काठमाडौं। नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने सात वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको नियमहरु उल्लंघन गर्ने सात वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले कारवाही गरेको हो।
राष्ट्र बैंकको सुपरिवेक्षीय कारवाहीमा बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई र मेगा बैंक गरी ९ वटा वाणिज्य बैंक परेका हुन्।
अधिकांश बैंकले नियम विपरित कर्जाको प्रिमियमदर बढाउँदा राष्ट्र बैंक सुपरिवेक्षण विभागले कारवाही गरेको हो।
यस्तै, राष्ट्र बैंकले चालु आवको पहिलो त्रैमासमा प्रभु, बैंक अफ काठमाण्डू, कुमारी र प्राइम बैंकहरुले राष्ट्र बैंकले रोकका राख्न निर्देशन दिएका खाताहरु रोक्का नराख्दा कारवाहीमा परेको छ।
कृषि विकास बैंकले सम्पत्ति शुद्धिकरण सम्बन्धी नियम उल्लंघन गर्दा २० लाख रूपैयाँ जरिवानामा परेको थियो। भने बैंक अफ काठमाण्डूले विपन्न वर्गमा तोकिएको सीमामा कर्जा प्रवाह नगर्दा दोस्रो पटक कारवाीहमा परेको हो। बैंकले २ करोड ११ लाख ८५ हजार ६० रुपैयाँ ६७ पैसा हर्जाना तिरेको छ।