काठमाडाैं। प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले अगाडि रहेकाे छ। निर्वाचन आयोगको वेबसाइटका अनुसार एमालेले १ लाख १३ हजार ४ सय ३६ मत ल्याएर अगाडि रहेकाे हाे ।
त्यस्तै दाेस्राेमा रहेकाे नेपाली कांग्रेसले ९७ हजार ८२ मत ल्याएकाे छ भने तेस्राेमा रहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ हजार २९ प्राप्त गरेकाे छ । आयाेगकाअनुसार नेकपा माओवादी केन्द्र चाैंथाेमा छ । केन्द्रले ४१ हजार ८ सय २३ मत ल्याएकाे छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ हजार ८ सय २१, जनता समाजवादी पार्टी नेपालले ९ हजार १९, जनमत पार्टीले ८ हजार ४ सय ८४, नागरिक उन्मुक्ति पार्टीले ६ हजार ५९, नेपाल मजदूर किसान पार्टीले ५ हजार ६ सय ७१ र नेकपा एकीकृत समाजवादी पार्टीले ५ हजार ४ सय ३ मत प्राप्त गरेका छन्।
प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले २९ हजार ७ सय ५०, कांग्रेसले २४ हजार ९ सय ७७, माओवादी केन्द्रले १० हजार ३ सय ६१, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ हजार ५ सय ८० र जनता समाजवादी पार्टीले ५ हजार १ सय ४ मत प्राप्त गरेका छन्।
मधेस प्रदेशमा कांग्रेसले ५ हजार ६ सय, एमालेले ५ हजार ४ सय ८७, जनमत पार्टीले ४ हजार ३ सय ९८, जनता समाजवादी पार्टी नेपालले २ हजार ५ सय २२ र माओवादी केन्द्रले १ हजार ९ सय ९५ मत प्राप्त गरेका छन्।
बागमती प्रदेशमा कांग्रेसले १५ हजार ९ सय २१, एमालेले १५ हजार ५ सय ५७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ९ हजार ५ सय ६ , माओवादी केन्द्रले ७ हजार ४ सय ५६ र नेपाल मजदुर किसान पार्टीले ५ हजार १९ मत प्राप्त गरेका छन्।
गण्डकीमा एमालेले २२ हजार ७०, कांग्रेसले १५ हजार ७ सय ७१, माओवादी केन्द्रले ४ हजार ८ सय ७५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार ५ सय २४ र हाम्रो नेपाली पार्टीले १ हजार ९ सय ६० मत प्राप्त गरेका छन्।
लुम्बिनी प्रदेशमा एमालले ३२ हजार ४८, कांग्रेसले २३ हजार ३ सय ९९, माओवादी केन्द्रले १० हजार ६ सय ५५, राप्रपाले ७ हजार ५ सय १९, नागरिक उन्मुक्ति पार्टीले ५ हजार ६ सय १९ मत प्राप्त गरेका छन्।
कर्णालीमा माओवादीले ३ सय ४३, एमालेले १ सय ७९, कांग्रेसले ९९, राप्रपाले ७० र हाम्रो नेपाली पार्टीले ६ मत प्राप्त गरेका छन्।सुदूरपश्चिम प्रदेशसभाको समानुपातिकतर्फको मत समावेश गर्न नसकेकाे आयोगले जनाएकाे छ।