काठमाडौं । इलेक्ट्रोनिक्स् ब्रान्ड सिजी ब्रान्डले चलिरहेको फुटबल वर्ल्डकप २०२२ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएको छ ।
विशेष फुटबलप्रेमी ग्राहकहरुका लागि उत्कृष्ट वर्ल्डकप अनुभव लिनका लागि सिजीका उत्कृष्ट टेलिभिजनहरुमा ५० हजार ९ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक रहेको छ । यस अवसरमा यस विशेष योजनाको लाभ उठाइ ग्राहकहरुले उचित मूल्यमा उत्कृष्ट फुटबल हेराईको आनन्द लिन सक्ने विश्वास कम्पनीले गरेको छ ।
नेपालको आफ्नै ब्रान्ड सिजीले नेपालकै एकमात्र गुगल–सर्टिफाइड टिभी बजारमा उपलब्ध गराउँदै आएको छ, जसमा ग्राहकहरुले विशिष्ट फुटबल हेराईको आनन्द लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
उत्कृष्ट पिक्चर क्वालिटीलगायत एन्ड्रोइड सिस्टमको सबै फिचरहरुसहित सिजीसँग फुटबल प्रेमीहरु वर्ल्डकप को पूर्ण मज्जा लिन सक्नेछन् । साथै, नयाँ ५० हजार ९ सय रुपैयाँसम्मको क्यासब्याक योजनाले गर्दा उक्त टिभीहरुमा ग्राहकहरुको पहुँच झनै सरल र सहज हुने कम्पनीको विश्वास छ ।
यस सिजी ब्राण्डका टिभीहरु २४ इन्चदेखि ७५ इन्चमा उपलब्ध छन्, जसमा उत्कृष्ट स्मार्ट टेक्नोलोजीका टिभीहरुका साथै एन्ड्रोइड टिभीहरु सहितका नेपालकै एकमात्र गुगल सर्टिफइड टिभी उपलब्ध छन् । हरेक सिजी टिभीहरुमा ३ वर्षको वारेन्टीका साथै अन्य विभिन्न अत्याधुनिक फिचरहरु पनि रहेका छन् ।
यसमा फाइभजी नेटवर्कको क्षमतालगायत डल्बी अडियोको उत्कृष्ट साउन्ड सिस्टम रहेको छ । उत्कृष्ट, इमर्सिभ टिभी हेराइको अनुभव प्रदान गर्नको लागि मोसन इस्टिमेट एन्ड मोसन कम्पानसेसन (एमइएमसी) फिचर पनि रहेको छ भने टुवे ब्लुटथ फिचरका साथ २ वटा फरक-फरक ब्लुटुथ डिभाइस कनेक्ट गर्न सकिने क्षमता पनि उपलब्ध छ ।