काठमाडौं। देशव्यापीरूपमा निर्वाचनको मतगणना जारी छ। कतिपय स्थानमा अन्तिम मतपरिणाम पनि आइरहेको छ।
पछिल्लाे सार्वजनिक मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेस पहिलाे स्थानमा छ भने नेकपा एमाले दाेस्राे स्थानमा छ।
कांग्रेसले १३ स्थानमा जित हासिल गरेकाे छ भने नेकपा एमालेले ४ स्थानमा जितेकाे छ।
यस्तै तेस्राे स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी परेकाे छ। रास्वपाले ३ स्थानमा जितेकाे छ। रास्वपाले माओवादीलाई उछिनेर तेस्राे स्थनमा छ भने चाैथाेमा रहेकाे नेकपा माओवादी केन्द्रले १ स्थानमा जितेकाे छ।
यस्तै राप्रपाको १, एकीकृत समाजवादीको १ र नागरिक उन्मुक्ति पार्टीको १ स्थानमा जितेका छन्।
प्रतिनिधिसभातर्फ विजयी उम्मेदवार
नेपाली कांग्रेस–१३
१. शेरबहादुर देउवाः डडेल्धुरा
२. गगनकुमार थापाः काठमाडौं–४
३. हृदयराम थानीः सुर्खेत–२
४. रमेश रिजालः पर्सा–४
५. शंकर भण्डारीः तनहुँ–२
६. प्रकाशमान सिंहः काठमाडौं–१
७. योगेश गौचन थकालीः मुस्ताङ
८. टेकबहादुर गुरुङः मनाङ
९. राजेन्द्रकुमार केसीः काठमाडौं–१०
१०. उदयशम्शेर जबराः ललितपुर–१
११. सन्तोष चालिसेः काठमाडौं–३
१२. मोहन आचार्यः रसुवा
१३. प्रदीप पौडेलः काठमाडौं–५
नेकपा एमाले–४
१४. अमरबहादुर रायमाझीः उदयपुर–२
१५. प्रेमबहादुर महर्जनः ललितपुर–२
१६. कृष्णगोपाल श्रेष्ठः काठमाडौं–९
१७. गोकर्ण विष्टः गुल्मी–२
राष्ट्रिय स्वतन्त्र पार्टी–३
१८. सोविता गौतमः काठमाडौं–२
१९. विराजभक्त श्रेष्ठः काठमाडौं–८
२०. गणेश पराजुलीः काठमाडौं–७
नेकपा (माओवादी केन्द्र)–१
२१. लेखनाथ दाहालः सिन्धुली–२
राष्ट्रिय प्रजातन्त्र पार्टी–१
२२. धवलशम्मशेर राणाः बाँके–२
नेकपा (एकीकृत समाजवादी)–१
२३. शेरबहादुर कुँवरः अछाम–१
नेपाल उन्मुक्ति पार्टी–१
२४. गंगाराम चौधरीः कैलाली–३