पाल्पा। पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित भाएका छन्। उनी ६ सय ४१ मत ल्याएर निर्वाचित भएका हुन्।
संघमा कुल १ हजार १ सय ३५ मतादाता थिए। संघको उद्योग उपाध्यक्षमा उत्तमकुमार बज्राचार्य १ सय सात मतसहित निर्वाचित भए भने भीमबहादुर श्रेष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भए। यस्तै क्षेत्र नम्बर ११ को २ सदस्यका लागि भएको निर्वाचनमा ३ जना चुनावी मैदानमा रहेकामा कमल पाण्डे र लक्ष्मण बस्याल निर्वाचित भए।
कुल २५ पदका लागि हुने निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष र क्षेत्र नम्बर ११ को दुई सदस्यका लागि मात्र निर्वाचन भएको थियो। अन्य पदमा भने समिति निर्विरोध निर्वाचित भइसकेका छन्।
एशोेसिएट सदस्यमा विष्णुप्रसाद पाण्डे, क्षेत्र नम्बर २ को सदस्यमा सञ्जयकुमार श्रेष्ठ, क्षेत्र नम्बर ३ को एक सिटमा खुमप्रसाद पोखरेल, क्षेत्र नम्बर ४ को दुई पदमा नारायण पछाईँ, मञ्जु रेग्मी, क्षेत्र नम्बर ५ को सदस्य दुई सिटमा विनायक महर्जन, किशोरदर्शन बज्राचार्य, क्षेत्र नम्बर ६ मा दुुई सिटका लागि लक्ष्मणप्रसाद रेग्मी, अमनप्रसाद श्रेष्ठ, क्षेत्र नम्बर ७ को दुई सिटमा सविन मल्ल, महेश शर्मा आचार्य निर्विरोध निर्वाचित भएका छन्।
यस्तै क्षेत्र नम्बर ८ मा दुई सिटका लागि रञ्जनाकुमारी थापा अर्याल, प्रज्वलराज शाक्य, क्षेत्र नम्बर ९ को एक सिटमा समिरमान सिंह, क्षेत्र नम्बर १० को दुुई सिटमा विदुर घिमिरे, सुरेश गोदार, क्षेत्र नम्बर १२ को दुई सिटमा दीपक घिमिरे, मुक्तिराम जिसी र क्षेत्र नम्बर १३ को एक सिटमा समता मियाँ निर्विरोध भएका हुन्।