोगको वर्तमान अवस्थाबारे जानकारी दिएकी थिइन्। उनका अनुसार नेपालमा नयाँ रजिष्टर हुने सवारीमध्ये १० प्रतिशतभन्दा बढी इभीको संख्या छ। सरकार, व्यवसायी र उपभोक्ताका कारण इभीकाे माग बढेकाे उनकाे भनाइ छ। बीवाइडीको नयाँ क्रान्तिकारी ‘स्टेट अफ आर्ट टेक्नाेलोजी’ का कारण इभीको प्रयोग बढ्दै गएको उनले बताइन्।
उक्त कार्यक्रमममा इन्डियाका सहभागीहरूले लन्च भएको १ महिनामै ६ सय इभी सिक्स र १ हजार ५ सय एटो ३ बुकिङ भएको जानकारी दिइन्।
साइमेक्सले काठमाडौं, ललितपूर, पोखरा, चितवन, विराटनगर, विर्तामोड, बुटवल, नेपालगंज धनगढीमा डिलर नेटवर्क विस्तार गरिसकेको छ। साइमेक्सले हालैमात्र काठमाडौको नक्सालमा ‘स्टेट अफ आर्ट शोरुम’को संचालन गर्नुका साथै बीवाइडीको पहिलो एसयूभी एटो३ समेत लन्च गरेको छ।
कार्यक्रममा बीवाइडी हेडक्वाटर सान्जेनका प्रतिनिधिहरु, बीवाइडी इन्डिया र नेपालको आधिकारीक वितरक साइमेक्स इंकको सहभागीता थियो। यस्तै बीवाइडी इन्डियाका विभिन्न दिल्ली, मुम्बई, कोलकाता, हैदराबाद, बंगलोर, आन्द्र प्रदेश, कर्नाटलगायत १३ सहरका डिलर ग्रुपको सहभागिता थियो।