एजेन्सी । कपडा उत्पादन गर्न कपास (कटन) को आवश्यकता पर्छ । गत वर्ष विश्वमा २ करोड ५१ लाख ५५ हजार टन कपास उत्पादन भएको छ । अघिल्लो वर्ष २ करोड ४२ लाख ७१ हजार टन कपास उत्पादन भएको थियो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष विश्वमा कपास उत्पादन बढेको तथ्याँकले देखाएको छ । सबैभन्दा बढी कपास उत्पादन गर्ने १० वटा मुलुकहरु रहेका छन ।
त्यस बाहेक अन्य देशमा ४२ लाख ८२ हजार टन उत्पादन भएको छ । कपास उत्पादनमा ५ मुलुकको योगदान ७४ प्रतिशत रहेको छ । विश्वमा सबैभन्दा बढी कपास उत्पादन गर्नेमा छिमेकी चीन र भारत रहेका छन । कपास उत्पादनमा चीन विश्वमै शीर्ष स्थानमा छ ।
चीनले १ वर्षमा ५८ लाख ३५ हजार टन कपास उत्पादन गरेको छ । यद्यपि अघिल्लो वर्षको तुलनामा चीनको कपास उत्पादनमा कमी आएको छ । सन २०२०/२०२१ मा चीनले ६४ लाख ४५ हजार टन कपास उत्पादन गरेको थियो ।
कपास उत्पादनमा शीष दोस्रो स्थानमा छिमेकी भारत छ । भारतले १ वर्षमा ५३ लाख ३४ हजार टन कपास उत्पादन गरेको छ । अघिल्लो वर्ष भारतले ६० लाख टन कपास उत्पादन गरेको थियो । गत वर्ष भारतमा उत्पादनमा केही गिरावट आएको छ ।
धेरै कपास उत्पादनका आधारमा विश्वको ठूलो अर्थतन्त्र अमेरिका तेस्रो मुलुक बनेको छ । अमेरिकाले ३८ लाख १५ हजार टन कपास उत्पादन गरेको छ । अघिल्लो वर्ष ३१ लाख ८१ हजार टन थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष अमेरिकामा कपास उत्पादन वृद्धि भएको छ ।
यस्तै ब्राजिलमा २५ लाख ४ हजार, पाकिस्तानमा १३ लाख ६ हजार, अष्ट्रेलियामा १२ लाख १२ लाख ५२ हजार र टर्कीमा ८ लाख २७ हजार टन कपास उत्पादन भएको छ ।
हाल, पाँच देशहरूले विश्वव्यापी कपास उत्पादनको लगभग ७५ ओगटेका छन् । जसमा चीन विश्वको सबैभन्दा ठूलो उत्पादक हो। लगभग १५ लाख कपास उत्पादक कृषकहरू र अल्पकालिन कामदारहरूसहित चीनले विश्वव्यापी उत्पादनको २३ प्रतिशत हिस्सा ओगटेको छ ।
सबैभन्दा बढी प्रयोग हुने प्राकृतिक फाइबरको रूपमा कपास महत्वपूर्ण (गैरखाद्य) कृषि उत्पादन हो । सबै कपडाहरूको लगभग आधालाई कपास फाइबर चाहिन्छ।
यससँगै उत्पादनमा प्रायः बाल श्रमको प्रयोग भएको पाइन्छ । युरोपेली आयोगका अनुसार, कपास आपूर्ति श्रृंखलामा बाल श्रम अफ्रिका र एसियामा सबैभन्दा प्रयोग हुने गरेको छ । भारतमा साना किसानहरूबाट कपास आपूर्ति हुने गरेको छ ।
२०२० मा अमेरिकी कपडा निर्माता प्याटागोनियाले उइघुर र अन्य जातीय अल्पसंख्यकहरू विरुद्ध जबर्रजस्ती श्रम र अन्य मानवअधिकार उल्लघनहरू बारे रिपोर्टहरू आएका छन ।
भिक्टोरिया सेक्रेटको मूल कम्पनी एल ब्रान्ड्सले पनि आफ्नो आपूर्ति श्रृंखलाबाट चिनियाँ कपास हटाउने जनाएको छ। आपूर्ति शृङ्खलाहरूमा भएका यी परिवर्तनहरूले चीनको कपास उत्पादनमा असर पर्ने बताइएको छ ।