काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभाको यही मंसिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल ९६ लाख २ हजार ५ सय ७६ मतगणना भएको छ ।
आज बिहान १०ः३० बजेसम्मको गणनअनुसार नेकपा (एमाले)ले २५ लाख ९३ हजार ४ सय ६६ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले २४ लाख ५७ हजार ३ सय ३ मत प्राप्त गरेको छ ।
नेकपा(माओवादी केन्द्र)ले ११ लाख ४ हजार ८ सय ३३ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७४ हजार १ सय ९६ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५२ हजार ८ सय ७४, जनता समाजवादी पार्टीले ३ लाख ५८ हजार ९ सय २२ मत प्राप्त गरेको छ ।
आयोगका अनुसार जनमत पार्टीले ३ लाख १ हजार ६ सय २० मत, नेकपा (एकीकृत समाजवादी)ले २ लाख ६५ हजार ५ सय ४७ मत प्राप्त गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४५ हजार तीन सय पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ३८ हजार ४ सय ८, नेपाल मजदुर किसान पार्टीले ७३ हजार १ सय ६९, हाम्रो नेपाली पार्टीले ५३ हजार तीन सय ५२ , मंगाेल नेसनल अर्गनाइजेसनले ४६ हजार ५ सय एक र राष्ट्रिय जनमोर्चाले ४५ हजार ३ सय ५ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ । कुल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुन्छ ।