काठमाडौं । गरिमा विकास बैंक १६औं वर्षमा प्रवेश गरेको छ । 'एक्सेस टु अल' भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैंकिङ सेवा प्रदान गर्दै आइरहेको यस बैंक मंसिर ७ गते स्थापनाकालको १५औं वर्ष पूरा गरी १६औं वर्षमा प्रवेश गरेको हो ।
यस विकास बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ र यो वर्ष पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको बैंकले जानकारी दिएको छ ।
साे बैंकले विगत वर्षहरुमा समेत रक्तदान कार्यक्रमलाई महत्वका साथ निरन्तरता दिँदै आएको छ । यसै अवसरमा मंसिर ७ गते बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट एवं कोहलपुर (बाँके), बेनी (म्याग्दी), बुटवल (रुपन्देही), वालिङ (स्याङ्जा), पोखरा (कास्की), नारायणगढ (चितवन), मलंगवा (सर्लाही) र चन्द्रगढी (झापा) मा रहेका कलष्टर तथा शाखा कार्यालहरुबाट बृहत रक्तदान कार्यक्रम गरेको बैंकले जानकारी दिएको छ ।
सो रक्तदान कार्यक्रमहरुमा ६ सय १३ युनिट रगत संकलन भएको बैंकको जनाएकाे छ । यस्तै, बैंकले १६औं वार्षिकोत्सवकै अवसर पारेर क्रेडिट कार्ड सेवा शुभारम्भ पनि गरेको छ ।
हाल यस विकास बैंकले ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६३ अर्ब रुपैयाँ कर्जा लगानीमा रहेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरुमा १ सय २१ शाखा कार्यालय र ५१ एटिएमबाट बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।