दाङ। प्रतिनिधिसभा र प्रेदशसभा जारी मतगणनामा दाङका तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता देखिएको छ।
जिल्लाको क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले २ हजार ३ सय १३ मतसहित अग्र स्थानमा छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी शान्ता चौधरीले १ हजार ५ सय ३३ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिए।
उनीहरुबीच ७ सय ८० मतले मतान्तर छ। उक्त क्षेत्रमा ८० हजार ७ सय मत खसेको थियो। सोही क्षेत्रको १ को प्रदेशसभा १ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार इन्द्रजीत थारुले २ हजार १ सय ३३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका गङ्गाराम भट्टराईले २ हजार १९ मत प्राप्त गरेका छन्। ४ हजार ७ सय ९३ मतगणना भएको छ।
यसैबीच सोही क्षेत्रको प्रदेशसभा २ मा नेपाली कांग्रेसका अनुराग खड्काले २ हजार ८ सय ६३ मत प्राप्त गरेका छ भने नेकपा एमालेका उम्मेदवार कूलबहादुर केसीले २ हजार ३ सय ६९ मत प्राप्त गरेका छन्।
यसैबीच दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका रेखा शर्माले अग्रता कायम राखेकि छन्। शर्माले ८ हजार ६ सय १६ प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार शंकर पोखरेलले ६ हजार ८ सय सात मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिइन्।
उनकाबीच १ हजार ८ सय ८ मतान्तर छ। हालसम्म २० हजार ६ सय ७८ मतगणना भएको छ । क्षेत्र नम्बर २ मा १ लाख ३३ हजार ७ सय ४८ मतदाता रहेकामा ७९ हजार ४ सय ४६ मत खसेको थियो।
यसैबीच दाङ क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार राजु खनाल अगाडि छन्। कांग्रेसका खनालले ५ हजार ९ सय ८४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार बलिभद्र रानाले ४ हजार ९ सय ३३ मत प्राप्त गरेका छन्।
दाङ क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा भने भरखरै मतगणना सुरू भएको छ। यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रचण्ड विक्रम न्यौपानेले ४ सय ८५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार गिरिराज केसीले ४ सय मत प्राप्त गरेका छन्।
यसैबीच दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा भएको प्रतिनिधिसभामा सदस्यमा गठबन्धनकातर्फका नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले ३ हजार ४ सय ६० मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार कोमल वलीले २ हजार ९ सय २९ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत डोलनाथ घिमिरेले जानकारी दिए। अहिलेसम्म ८ हजार ४ सय ९४ मतगणना भएको छ ।
दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख ४६ हजार ४ सय ७५ मतदाता रहेकामा ९० हजार १ सय ३२ मत खसेको थियो। दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका डिल्ली चौधरीले ५ हजार २ सय ६० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेले ४ हजार १ सय ९१ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा १ मा ६६ हजार ४ सय ८६ मतदाता रहेकामा ४० हजार ५ सय ७० मत खसेको थियो।
क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा गठबन्धनअन्तर्गत माओवादी केन्द्रका धनबहादुर मास्कीले ३ हजार ४ सय ८९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हुकुम बस्नेतले ५ हजार ७४ मत प्राप्त गरेका छन्। हालसम्म १२ हजार ६ सय ७८ मतगणना भएको छ। सोही निर्वाचन क्षेत्रमा ७९ हजार ९ सय ८९ मतदाता रहेकामा ४९ हजार ९ सय ५० मत खसेको थियो ।