पोखरा । पोखराको हिमालीटोल स्थित नेपासा भोजनालयमा आजदेखि सप्ताहव्यापी ‘रैथाने भोजन सप्ताह अनि मःम जात्रा’ २०७९ सुरु भएको छ ।
नेपासाले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा नेपाली खाना, जीवन शैली र संस्कृतिलाई विश्वव्यापी प्रवद्र्धन गर्न हेतुका साथ आयोजना गरेको हो । सप्ताहव्यापी कार्यक्रममा रैथाने परिकारका विभिन्न मेनुहरूमा खानाका पारखीहरू रमाउन सक्ने नेपासाका सञ्चालक एवं कर्याक्रमका संयोजक कुशबहादुर भुजेलले बताए ।
भुजेलका अनुसार कुनै पनि क्षेत्रको मौलिकता र पहिचानमा स्थानीय खानको पनि महत्वपूर्ण भूमिका हुने र यसलाई ब्रान्डिङ गर्न सके पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वसासहित आयोजित कार्यक्रममा पाक शास्त्री सन्दीप खत्रीले खाना पारखीहलाई परिकारको बारेमा जानकारी गराएका छन् ।
खत्रीले रैथाने परिकारहरूमा पूर्वी नेपालका राई लिम्बु जातीका खाना, शून्य क्यालोरीका मःम लोप हुँदै गरेका नेवारी खाना, प्राचीन शासक वर्गका रेसिपी, सिस्नोको आइसक्रिम, सयपत्री फूलको ससलगायतका परिकार भोजना सप्ताहका मेनुमा हुने बताए । यसका साथै क्वाँटी मःम, १५ प्रकारका अन्य मःम, स्पेशल बिबि क्यूलगायतका परिकारहरू छन् ।
खत्रीले सधैं एउटै मेनुमा रमाइरहेका खाना पारखीहरूले रैथाने भोजना सप्ताहमा फरक स्वादसँगै मौलिक खानाका बारेमा जानकारी लिने अवसर पाएको बताए ।
यसैगरी सप्ताहव्यापी कार्यक्रममा र प्रख्यात सेफहरूको प्रत्यक्ष सहभागितामा रैथाने खानाका परिकारहरू बनाउने र तिनका बारेमा जानकारीसमेत दिइएको छ ।
इभेन्टमा सहभागी हुनेहरूका लागि गोलाप्रथाद्वारा विजेता बन्ने दुई जनालाई लेकसाइडस्थित होटल रानीवन आर्केडमा १ रात दुई दिन खाना बस्नको सुविधा दिइने भएको छ । साथै फेवातालमा डुंगा सयर गराइने भएको छ ।
कार्यक्रम अवधिमा ग्यास्ट्रोनोमी एसोसिएसन अफ सेफ संस्थाले प्रमाणपत्र वितरण गर्ने, उत्तम अभियानको रनिङ टर्च पासको अवधारणा सुुरु गर्दै देशका सातै प्रदेशमा रैथाने भोजन सप्ताह सञ्चालन गरिने पाक शास्त्री सन्दीप खत्रीले जानकारी दिए ।